Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ राजमोले मनायो माओे जयन्ती
निवर्तमान प्रधानमन्त्री ओली र लेखकसहित ५ जनालाई बिदेश जान रोक,उपत्यका छाड्न आयोगको अनुमति लिनुपर्ने

निवर्तमान प्रधानमन्त्री ओली र लेखकसहित...

प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
पाल्पाको तानसेन–तम्घास सडक खण्डमा भ्यान दुर्घटना हुँदा १४ जना घाइते

पाल्पाको तानसेन–तम्घास सडक खण्डमा भ्यान...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
दशैं बिदामा पनि बुटवल हस्पिटल प्रा. लि. ले सेवा दिने

दशैं बिदामा पनि बुटवल हस्पिटल...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago

राजमोले मनायो माओे जयन्ती

संसारपोस्ट संवाददाता · १० पुष २०७६ · 0
राजमोले मनायो माओे जयन्ती
40
SHARES
ShareTweet


बुटवल १० पुस
रुपन्देहीमा राष्ट्रिय जनमोर्चाले जिल्लाको देवदहमा कम्युनिष्ट नेता माओकोे जयन्ती विशेष महत्वका साथ मनाएको छ ।
सोही कार्यक्रममा बोल्दै बाम बुद्विजीवी तथा अखिल नेपाल किसान महासंघका अध्यक्ष भैरवराज रेग्मीले माओले प्रतिपादन गरेका सिद्वान्त कम्युनिष्ट आन्दोलनका लागि व्यवहारिक रहेको बताउनु भयो ।
माओले प्रतिपादन गरेका नीति तथा सिद्वान्तलाई कम्युनिष्टहरुले आत्मसाथ गर्नुको विकल्प नभएको बताउंदै माओका बिचारलाई आत्मसाथ गर्न नसक्नेहरु कम्युनिष्ट बन्न नसक्ने बताउनु भयो ।
बरिष्ठ बामपन्थी नेता रामचन्द्र भट्टले विश्वको कम्युनिष्ट आन्दोलनमा माओको जीवनी र माओका सिद्वान्तको आधारमा कम्युनिष्ट आन्दोलनलाई अगाडी बढाउनु पर्ने बताउनु भयो ।
माओले प्रतिपादन गरेका बैचारिक सिद्वान्तहरु वैज्ञानिक भएकाले नेपालको कम्युनिष्ट आन्दोलनमा प्रयोगमा ल्याउनु पर्ने नेता भट्टको तर्क रहेकोछ ।
कम्युनिष्ट भनेको किसान, मजदुर र शोषित पींडितहरुको पार्टी भएको उल्लेख गर्दै नेता भट्टले भन्नु भयो – नयां जनवादी व्यवस्था हुंदै समाजबाद, साम्यवादी व्यवस्था स्थापनाका लागि माओले देखाएको बाटोलाई आत्मसाथ गर्नुको विकल्प छैन ।
राष्ट्रिय जनमोर्चाका नेता आनन्द शर्माले सभा समारोहमा माओका कुरा गरेठूलठूला भाषण गर्ने तर बिचारमा माओले प्रतिपादन गरेका सिद्वान्त छोडेकाहरु कम्युनिष्ट बन्न नसक्ने बताउंदै त्यस्ता कम्युनिष्ट नक्कली भएको बताउनु भयो ।
कार्यक्रममा वाम बुद्धिजीवी दुर्गानाथ खरेल, विश्व कम्युनिष्ट संग्रहालय नेपालका अध्यक्ष चेतनाथ आचार्य, राजमो रुपन्देही सचिव टानबहादुर केसी, कोषाध्यक्ष गणेश गौतम, युबक संघका केन्द्रीय सदस्य हरि योगी, अखिल (छैठौं) रुपन्देही अध्यक्ष सरोजमान सिंह, अखिल नेपाल महिला संघ रुपन्देही कोषाध्यक्ष लक्ष्मी कुंवर, प्रगतिशील पत्रकार संघ नेपाल, रुपन्देही सदस्य टेकराज भुसाल, अन्टुक रुपन्देही अध्यक्ष कबिराज गिरी, जातीय समता समाजका भोजराज बिक, अखिल नेपाल सुकुम्बासी संघका केन्द्रीय सदस्य हरि केसी लगायतले बोल्दै माओको बिचारबाट कम्युनिष्ट आन्दोलन अगाडी बढाउनु पर्नेमा जोड दिनु भएको थियो ।
राष्ट्रिय जनमोर्चा रुपन्देही अध्यक्ष बद्रे आलमको अध्यक्षताममा कार्यक्रम भएको थियो ।

≪ Previous Post

राजमोले विशेष कार्यक्रमका साथ मनायो माओ जयन्ती

Next Post ≫

मेलाको दोस्रो दिन दश हजार दर्शकद्वारा अवलोकन

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क