Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ सुर्तिजन्य र कर नतिरेको मादक पदार्थ सेवन गर्नेमा प्रदेश पाँच नेपालकै अग्रस्थानमाः प्रतिवेदन
निवर्तमान प्रधानमन्त्री ओली र लेखकसहित ५ जनालाई बिदेश जान रोक,उपत्यका छाड्न आयोगको अनुमति लिनुपर्ने

निवर्तमान प्रधानमन्त्री ओली र लेखकसहित...

प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
पाल्पाको तानसेन–तम्घास सडक खण्डमा भ्यान दुर्घटना हुँदा १४ जना घाइते

पाल्पाको तानसेन–तम्घास सडक खण्डमा भ्यान...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
दशैं बिदामा पनि बुटवल हस्पिटल प्रा. लि. ले सेवा दिने

दशैं बिदामा पनि बुटवल हस्पिटल...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago

सुर्तिजन्य र कर नतिरेको मादक पदार्थ सेवन गर्नेमा प्रदेश पाँच नेपालकै अग्रस्थानमाः प्रतिवेदन

संसारपोस्ट संवाददाता · २६ मंसिर २०७६ · 0
सुर्तिजन्य र कर नतिरेको मादक पदार्थ सेवन गर्नेमा प्रदेश पाँच नेपालकै अग्रस्थानमाः प्रतिवेदन
130
SHARES
ShareTweet



बुटवल २६ मंसिर
सुर्तिजन्य पदार्थ र पिउनलाई अयोग्य वा कर नतिरेको मादक पदार्थ सेवन गर्नेमा प्रदेश नम्बर पाँच नेपालकै अग्रस्थानमा रहेको एक अध्ययनले देखाएको छ । सुर्तिजन्य पदार्थमा चुरोट ,विडी, तमाखु,सुर्तिजन्य गुडखा,पानपराग, पान ,सुर्ति पर्ने गर्दछ ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद काठमाण्डौले गत फेबु्रअरी देखि मे २०१९ सम्ममा गरेको सर्वेक्षणमा नेपालमा कुल जनसंख्याको २८ दशमलव ९ प्रतिशतले सुर्तिजन्य पदार्थ सेवन गर्ने गरेको राष्ट्रिय तथ्याङक रहेकोमा प्रदेश पाँचमा भने ३६ दशमलव ६ प्रतिशतले सुर्तिजन्य पदार्थ सेवन गर्ने गरेको प्रतिवेदन मा उल्लेख गरिएको छ ।
राष्ट्रिय तथ्याङक भन्दा प्रदेश पाँचमा ७ दशमलव ७ प्रतिशत जनताले बढी सुर्तिजन्य पदार्थ सेवन गर्ने गरेकोे पाईएको प्रतिवेदन सार्वजनिक गरिएको छ ।
१५ वर्षदेखि ६९ वर्ष उम्मेर समुहका वयस्कहरुको जनसंख्यामा आधारित भएर सर्वेक्षण गरिएको नेपाल स्वास्थ्य अनुसन्धान परिषदका वरिष्ठ अनुसन्धान अधिकृत बिहंगम विष्टले बताउनु भयो । नेपालमा नसर्ने रोग सम्बन्धि जोखिम तत्वको अवस्था पत्तालगाउनका लागि परिषदले सर्वेक्षण गर्ने गरेको उहाँले विहिवार बुटवलमा आयोजित प्रतिवेदन सार्वजनिक समारोहमा जानकारी गराउनु भएको हो ।
प्रदेश पाँचमा मद्यपानमा पिउनलाई अयोग्य वा कर नतिरेको मादक पदार्थ सेवन गर्ने ७० दशमलव ८ प्रतिशत रहेका छन भने राष्ट्रिय तथ्याङकमा ६८ दशमलव ५ प्रतिशत रहेको छ । यो तथ्याङक मद्यपान गर्नेहरुमध्येकोवाट गरिएको सर्वेक्षण हो ।
विश्व स्वास्थ्य संगठनको मान्यता अनुसार हरेक नेपाली जनताले हरेक दिन ४ सय ग्राम फलफुल र तरकारी खानु पर्नेमा केवल १ सय ६० ग्राम मात्र खाने गरेको सर्वेक्षणले देखाएको पनि सोअवसरमा जानकारी गराईएको थियो ।
सन्तुलित भोजनको अभावका कारण नेपालमा हरेक दिन विरामीको संख्या बढने गरेको हो ।
राष्ट्रिय तथ्याङक अनुसार नेपालमा दुर्घटना, हिंसा तथा चोटपटकलाई हेर्दा ३ दशमलव ८ प्रतिशत रहेकोमा प्रदेश पाँचमा ५ दशमलव ९ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ । जोनी तथा ढाडको दुखाई सम्बन्धी स्वास्थ्य समस्यामा पनि प्रदेश पाँच अग्रपक्तिमा देखिएको छ । प्रदेश पाँचमा १८ दशमलव ९ प्रतिशतमा यो समस्या देखिएको छ । त्यस्तै उच्चरक्तचाप, रगतमा चिनीको मात्रा र कोलेस्टेरोलका समस्यामा पनि प्रदेश पाँच राष्ट्रिय तथ्याङकमा भन्दा अगाडी देखिएको छ ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषदका अनुसन्धान अधिकृत सरोज भट्रराईका अनुसार प्रदेश पाँचका २८ दशमलव २ प्रतिशत जनतामा यो रोगको समस्या रहेको छ भने राष्ट्रिय तथ्याङकमा २४ दशमलव ५ प्रतिशत रहेको प्रतिवेदनमा देखाईएको छ । सर्वेक्षणमा प्रदेश पाँचका ५ हजार ५ सय ९३ जना वयस्कहरु माझ गरिएको बताईएको छ । समग्रतामा ८६ दशमलव ४ प्रतिशत रहेको पनि परिषदले जनाएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषदले सार्वजनिक गरेको प्रतिवेदनलाई मध्य नजर गरि प्रदेश पाँचको सामाजिक विकास मन्त्रालयले आगामी दिनको रणनीति तयार गर्ने महाशाखा प्रमुख उमाशंकर चौधरीले बताउनु भयो ।

≪ Previous Post

तिलोत्तमामा नगरस्तरीय मेयरकप ब्याडमिण्टन प्रतियोगिता हुने

Next Post ≫

नेपालमै पहिलो खोप लगाउनु पूर्व वच्चाको स्वास्थ्य परिक्षण गर्ने गाँउपालिका मायादेवी

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क