Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ धर्म/सस्कृति ≫ प्रादेशीक अस्पतालको विकासमा व्यवसायीको असहयोग दुखदः मुख्यमन्त्री पोखरेल
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

प्रादेशीक अस्पतालको विकासमा व्यवसायीको असहयोग दुखदः मुख्यमन्त्री पोखरेल

संसारपोस्ट संवाददाता · १० पुष २०७६ · 0
प्रादेशीक अस्पतालको विकासमा व्यवसायीको असहयोग दुखदः मुख्यमन्त्री पोखरेल
80
SHARES
ShareTweet

बुटवल १० पुस
प्रदेश पाँचका मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश सरकारको गौरवको आयोजना लुम्बिनी प्रादेशीक अस्पतालको विकास जरुरी रहेको बताउनुभएको छ ।
मुख्यमन्त्री पोखरेलले प्रदेशको गौरवको रुपमा सञ्चालित अस्पतालको विकासमा व्यवसायीक संघ सस्थाहरुले असहयोग गरेको भन्दै चिन्ता व्यक्त गर्नुभयो ।
बुटवलको रामनगरमा सञ्चालित गौतमबुद्ध सामुदायीक मुटु अस्पतालको वार्षिक उत्सव तथा सातौं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मुख्यमन्त्री पोखरेलले लुम्बिनी प्रादेशिक अस्पतालको विकासका लागि सटरहरु भत्काउने काममा भएको अवरोधप्रति आक्रोश व्यक्त गर्नुभयो ।
अस्पताल सुधार र विस्तारका लागि प्रदेश सरकारले योजना ल्याउंदा पनि व्यवसायीक संघसंस्थाहरुले व्यवसायीलाई बोकेर जिल्ला अदालत जाने तर सार्वजनिक समारोहमा ठूलाठूला भाषण गर्ने भन्दै आलोचना गर्नुभयो ।
उहांले अस्पतालभित्रको स्वास्थ्य सेवा कसरी चलेको छ भन्ने सबैले देख्न र जान्न पाउनुपर्ने भन्दै त्यसो हुन सकेमात्र अस्पताल भित्र बसेर नीजी अस्पतालमा सुटुक्क विरामी पठाउने काम बन्द हुने बताउनुभयो । कतिपय नीजी अस्पतालहरुले एम्बुलेन्स चालकलाई कमिशन दिएर विरामी किन्ने गरेको बताउंदै यस्तै गतिविधीका कारण बुटवल बदनाम हुंदै गएको मुख्यमन्त्री पोखरेलको भनाइ रहेका छ ।
उहांले प्रदेश ५ मा तिनवटा मेडिकल कलेज रहेरपनि स्वास्थ्यको हिसाबले पछाडी रहनु दुखद् कुरा भएको बताउनुभयो । गौतमबुद्ध सामुदायिक मुटु अस्पतालको स्तरबृद्विमा प्रदेश सरकारले सहकार्य गर्ने बताउनुभयो । कार्यक्रममा प्रदेशसभा सदस्यहरु भोजप्रसाद श्रेष्ठ, विष्णु पन्थी, बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदी, अस्पतालका निर्देशक डा. समिर गौतम, पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष दिनेश पाण्डे, रुपन्देही उद्योग संघका अध्यक्ष बाबुराम बोहोरा, रुपन्देही व्यापार संघका अध्यक्ष यमलाल लोहनी, रोटरी क्लब अफ सेन्ट्रल बुटवलका अध्यक्ष राजेन्द्र कार्की, रामप्रसाद बस्याल लगायतले आआफ्ना धारणा राख्नुभएको थियो ।
मुटु अस्पतालका अध्यक्ष एजाज आलमको अध्यक्षता र दिनेशराज रेग्मीको सञ्चालनमा कार्यक्रम भएको थियो । सोही कार्यक्रममा केही दिन अघि अस्पतालले आयोजना गरेको कविता प्रतियोगितामा उत्कृष्ट हुने विद्यार्थीलाई पुरस्कृत गरिएको थियो भने अस्पतालका ८ जना कर्मचारीलाई उत्कृष्ट काम गरेको भन्दै सम्मान गरिएको थियो ।

≪ Previous Post

मेलाको दोस्रो दिन दश हजार दर्शकद्वारा अवलोकन

Next Post ≫

रुपन्देही व्यापार संघमा विभिन्न पदमा मनोनयन

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क