Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ नवलपरासीको बागमति चिनी मिल सञ्चालनमा
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

नवलपरासीको बागमति चिनी मिल सञ्चालनमा

संसारपोस्ट संवाददाता · ९ पुष २०७६ · 0
नवलपरासीको बागमति चिनी मिल सञ्चालनमा
50
SHARES
ShareTweet


इन्दिरा सुगर मिलको १४ करोड र सुनवलको ११ करोड भुक्तान दिन बाँकी


रामकुमार श्रेष्ठ
नवलपरासी, ९ पुस । नवलपरासीको सुस्ता गाउँपालिका–२ कुडियामा रहेको बागमती खांडसारी मिल सञ्चालनमा आएको छ । उखु उत्पादन कृषक समिति नवलपरासीका अध्यक्ष उमेश यादवले बागमती खांडसारी मिल दुई दिनदेखि सञ्चालनमा आएको बताउनुभयो । उहांले भन्नुभयो – “सरकारले निर्धारण गरेका मूल्यमा आधारित रहेर उखुको मूल्य भुक्तानी दिने गरी मिल सञ्चालनमा आएको हो ।”
नवलपुरमा यस बर्ष १२ लाख क्विन्टल उखु उत्पादन भएको छ । यादवले भन्नुभयो – “किसान आत्तिन पर्ने अवस्था छैन । उखु थोरै उत्पादन भएको छ । गत बर्ष नवलपरासीमा १६ लाख क्विन्टल उखु उत्पादन भएको थियो ।”
नवलपरासी जिल्लामा उखु किसानहरुले समयमै भुक्तान नपाउनु र उखुको उचित मूल्य नपाउनु नै प्रमुख समस्या रहेको छ । नवलपरासीमा रहेका ३ वटा चिनी कारखाना मध्ये लुम्बिनी चिनी मिलले औपचारिक रुपमा यस बर्षदेखि मिल बन्द गरेको जनाएको छ ।
बाँकी रहेका दुई वटा चिनी मिल मध्ये इन्दिरा सुगर मिलमा गत बर्षको रकम भुक्तानीको माग गर्दै स्थानीय किसानहरुले तालाबन्दी गरिदिएका छन् । उखु उत्पादन कृषक समितिका अध्यक्ष यादवका अनुसार पछिल्लो ३ बर्षको १४ करोड रुपैयाँ इन्दिरा सुगर मिलले किसानलाई भुक्तान दिएको छैन । यादवका अनुसार इन्दिरा सुगर मिलको आन्तरिक तयारी पुरा हुन अझै १ महिना लाग्ने देखिन्छ ।
त्यस्तै सुनवल चिनी मिलले गत बर्षको ११ करोड रुपैयाँ किसानहरुलाई भुक्तान नगरी चिनी मिल बन्द गरेको छ । पीडित किसानहरुले सुनवल चिनी मिलका सञ्चालकहरु अहिले सम्पर्कमा नरहेको र किसानहरुलाई रकम भुक्तानी दिन आलटाल गरेको गुनासो गरेका छन् ।

≪ Previous Post

बुटवलमा २० औं औद्योगिक व्यापार मेला सुरु

Next Post ≫

आज खण्डग्रास सूर्यग्रहण

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क