कमल चौधरी
कपिलवस्तु, १० पुस । कपिलबस्तुमा बाणगंगा नगरपालिका थारु कल्याणकारिणी नगर समिति शिवरात्री मेला स्थल हथौसमा गठन भएको छ ।
नवगठित समितिको अध्यक्षमा भग्गु थारु, उपाध्यक्षहमा ऋषिराम थारु, रिना थारु र नाथुराम थारु त्था सचिवमा श्रीराम थारु, कोषाध्यक्षमा गोविन्द थारु र सह–सचिवमा सृजना थारु सर्वसम्मत चयन हुनुभएको छ । यस्तै सदस्यहरुमा सूर्यनारायण थारु, उदयराज थारु, सोनमति थारु, सावित्री थारु, नोखे थारु, राम बचन थारु, भग्गु थारु, रामप्रसाद थारु, जुना थारु, नुमलाल थारु, रंजिता थारु, राम मिलन थारु, सरिता थारु र मञ्जु थारु च्यन हुनुभएको छ ।
सो कार्यक्रममा बाणगंगा नगरपालिकाका नगर प्रमुख मंगलप्रसाद थारुले नवगठित समितिलाई बधाई ज्ञापन गर्दै थारु समुदायको हकहित तथा थारु संस्कृतिको संरक्षण र सम्वद्र्धनमा लाग्न आग्रह गर्नुभयो । उहांले समितिका काममा नगरपालिकाले सहयोग गर्ने प्रतिवद्धता जनाउनु भयो ।
थारु कल्याणकरिणी सभाका कपिलवस्तु जिल्ला सभापति उमाशँकर थारुले थारु समुदाय एकजुट भएर थारु समुदायको हक अधिकार र पहिचानका मुद्दाहरु उत्थान गर्ने उद्देश्यले समिति गठन गरिएकाले यी मुद्दामा केन्द्रित हुन आग्रह गर्नुभयो । उहांले बाणगंगा नगरपालिका थारु कल्याणकारिणी सभा नगर कार्य समितिको अयोजनामा यस बर्ष दोस्रो नगर स्तारिय माघी महोत्सव तथा नयाँ बर्ष २०७६ अवसरमा विशेष कार्यक्रम गरिने समेत बताउनु भयो ।
कार्यक्रममा थारु कल्याणकरिणी सभाका केन्द्रीय सदस्यद्वय जन्जिरप्रसाद थारु र सुमित्रा कुमारी थारुले नवगठित समितिलाई बधाई सहित सफलकार्यकालको शुभकामना ब्यक्त गर्नुभएको थियो ।