Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ राजमोले विशेष कार्यक्रमका साथ मनायो माओ जयन्ती
बर्षाका कारण दाउन्नेमा सडक चिप्लो भएपछि पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

बर्षाका कारण दाउन्नेमा सडक चिप्लो...

प्रदेश प्रदेश ४ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
लुम्बिनी प्रदेश : आगामी वर्षको नीति तथा कार्यक्रम मन्त्रिपरिषद् बैठकद्वारा स्वीकृत

लुम्बिनी प्रदेश : आगामी वर्षको...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
हावाहुरीका कारण ढलेका रुखले च्यापिएर नवलपरासी र कपिलवस्तुमा ३ जनाको मृत्यु, ३ घाइते

हावाहुरीका कारण ढलेका रुखले च्यापिएर...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

राजमोले विशेष कार्यक्रमका साथ मनायो माओ जयन्ती

संसारपोस्ट संवाददाता · १० पुष २०७६ · 0
राजमोले विशेष कार्यक्रमका साथ मनायो माओ जयन्ती
70
SHARES
ShareTweet

श्यामलाल पोखरेल



बुटवल, १० पुस । कम्युनिष्ट नेता माओत्सेतुङको १२७ औं जयन्ती बिहीबार देशभर बिभिन्न कार्यक्रमका साथ मनाइएको छ । नेपालमा क्रियाशिल विभिन्न कम्युनिष्ट घटकहरुले आआफ्नै तरिकाले कार्यक्रमको आयोजना गरी माओ जयन्ती मनाएका हुन् ।
राष्ट्रिय जनमोर्चाले रुपन्देहीको देवदहमा बिशेष कार्यक्रमको आयोजना गरेर अन्तर्राष्ट्रिय कम्युनिष्ट नेता माओकोे जयन्ती मनाएको छ । सो कार्यक्रममा बोल्दै बाम बुद्विजीवी तथा अखिल नेपाल किसान महासंघका अध्यक्ष भैरवराज रेग्मीले माओले प्रतिपादन गरेका सिद्वान्त कम्युनिष्ट आन्दोलनका लागि व्यवहारिक रहेको बताउनुभयो ।
माओले प्रतिपादन गरेका नीति तथा सिद्वान्तलाई कम्युनिष्टहरुले आत्मसाथ गर्नुको विकल्प नभएको बताउंदै उहांले माओका बिचारलाई आत्मसाथ गर्न नसक्नेहरु कम्युनिष्ट बन्न नसक्ने बताउनुभयो ।
बरिष्ठ बामपन्थी नेता रामचन्द्र भट्टले विश्वको कम्युनिष्ट आन्दोलनमा माओको जीवनी र माओका सिद्वान्तको आधारमा कम्युनिष्ट आन्दोलनलाई अगाडी बढाउनु पर्नेमा जोड दिनुभयो । माओले प्रतिपादन गरेका बैचारिक सिद्वान्तहरु वैज्ञानिक भएकाले उहांको सिद्धान्त नेपालको कम्युनिष्ट आन्दोलनमा प्रयोगमा ल्याउनु पर्ने नेता भट्टको तर्क छ ।
राष्ट्रिय जनमोर्चाका नेता आनन्द शर्माले सभा समारोहमा माओका कुरा गरेर ठूलठूला भाषण गर्ने तर बिचारमा माओले प्रतिपादन गरेका सिद्वान्त छोडेकाहरु कम्युनिष्ट बन्न नसक्ने बताउंदै त्यस्ता कम्युनिष्ट नक्कली भएको टिप्पणी गर्नुभयो ।
कार्यक्रममा वाम बुद्धिजीवी दुर्गानाथ खरेल, विश्व कम्युनिष्ट संग्राहालय नेपालका अध्यक्ष चेतनाथ आचार्य, राष्ट्रिय जनमोर्चाका रुपन्देही सचिव टानबहादुर केसी, कोषाध्यक्ष गणेश गौतम, युबक संघका केन्द्रीय सदस्य हरि योगी, अखिल (छैठौं) रुपन्देही अध्यक्ष सरोजमान सिंह, अखिल नेपाल महिला संघ रुपन्देही कोषाध्यक्ष लक्ष्मी कुंवर, प्रगतिशील पत्रकार संघ नेपाल रुपन्देही सदस्य टेकराज भुसाल, अन्टुक रुपन्देही अध्यक्ष कबिराज गिरी, जातीय समता समाजका भोजराज बिक, अखिल नेपाल सुकुम्बासी संघका केन्द्रीय सदस्य हरि केसी लगायतले बोल्दै माओको बिचारबाट कम्युनिष्ट आन्दोलन अगाडी बढाउनु पर्नेमा जोड दिनुभयो । राष्ट्रिय जनमोर्चा रुपन्देही अध्यक्ष बद्रे आलमको अध्यक्षताममा कार्यक्रम भएको थियो ।

माओको विचार क्रान्तिकारी माओबादीले रक्षा गरेको छ : गजुरेल



यस्तै नेकपा क्रान्तिकारी माओवादीको स्थायी कमिटि सदस्य सिपी गजुरेलले माओको विचार नेकपा क्रान्तिकारी माओवादीले मात्र रक्षा गरेको दावी गर्नुभयौ छ ।
विहीबार माओ जयन्तीको अवसरमा पोखराको अमरसिंह चोकमा आयोजित कार्यक्रममा बोल्दै क्रान्तिकारी माओवादीका नेता गजुरेलले यस्तो बताउनुभएको हो । उहांले भन्नुभयो – ‘माओ विचारको रक्षा, प्रयोग र विकास गर्नेमा हाम्रो पार्टी मात्र प्रतिबद्ध छ ।’
गजुरेलले सत्ता पक्षीय नेकपाले कम्युनिष्टको नाममा माओ विचार धारा वोक्ने कम्युनिष्ट पार्टीलाई आतंकवादी र उग्रवादी पार्टीको विल्ला दिएर सच्चा कम्युनिष्ट आन्दोलनलाई तुहाउने र क्रान्तिकारी पार्टीका कार्यकर्ताहरुलाई हतोत्साहित पार्ने काममा लागि परेको आरोप समेत लगाउनुभयो ।
क्रान्तिकारी माओवादी प्रदेश नं. ४ को आयोजनामा भएको कार्यक्रममा बोल्दै उहांले यो सरकार नाममा मात्रको कम्युनिष्ट पार्टीको सरकार भएकोले कम्युनिष्टको नाममा जनतालाई धोका दिने काम भएको र त्यसको भण्डाफोर गर्न आवश्यक रहेकोमा जोड दिनुभयो ।
नेकपा क्रान्तिकारी माओवादीका केन्द्रिय सदस्य नारायण अधिकारीको सञ्चालनमा भएको कार्यक्रम प्रदेश इन्चार्ज केशबहादुर परियारको अध्यक्षतामा भएको थियो ।

≪ Previous Post

थारु कल्याणकारिणी बाणगंगा नगर समिति गठन

Next Post ≫

राजमोले मनायो माओे जयन्ती

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क