Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ धर्म/सस्कृति ≫ भलाई कोषका संस्थापक कोषाध्यक्ष शाक्यको निधन
बर्षाका कारण दाउन्नेमा सडक चिप्लो भएपछि पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

बर्षाका कारण दाउन्नेमा सडक चिप्लो...

प्रदेश प्रदेश ४ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
लुम्बिनी प्रदेश : आगामी वर्षको नीति तथा कार्यक्रम मन्त्रिपरिषद् बैठकद्वारा स्वीकृत

लुम्बिनी प्रदेश : आगामी वर्षको...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
हावाहुरीका कारण ढलेका रुखले च्यापिएर नवलपरासी र कपिलवस्तुमा ३ जनाको मृत्यु, ३ घाइते

हावाहुरीका कारण ढलेका रुखले च्यापिएर...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

भलाई कोषका संस्थापक कोषाध्यक्ष शाक्यको निधन

संसारपोस्ट संवाददाता · ३० मंसिर २०७६ · 0
भलाई कोषका संस्थापक कोषाध्यक्ष शाक्यको निधन
60
SHARES
ShareTweet


बुटवल, ३० मंसिर । यातायात मजदूर तथा व्यवसायी भलाई कोष बुटवलका संस्थापक कोषाध्यक्ष एवं पुर्व महासचिव जयराज शाक्यको निधन भएको छ ।
७७ वर्षिय शाक्यको हृदयघातका कारण आइतबार राति काठमाडौंमा निधन भएको हो । काठमाडौंस्थित छोरीको घरमा बस्दै आउनुभएका शाक्यलाई बाथरुममा नुहाउने क्रममा अकस्मात हृदयघात भएको थियो । लगत्तै नर्भिक अस्पताल पु¥याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।
स्वर्गीय शाक्यका दुई छोरा र एक छोरी छन् । स्वर्गीय शाक्य २०३१ देखि २०३३ सालसम्म भलाई कोषको संस्थापक कोषाध्यक्ष बन्नुभएको थियो । त्यसपछि उहां २०४९ सालसम्म लगातार महासचिव रहेर काम गर्नुभएको थियो । उहांकै परिकल्पना बमोजिम बुटवलमा यातायात मजदूर भलाई कोष स्थापना भएको थियो ।
शाक्यको निधन भएकोमा यातायात मजदूर तथा व्यवसायी भलाई कोष बुटवलले सोमबार श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ । कार्यक्रममा बोल्दै संघका पुर्व अध्यक्ष एवं मानार्थ सदस्य कुमार थापाले स्वर्गीय शाक्यले भलाई कोष स्थापनामा खेलेको भूमिका महत्वपूर्ण रहेको भन्दै उहांको योगदानलाई संस्थाले कदर गर्नुपर्ने बताउनुभयो ।
कोषका अध्यक्ष दिनेश फुल्लेलले भलाई कोषको स्थापना र संस्थागत विकासमा स्वर्गीय शाक्यले खेलेको भूमिकाको प्रशंसा गर्दै उहांकै योगदानस्वरुप आफूहरु अहिलेको अवस्थामा आइपुगेको बताउनुभयो । उहांले स्वर्गीय शाक्यलाई संस्थाले सधै सम्झिरहने बताउनु भयो । कार्यक्रममा कोषका महासचिव योग गुरुङले स्वर्गीय शाक्यप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उहांको निधनले कोषलाई ठूलो क्षति पुगेको बताउनुभयो ।

≪ Previous Post

औद्योगिक व्यापार मेला–२०७६’ सुरक्षाको जिम्मा पूर्व प्रहरी सेक्युरिटीलाई

Next Post ≫

बुटवललाई पुस ५ गते सहयोगापेक्षी बेसाहारा सडक मानवमुक्त घोषणा गरिने

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क