Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ धर्म/सस्कृति ≫ हिसान रुपन्देहीद्धारा भिजिट नेपाल पर्यटन वर्षबारे अन्तर विद्यालय वक्तृत्वकला प्रतियोगिता
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

हिसान रुपन्देहीद्धारा भिजिट नेपाल पर्यटन वर्षबारे अन्तर विद्यालय वक्तृत्वकला प्रतियोगिता

संसारपोस्ट संवाददाता · २५ मंसिर २०७६ · 0
हिसान रुपन्देहीद्धारा भिजिट नेपाल पर्यटन वर्षबारे अन्तर विद्यालय वक्तृत्वकला प्रतियोगिता
100
SHARES
ShareTweet


श्यामलाल पोखरेल
बुटवल, २५ मंसिर
माध्यामिक विद्यालय संघ नेपाल ( हिसान ) रुपन्देहीले सन २०२० भिजिट नेपाल पर्यटन वर्षबारे अन्तर माध्यामिक विद्यालय वक्तृत्वकला प्रतियोगिता आयोजना गरेको छ । हिसानमा आवद्व विद्यालयहरुको सहभागितामा बुधबार रुपन्देहीको बुटवलमा वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको हो । सरकारले अघि सारको सन २०२० भिजिट नेपाल वर्षको प्रचार प्रसारका साथै भ्रमण वर्षलाई सफल पार्ने उद्देश्यले प्रतियागिताको आयोजना गरिएको हो । प्रतियोगितामा सहभागी विद्यार्थीले सरकारले पहिचान गरेका १ सय पर्यटकीय स्थललाई व्यवस्थित गरेर विदेशी पर्यटक भित्राउन सकिने तर्क गरेका छन् । भिजिट नेपाल वर्षमा सरकारले भने जस्तै २० लाख पर्यटक भित्राउन सकिने सम्भावना रहेको र उचित व्यवस्थापनका साथै प्रचारप्रसार गर्न नसकिए भ्रमण वर्ष चुनौतीको रुपमा सकिने उनीहरुको तर्क छ । सन २०२० भिजिट नेपाल वर्ष घोषणा गरेर पर्यटकीय स्थलहरु व्यवस्थित नहुंदा विदशै पर्यटक नेपाल आएपनि धेरै दिन बस्न नरुचाउने गरेको प्रतियागी विद्यार्थीको भनाइ छ । यस क्षेत्रमा बढी भन्दाबढी पर्यटक भित्राउनका लागि लुम्बिनीको गुरुयोजनालाई छिटो पुरा गरी, अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याउनु पर्ने र लुम्बिनीसंग जोडिएका सबै स्थलहरुको सरकारले तत्काल उचित व्यवस्थापन गर्नुपर्ने विद्यार्थीको माग छ । अंगे्रज सेनालाई परास्त गर्नका लागि प्रयोग भएको जीतगढी किल्ला, रामापिथेकश लगायतका महत्वपूर्ण स्थलहरुको विदेश प्रचारप्रसार गर्न सकिए विदेशी मुद्रा भित्राउन सकिने उनीहरुको धारणा छ । प्रतियोगितामा मणि मुकुन्दका सेजल भण्डारी प्रथम भएका छन् । त्यस्तै सेन्टजोसेफ माविका विद्यार्थी निर्मित भट्टराई द्वितिय भए भने होराईजन जिबीएस मावि ड्राईभरटोलका विद्यार्थी रोशनी पौडेल तृतिय भएको कार्यक्रम संयोजक पुरुषोत्तम बस्यालले जानकारी गराउनुभयो । उनीहरुले क्रमस रु ५, ३ र २ हजार नगदसहित प्रमाण पत्र प्राप्त गरेका छन् । कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिका वडा नम्बर चारका वडाध्यक्ष टंक पराजुलीले विदशी पर्यटक भित्राउन सकिने सम्भावना रहेको उल्लेख गर्दै पर्यटकलाई खुशी पार्न सकिए मुलुकको आर्थिक सम्वृद्वि हुन सक्ने बताउनुभयो । प्रध्यापक डाक्टर हिरण्यलाल ज्ञवाली र सहप्रध्यापक ऋषिराम भुसालले निर्णायकको भूमिका निर्वाह गर्नुभएको थियो । हिसानका अध्यक्ष कृष्ण पौडेलको अध्यक्षता र बाबुराम बञ्जाडेको सञ्चालनमा कार्यक्रम भएको थियो । प्रतियोगितामा २० वटा माध्यामिक विद्यालयको सहभागिता रहेको थियो ।

≪ Previous Post

कल्याणकारीद्धारा शेयर सदस्यलाई तालिम

Next Post ≫

तिलोत्तमामा नगरस्तरीय मेयरकप ब्याडमिण्टन प्रतियोगिता हुने

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क