Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ बुटवलमा २० औं औद्योगिक व्यापार मेला सुरु
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

बुटवलमा २० औं औद्योगिक व्यापार मेला सुरु

संसारपोस्ट संवाददाता · ९ पुष २०७६ · 0
बुटवलमा २० औं औद्योगिक व्यापार मेला सुरु
70
SHARES
ShareTweet

लगानीको सुरक्षा सरकारले गर्नु पर्छ : प्रमुख सचेतक खाँण

बुटवल, ९ पुस
बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीको आयोजनामा बुटवलमा २० औं संस्करणको औद्योगिक व्यापार मेला सुरु भएको छ । मेलाको पूर्वमन्त्री तथा नेपाली काँग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले बुधबार उद्घाटन गर्दै पछिल्लो २ वर्षमा मुलुकको अर्थतन्त्र नराम्रोसंग ओरालो लागेको बताउनु भयो ।
प्रमुख सचेतक खाँणले सरकार लगानी आकर्षणका काममा असफल भएको दावी गदैं शेयर मार्केटको ईन्डेक्सले पनि लगानीकर्तालाई सरकारले आकर्षण गर्न नसकेको देखिएकोले लगानी कर्तालाई ढुक्क भएर लगानी गर्ने वातावरण बनाउन आग्रह गर्नुभयो ।
उहाँले लगानी कर्ताले लगानी सुरक्षाको सुनिश्चितता नगरेको बताउँदै सरकारलाई लगानी सुरक्षाको सुनिश्चिता गराउन आग्रह गर्नुभयो । नेपाली काँग्रेसका केन्द्रीय सदस्य समेत रहनुभएका प्रमुख सचेतक खाँणले लगानी कर्ताले लगानी सुरक्षाको अनुभूति गर्न नसकेकै कारण लगानी आकर्षण हुन नसकेको बताउँदै लगानी सुरक्षाको प्रत्याभूति गराउन नसक्दासम्म लगानी पनि हुन नसक्ने र मुलुकलाई समृद्ध पनि बनाउन नसकिने भनाई राख्नुभयो ।
त्यस्तैगरी उहाँले अविलम्ब प्रदेशको नामाकरण र स्थायी राजधानी तोक्नकालागि प्रदेश सरकारलाई आग्रह गर्नुभयो । प्रदेशको राजधानी सार्नकालागि पर्दा पछाडीबाट षड्यन्त्र भईरहेको बताउँदै उहाँले त्यस्तो भए राम्रो नहुने चेतावनी दिनुभयो । पूर्ववर्ती शेरबहादुर देउवा सरकारले सातवटै प्रदेशको सुगमताको आधारमा अस्थायी मुकाम तोक्ने काम गरेको बताउँदै तीनै मुकामलाई स्थायी राजधानी तोक्न आग्रह गर्नुभयो ।
तराई र पहाडलाई जोड्न सुगम, भन्सार नाकाको सुगमता, अन्तर्राष्ट्रिय विमानस्थल, विश्वले चिनेको लुम्बिनी लगायत अपार सम्भावनाका कारण प्रदेश पाँचका राजधानी बुटवल तोकिएको बताउँदै राजनीतिक, सांस्कृतिक, सामाजिक, पर्यटन सबै हिसावले प्रदेशको स्थायी राजधानी बुटवलनै उपयुक्त भएकाले अबिलम्ब प्रदेशको नामाकरण गर्न र राजधानी तोक्नकालागि प्रदेश सरकारलाई आग्रह गर्नुभयो ।
फरक प्रशंगमा नेता खाँणले बुटवल उद्योग बाणिज्य संघले सञ्चालन गर्ने मेलाले यस क्षेत्रको व्यबसायिक गतिशिलता बढाएको उल्लेख गर्नुभयो ।
मेलाका बारेमा जानकारी गराउँदै आयोजक बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष खिमबहादुर हमालले प्रदेश पाँचमा लगानीका प्रयाप्त सम्भावना भएपनि लगानीको वातावरण अझै बन्न नसकेको बताउनु भयो । प्रदेशमा उद्योग, कृषि र पर्यटन क्षेत्रमा लगानीको प्रसस्त सम्भावना भएपनि प्रदेश तथा स्थानीय सरकारले बनाउनु पर्ने ऐन कानुनहरु बनाईनसकेकाले लगानी कर्ताले सरकारको नीति कुरेर बसेको उल्लेख गर्नुभयो । उहाँले मुलुकको अर्थतन्त्र सुधारकालागि आयात प्रतिस्थापन तथा निर्यात प्रवद्र्धन गर्ने उत्पादनलाई सरकारले जोड दिनुपर्ने बताउँदै लगानी प्रवद्र्धनकालागि सरकार नीतिगत रुपमै तयार हुनु पर्ने भनाई राख्नुभयो ।
कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष किशोर प्रधान, चन्द्र ढकाल, प्रदेश पाँच प्रदेद सभा सदस्य भोजप्रसाद श्रेष्ठ, पुष्पा चौधरी, प्रदेश योजना आयोगका उपाध्यक्ष डा. ईश्वर गौतम, बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदी, पूर्व राज्यमन्त्री तथा नेपाली काँग्रेस रुपन्देहीका सभापति अब्दुल रज्जाक, नेपाल उद्योग बाणिज्य महासंघ प्रदेश पाँचका अध्यक्ष गुणनिधी तिवारी, प्रदेश तीनका अध्यक्ष दिनेश श्रेष्ठ, बुटवल उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष अर्जुनमान सैंजु, तुलसीपुर उद्योग बाणिज्य संघका अध्यक्ष बिरबहादुर रावत, रुपन्देही व्यापार संघका अध्यक्ष यमलाल लोहोनी लगायतले मेला सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।
त्यस अवसरमा बुटवल ९ निवासी पावर लिफ्टिङ्मा विश्व च्याम्पियन रुप कार्कीलाई सम्मान पत्र सहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो । त्यस्तै नेपाल आर्मी गरुद दल गण रामनगरद्वारा न्याउली बाजा सहित सराय नाच, नेवाः पुचः गुठी बुटवल देवीनगरको झाकी तथा लाखे नाच, थारु संस्कृतिको मयुर नाच, भिन्सहरा सामाजिक संस्था, मनकामना देवसिद्ध राधाकृष्ण मन्दिर समितिद्वारा सांस्कृतिक सांस्कृतिक झाँकी प्रस्तुत गरिएको थियो ।
यहि पुसको २३ गतेसम्म सञ्चालन गरिने मेलामा ५ सय स्टल सहभागि छन् । ‘लगानी लुम्बिनीमा, समृद्धि देशमा’ भन्ने मुल नाराका साथ आयोजना गरिएको ‘औद्योगिक व्यापार मेला बुटवल–२०७६’ मा ५ लाख बढी दर्शक भित्र्याईने र मेला भित्र १५ करोड बढीको कारोवार हुने आँकलन गरिएको समितिका सहसंयोजक उज्जवल कसजुले बताउनु भयो ।

मेलाका झलकहरु

≪ Previous Post

होटल व्यवसायी महासंघमा निर्वाचितलाई रुपन्देहीमा सम्मान

Next Post ≫

नवलपरासीको बागमति चिनी मिल सञ्चालनमा

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क