Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ आस्थममा विद्यार्थीलाई स्वागत र विदाई
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

आस्थममा विद्यार्थीलाई स्वागत र विदाई

संसारपोस्ट संवाददाता · १९ पुष २०७६ · 0
आस्थममा विद्यार्थीलाई स्वागत र विदाई
50
SHARES
ShareTweet


बुटवल, १९ पुस । एशियन स्कुल अफ टुरिज्म एण्ड होटल म्यानेजमेन्ट (आस्थम) बुटवलमा नयां विद्यार्थीलाई स्वागत र एड्भान्स डिप्लोमा इन होटेल म्यानेजमेन्टको पढाई पूरा गरेका चौथो ब्याचका विद्यार्थीलाई विदाई गरिएको छ ।
स्कूलले एड्भान्स डिप्लोमा इन होटल म्यानेजमेन्टको पढाई पूरा गरेका चौथो ब्याचका ४७ जना विद्यार्थीलाई विदाई र आठौं ब्याचमा अध्ययन गर्न भर्ना भएका ३१ जना विद्यार्थीलाई स्वागत गरेको हो ।
कार्यक्रममा बोल्दै होटेल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीका महासचिव माधवकुमार खनालले रुपन्देहीसहित देशभर स्तरिय होटलहरु खुल्ने क्रमसंगै होटल म्यानेजमेन्ट पढ्ने विद्यार्थीलाई रोजगारीको राम्रो अवसर भएको बताउनुभयो । सीपमूलक र ब्यवहारिक पढाई भएकाले पढाई नसक्दै रोजगारीका अवसर प्रशस्त मात्रामा भएकाले होटेल म्यानेजमेन्ट पढ्ने कोही पनि विद्यार्थी बेरोजगार बस्नु नपर्ने खनालले बताउनुभयो ।
कार्यक्रममा बोल्दै आस्थमका प्रवन्ध निर्देशक जीएस गुरुङले बुटवलकै पुरानो र पहिलो होटल मयानेजमेन्टको कक्षा सञ्चालन गर्दै आएकोे आस्थमले हालसम्म ८ हजार प्रशिक्षार्थीलाई प्रशिक्षण दिएको, ९० प्रतिशत बढीले रोजगारी पाएका र १० प्रतिशत आफै व्यवसायी बनेका जानकारी दिनुभयो । उहांले संस्थाले ४५ सय विद्यार्थीलाई विभिन्न संस्थाको सहयोगमा निःशुल्क पढाएको बताउनुभयो । स्वागत कार्यक्रममा मिस्टर एण्ड मिस फ्रेसर प्रतियोगिता समेत भएको थियो । छैठौं ब्याचका विद्यार्थीले आयोजना गरेको स्वागत कार्यक्रम आंँचल गुरुङको अध्यक्षता, किरण गौतम तथा अर्जुन सिंजालीको सञ्चालनमा भएको थियो ।
आठौं ब्याचले आयोजना गरेको विदाई कार्यक्रम प्रशान्त गुरुङको अध्यक्षता, अभिषेक रानाको स्वागत तथा डेबिड बुढाथोकी र नान्सी थापाको सञ्चालनमा भएको थियो । कार्यक्रममा अम्रपाली कटेजका अपरेसनल म्यानेजर विनोद भुसालले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
२०६० साल देखि व्यवसायिक, प्राविधिक तथा व्यवसायिक तालिम परिषद् (सिटीईभिटी)बाट सम्बन्धन प्राप्त गरी छोटो तथा लामो अवधिको होटल म्यानेजमेन्ट अन्तर्गत ब्यवहारिक कक्षा र तालिम सञ्चालन गर्दैै आएको आस्थमले सीटीईभीटी अन्तर्गत होटल म्यानेजमेन्टमा २४ महिने टीएसएलसी र एसक्यूए यूके अन्तर्गत एड्भान्स डिप्लोमा इन होटेल म्यानेजमेन्ट र डिप्लोमा इन होटेल म्यानेजमेन्टका कक्षाहरु सञ्चालन गर्दै आएको छ ।

≪ Previous Post

गहते निमावि सञ्चालनकालागि महायज्ञ गरिने

Next Post ≫

आनन्दवन सहकारी संस्थाको साधारण सभा

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क