Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ थारु कल्याणकारिणी बाणगंगा नगर समिति गठन
शँकरनगर सामुदायिक वनमा कृषि वन नर्संरी तथा जलवायु परिवर्तन सम्वन्धि कार्यशाला

शँकरनगर सामुदायिक वनमा कृषि वन...

अर्थ पर्यटन प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
बुटवलका संस्थागत विद्यालयमा अध्ययनरत ३४४ जना विद्यार्थीले पाउने भए निःशुल्क छात्रवृत्ति

बुटवलका संस्थागत विद्यालयमा अध्ययनरत ३४४...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
धनुषामा वडा अध्यक्ष यादवको गोली हानी हत्या

धनुषामा वडा अध्यक्ष यादवको गोली...

अपराध प्रदेश प्रदेश २ प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

थारु कल्याणकारिणी बाणगंगा नगर समिति गठन

संसारपोस्ट संवाददाता · १० पुष २०७६ · 0
थारु कल्याणकारिणी बाणगंगा नगर समिति गठन
60
SHARES
ShareTweet

कमल चौधरी



कपिलवस्तु, १० पुस । कपिलबस्तुमा बाणगंगा नगरपालिका थारु कल्याणकारिणी नगर समिति शिवरात्री मेला स्थल हथौसमा गठन भएको छ ।
नवगठित समितिको अध्यक्षमा भग्गु थारु, उपाध्यक्षहमा ऋषिराम थारु, रिना थारु र नाथुराम थारु त्था सचिवमा श्रीराम थारु, कोषाध्यक्षमा गोविन्द थारु र सह–सचिवमा सृजना थारु सर्वसम्मत चयन हुनुभएको छ । यस्तै सदस्यहरुमा सूर्यनारायण थारु, उदयराज थारु, सोनमति थारु, सावित्री थारु, नोखे थारु, राम बचन थारु, भग्गु थारु, रामप्रसाद थारु, जुना थारु, नुमलाल थारु, रंजिता थारु, राम मिलन थारु, सरिता थारु र मञ्जु थारु च्यन हुनुभएको छ ।
सो कार्यक्रममा बाणगंगा नगरपालिकाका नगर प्रमुख मंगलप्रसाद थारुले नवगठित समितिलाई बधाई ज्ञापन गर्दै थारु समुदायको हकहित तथा थारु संस्कृतिको संरक्षण र सम्वद्र्धनमा लाग्न आग्रह गर्नुभयो । उहांले समितिका काममा नगरपालिकाले सहयोग गर्ने प्रतिवद्धता जनाउनु भयो ।
थारु कल्याणकरिणी सभाका कपिलवस्तु जिल्ला सभापति उमाशँकर थारुले थारु समुदाय एकजुट भएर थारु समुदायको हक अधिकार र पहिचानका मुद्दाहरु उत्थान गर्ने उद्देश्यले समिति गठन गरिएकाले यी मुद्दामा केन्द्रित हुन आग्रह गर्नुभयो । उहांले बाणगंगा नगरपालिका थारु कल्याणकारिणी सभा नगर कार्य समितिको अयोजनामा यस बर्ष दोस्रो नगर स्तारिय माघी महोत्सव तथा नयाँ बर्ष २०७६ अवसरमा विशेष कार्यक्रम गरिने समेत बताउनु भयो ।
कार्यक्रममा थारु कल्याणकरिणी सभाका केन्द्रीय सदस्यद्वय जन्जिरप्रसाद थारु र सुमित्रा कुमारी थारुले नवगठित समितिलाई बधाई सहित सफलकार्यकालको शुभकामना ब्यक्त गर्नुभएको थियो ।

≪ Previous Post

आज खण्डग्रास सूर्यग्रहण

Next Post ≫

राजमोले विशेष कार्यक्रमका साथ मनायो माओ जयन्ती

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क