प्रथम पुरस्कार ५० हजार र द्वितीय पुरस्कार ३० हजार
तिलोत्तमा, २६ मंसिर । तिलोत्तमा नगरपालिकाको आयोजना तथा तिलोत्तमा ब्याडमिण्टन क्लवको सह आयोजनामा तिलोत्तमा नगरस्तरीय दोस्रो मेयरकप खुल्ला ब्याडमिण्टन प्रतियोगिता २०७६ हुने भएको छ ।
तिलोत्तमा ब्याडमिण्टन क्लवको कवर्ड हल तिलोत्तमा ६ दश नम्वरमा यहि मंसिर २८ गते शनिबार हुने प्रतियोगिताका लागि ईच्छुक खेलाडीहरुले मंसिर २६ गते सम्म तिलोत्तमा ब्याडमिण्टन क्लवको कार्यालय र तिलोत्तमा नगरपालिका वडा नं ५ को कार्यालय (गीर्वाण सरस्वती संस्कृत तथा साधारण मा वि अगाडी) सम्पर्क गर्न क्लवले सवै खेलाडीहरुलाई आग्रह गरेको क्लवका अध्यक्ष गोविन्द भुुुुसालले जानकारी दिनुभयो ।
प्रतियोगिताका लागि नाम दर्ता गर्न हरि पौडेल, गोविन्द भुसाल, होम पौडेल र पदम थापालाई सम्पर्क ब्यक्तिका रुपमा चयन गरिएको छ ।
प्रतियोगितामा प्रथम पुरस्कार नगद रु ५० हजार, मेडल, प्रमाण–पत्र र शिल्ड, द्वितीय पुरस्कार नगद रु ३० हजार, मेडल, प्रमाण–पत्र र शिल्ड, तृतिय पुरस्कार नगद रु १० हजार, मेडल, प्रमाण–पत्र र शिल्ड तथा उत्कृृष्ट खेलाडीका लागि नगद रु ५ हजार, मेडल, प्रमाण–पत्र र शिल्ड प्रदान गरिने क्लवका अध्यक्ष भुसालले बताउनु भयो ।
यस्तै प्रतियोगितामा भाग लिने खेलाडीहरु तिलोत्तमा नगरपालिकामा बसोबास गरेको हुनुपर्ने र टिम दर्ता गर्दा बसोबासको प्रमाण खुल्ने कागजात वा सम्वन्धित वडाको सिफारिस सहित रु एक हजार दिएर टिम दर्ता गरिने सम्पर्क ब्यक्ति होम पौडेलले जानकारी दिनुभयो । साथै पुरस्कार राशीमा नेपाल सरकारको नियमानुसार कर कट्टी हुने समेत क्लवले जनाएको छ ।
