Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ धर्म/सस्कृति ≫ आज खण्डग्रास सूर्यग्रहण
रुपन्देहीको कञ्चनका भूमिहीनलाई लालपूर्जा वितरण, देशभरका भूमिहीनलाई सम्पत्तिको मालिक बनाउंछौं :अर्थमन्त्री पौडेल

रुपन्देहीको कञ्चनका भूमिहीनलाई लालपूर्जा वितरण,...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
कान्ति मावि ब्यवस्थापन समिति निर्वाचन : विपक्षी गठबन्धन बिजयी, एमाले उम्मेदवार पराजित

कान्ति मावि ब्यवस्थापन समिति निर्वाचन...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति स्वास्थ्य/शिक्षा · 1 hour ago
१३ लाख बढिको अबैध सामान रुपन्देही प्रहरीको नियन्त्रणमा

१३ लाख बढिको अबैध सामान...

अपराध अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

आज खण्डग्रास सूर्यग्रहण

संसारपोस्ट संवाददाता · १० पुष २०७६ · 0
आज खण्डग्रास सूर्यग्रहण
30
SHARES
ShareTweet


बुटवल, १० पुस । आज पौष कृष्ण औंशी तिथि खण्डग्रास सूर्यग्रहण लाग्दै छ । यो खण्डग्रास सूर्यग्रहण नेपाल, भारत, श्रीलंक लगायत एशियाका सबै देश, हिन्दमहासागर, मलेशिया, पूर्वी युरोप, उत्तररपश्चिम अ‘ास्ट्रेलिया, पूर्वी अफ्रीका सहित विश्वका अधिकांश ठाउँबाट देख्न सकिनेछ ।
नेपाली समय अनुसार बिहानको ८ बजेर ४२ मिनेटमा स्पर्श हुने, १० बजेर १ मिनेटमा मध्य हुने र ११ बजेर ३१ मिनेटमा मोक्ष हुने नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्राध्यापक डाक्टर रामचन्द्र गौतमले जानकारी दिनुभयो । उहांका अनुसार खण्डग्रास सूर्यग्रहणको अवधि २ घण्टा ४९ मिनेटको रहनेछ ।
ग्रहण खुल्ला वा चस्मा लगाएर पनि हेर्न हुँदैन । ग्रहणको बेला सूर्यको प्रकाश सिधै आँखामा परेमा सधैँका लागि आँखाको ज्योति गुम्ने खतरा हुने छ ।
शास्त्रका अनुसार सूर्यग्रहणमा ४ प्रहर अर्थात् १२ घण्टा र चन्द्रग्रहणमा ३ प्रहर अर्थात् ९ घण्टा पूर्व सूतक प्रारम्भ हुनेहुदा पुष ९ गतेका दिन राती ८ बजेर ४२ मिनेटदेखि बालक, बृद्ध, रोगी तथा गर्भवती महिलाहरू बाहेक अरू विवेकशिल प्राणिहरूलाई भोजन निषेध गरिएको छ ।
ग्रहणको समयमा हाम्रो घरमा सूर्यको विकिरण तथा नकारात्मक उर्जा घरभित्र प्रवेश हुने भएकाले ग्रहणकालमा पकाएर खानेकुरा राख्नुहुँदैन, यसकासाथै दूध, दही, घ्यू, पानी, अचार आदि छ भने त्यसमा तुलसीपत्र वा कुश राख्नाले त्यस्ता खानेकुरालाई खराब नगर्ने शास्त्रीय मान्यता छ । ग्रहणमा बाह्र राशिको ग्रहणफल यसप्रकार रहेको छ ।
मेष ः मानहानी हुने
वृष ः कष्ट हुने
मिथुन ः स्त्रीपीडा हुने
कर्कट ः सुख मिल्ने
सिंह ः चिन्ता बढ्ने
कन्या ः व्यथा बढ्ने
तुला ः श्री प्राप्ति हुने
बृश्चिक ः क्षति हुने
धनु ः घात हुने
मकर ः खर्च बढ्ने
कुम्भ ः लाभ हुने
मीन ः सुखदायी हुने

≪ Previous Post

नवलपरासीको बागमति चिनी मिल सञ्चालनमा

Next Post ≫

थारु कल्याणकारिणी बाणगंगा नगर समिति गठन

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क