Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ नेपाल शैक्षिक परामर्स संघ (ईक्यान) रुपन्देहीमा नयाँ नेतृत्व चयन
शँकरनगर सामुदायिक वनमा कृषि वन नर्संरी तथा जलवायु परिवर्तन सम्वन्धि कार्यशाला

शँकरनगर सामुदायिक वनमा कृषि वन...

अर्थ पर्यटन प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
बुटवलका संस्थागत विद्यालयमा अध्ययनरत ३४४ जना विद्यार्थीले पाउने भए निःशुल्क छात्रवृत्ति

बुटवलका संस्थागत विद्यालयमा अध्ययनरत ३४४...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
धनुषामा वडा अध्यक्ष यादवको गोली हानी हत्या

धनुषामा वडा अध्यक्ष यादवको गोली...

अपराध प्रदेश प्रदेश २ प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

नेपाल शैक्षिक परामर्स संघ (ईक्यान) रुपन्देहीमा नयाँ नेतृत्व चयन

संसारपोस्ट संवाददाता · १९ पुष २०७६ · 0
नेपाल शैक्षिक परामर्स संघ (ईक्यान) रुपन्देहीमा नयाँ नेतृत्व चयन
90
SHARES
ShareTweet

सबै कन्सल्टेन्सीहरुलाई राज्यको नीति नियम भित्र ल्याउनु पर्छ : अध्यक्ष पाण्डे



बुटवल, १९ पुस । नेपाल शैक्षिक परामर्स संघ (ईक्यान) रुपन्देही शाखाको शुक्रबार बुटवलमा सम्पन्न प्रथम अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ । एभरोड स्टडीको लागि बाहिर जाने बिद्यार्थीलाई परामर्श प्रदान गर्ने संस्थाहरुको छाता संस्थाको रुपमा रहेको ईक्यानको अबिधेशनले देवबहादुर कुवँरको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
नवगठित समितिको उपाध्यक्षमा अमित पौडेल, सचिवमा गिरिराज पाण्डे, कोषाध्यक्षमा मोहनलाल घिमिरे तथा कार्यसमिति सदस्यहरुमा राजेश पाण्डे, मुकेश अर्याल, मिनप्रसाद शर्मा, करिष्मा पाण्डे, दिपेश अर्याल र गोविन्द बस्नेत चयन हुनु भएको छ ।
त्यस्तै रुपन्देही शाखाको प्रमुख सल्लाहकारमा गोविन्दराज अधिकारी तथा सल्लाहकारमा दिनेश पौडेल र बसन्त पाण्डेलाई चयन गरिएको छ ।


अधिवेशनको उदघाटन गर्दै नेपाल शैक्षिक परामर्श संघका केन्द्रीय अध्यक्ष विष्णुहरी पाण्डेले शैक्षिक परामर्श प्रदान गर्ने संस्थाहरुको विचमा पेशागत एकता आवश्यक रहेको बताउनु भयो । उहाँले पेशागत हकहितकालागि र परराष्ट्र मामिलासंग समेत जोडिने विषय भएकाले शिक्षा नीतिमा आफूहरुले उठान गर्दै आएको विषय सम्बोधन भएको जानकारी गराउनु भयो ।
अहिले पनि कयौं कन्सल्टेन्सीहरु राज्यको नीति नियम भन्दा वाहिर रहेको भन्दै सबैलाई राज्यको नीति नियमको दायरा भित्र ल्याउनु पर्ने उहाँको भनाई थियो । उहाँले ईक्यानमा आवद्ध रहेका सबै संस्थाहरुलाई ऐन कानुनको परिधिमा रहेर काम गर्न आग्रह गर्दै अध्यक्ष पाण्डेले आफूहरुले अध्ययनकालागि बाहिर पठाउने नेटवर्कबाट विदेशी बिद्यार्थीलाई पनि ल्याउन सकिने भन्दै सरकारले नीतिगत रुपमा व्यबस्था मिलाउनु पर्ने बताउनु भयो ।
कार्यक्रममा नेपाल प्राध्यापक संघका केन्द्रीय अध्यक्ष डा. बुद्धबहादुर थापा, ईक्यानका निवर्तमान केन्द्रीय अध्यक्ष प्रकाश पाण्डे, पुर्व अध्यक्ष राजेन्द्र बराल, मानव अधिकार तथा शान्ति समाजका बरिष्ठ उपाध्यक्ष गोविन्द खनाल, नेपाल पत्रकार महासंघ रुपन्देहीका सल्लाहकार खिमानन्द भट्टराई, ईक्यान केन्द्रीय उपाध्यक्ष देवीराज भट्टराई, महासचिव शेषराज भट्टराई, सचिव दिपकराज भुसाल, कास्की शाखा अध्यक्ष भुवनबहादुर क्षेत्री, चितवन शाखा अध्यक्ष सोमबहादुर कंडेल, ईक्यानका पुर्वाञ्चलन अध्यक्ष रोशन निरौला लगायतले शुभकामना मन्तव्य राख्दै व्यबसायलाई मर्यादित बनाउन र सरकारले गर्ने नियमन पनि मर्यादित बनाउने गरि आउनु पर्ने भनाई राख्नुभएको थियो ।
सो अपवसरमा ईक्यान रुपन्देही शाखाका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई ईक्यानका केन्द्रिय अध्यक्ष विष्णुहरी पाण्डेल पद तथा गोपनियताको सपथग्रहण गराउनु भएको थियो ।
देवबहादुर कुवँरको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव गिरिराज पाण्डेले गर्नुभएको थियो ।

≪ Previous Post

लायनेश क्लवको स्थापना दिवस

Next Post ≫

गहते निमावि सञ्चालनकालागि महायज्ञ गरिने

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क