Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ गहते निमावि सञ्चालनकालागि महायज्ञ गरिने
यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा श्रेष्ठ निर्वाचित

यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी र चालकलाई सम्मान

आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा सम्पन्न

श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा...

धर्म/सस्कृति प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

गहते निमावि सञ्चालनकालागि महायज्ञ गरिने

संसारपोस्ट संवाददाता · १९ पुष २०७६ · 0
गहते निमावि सञ्चालनकालागि महायज्ञ गरिने
50
SHARES
ShareTweet


पाल्पा, १९ पुस । पश्चिम पाल्पाको बिकट गाउँ रैनादेवी छहरा वडा नम्बर ७ को बल्ढेङगढीमा रहेको गहते निम्न माध्यामिक बिद्यालय सञ्चालनका लागि महायज्ञ आयोजना गरिने भएको छ ।
आगामी फागुन २३ गते देखि २९ गते सम्म सञ्चालन हुने महायज्ञ विद्यालय हाता भित्र मण्डप वनाएर सञ्चालन गरिने महायज्ञ मुल समारोह समितिका संयोजक तथा रैनादेवी छहरा गाउँपालिका वडा नम्बर ७ का वडाअध्यक्ष देबेन्द्र पुनले जानकारी दिनुभयो ।
पुनले स्कूल सञ्चालन गर्नका लागि शैक्षिक, भौतिक र आर्थिक पक्षलाई बलियो बनाउनका लागि महायज्ञ गर्न थालिएको जानकारी दिदै यसमा सवै पक्षको सहयोगको अपेक्षा गरिएको बताउनु भयो ।
महायज्ञ सञ्चालनका लागि महायज्ञ मुलसमारोह समिति गठन गर्नुका साथै उपसमिति समेत गठन गरिएको स्थानीय समाजसेवी टोप बहादुर थापाले जानकारी गराउनुभयो ।
समाजसेवी थापाले सरकारी तह वाट स्कूलको बिकासमा कुनै सहयोग नआएकाले स्थानीयहरुको सहकार्य र सल्लाहमा महायज्ञ आयोजना गरेर स्कूलको भौतिक पुर्वाधार निर्माण गर्नुका साथै शैक्षिक गुणस्तरको बिकास गर्ने लक्ष्य रहेको जानकारी दिनुभयो ।
ग्रामीणक्षेत्रका स्कूल र बिद्यार्थीहरुलाई सरकारले बेवास्ता गरेको बताउंदै रैनादेवी छहरा ७ काउले निवासी युवराज सापकोटाले अवका दिनमा शिक्षालाई महत्वका साथ अगाडी बढाउनुपर्नेमा स्थानीय सरोकारवालाहरुले सोच्नु पर्ने बताउनुभयो । सापकोटाले महायज्ञ बाट उठेको रकम शैक्षिक गुणस्तरमा लगाउन र यसलाई सफल पार्नका लागि सबै रैनादेवि छहरावासी र सवैलाई सहयोग पुराउन आग्रह गर्नुभयो ।

≪ Previous Post

नेपाल शैक्षिक परामर्स संघ (ईक्यान) रुपन्देहीमा नयाँ नेतृत्व चयन

Next Post ≫

आस्थममा विद्यार्थीलाई स्वागत र विदाई

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क