बुटवल, २२ मंसिर
राष्ट्रिय कृषक समुह महासंघ नेपाल प्रदेश ५ को आयोजनामा बुटवलमा जलवायु मैत्री कृषि नमुना सिकाई कार्यशाला सम्पन्न भएको छ । कार्यशालाको सुभारम्भ गर्दै प्रदेश ५ भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सचिव तेज बहादुर सुवेदीले अवको आवश्यकता भनेको नै जलवायुमैत्री कृषि पद्धती नै रहेको बताए । उनले किसान, समुह तथा सहकारीहरुको कृषि प्रसारमा विशेष महत्व हुने भएको भन्दै समुह, सहकारी वा महासंघलाई प्रदेश सरकारले के कसरी सहयोग वा संमन्वय गर्ने भन्नेमा सरकार तयार रहेको जानकारी गराउनु भयो ।
कार्यक्रममा बोल्दै सचिव सुवेदीले भने–‘समुह, सहकारीहरुको प्रयोगबाट खासगरी कृषि प्रविधिको विस्तार, कृषि प्रसारमा विशेष महत्व हुने गरेको छ, यसमा कृषक महासंघको योगदान पनि उच्चरहेको छ । ’
कार्यक्रममा राष्ट्रिय कृषक महासंघ नेपालका केन्द्रीय अध्यक्ष नवराज बस्नेतले किसान पहिचान र बर्गीकरण, जग्गा भाडामा लिँदा खेती, बाली र पशु विमा र कृषिसल्लाह सुझावको विषयमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।
यस्तै कार्यशालामा राष्ट्रिय कृषक महासंघ नेपालका केन्द्रीय सचिव रामहरी शर्माले संस्थाले गर्दैै आएको कार्य, हाल सम्मका विषयहरु र आगामी योजनाकोविषयमा कार्यपत्र प्रस्तुती गर्नु भएको थियो । यस्तै सिकाई अभ्यासका तरिका, रणनीतिको विषयमा केयर नेपालमा जिवनाथ शर्माले कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।
कार्यक्रmममा बोल्दै पाल्पाको रैनादेवी गाउँपालिकाका उपाध्यक्ष चेतना थालाले किसानहरु संगको सहकार्यमा गाउँपालिका अगाडी बढिरहेको जानकारी दिदै स्थानिय तह, प्रदेश सरकार केन्द्र सरकारको विचमा कृषिको विकासका लागि सहकार्य गर्नुपर्ने बताउनु भयो ।
कार्यक्रममा महासंघका केन्द्रीय उपाध्यक्ष मगन सिंह थापा, प्रदेश ५ का अध्यक्ष सर्वजित विष्ट, सचिव तलिक खनाल, प्रदेश ५ उपाध्यक्ष गिता थापा लगायतले आ आफ्नो भनाई राख्नु भएको थियो ।
किसान महासंघले केन्द्र सरकार, स्थानिय तह र प्रदेश सरकारको विचमा के कसरी पुलको काम गर्न सकिन्छ भन्ने हेतुले कार्यक्रम आयोजना गरिएको प्रदेश अध्यक्ष सर्वजित विष्टले जानकारी दिनु भयो । उहाँका अनुसार कार्यशालामा प्रदेश ५ का विभिन्न जिल्लाहरुबाट किसान, कृषक समुहका अध्यक्ष तथा प्रतिनिधिहरु, समुह सहकारीका अध्यक्ष तथा प्रतिनिधीहरु, स्थानिय तहका प्रमुख तथा प्रतिनिधिहरु र सरोकारवालाहलरुको सहभागीता रहेको थियो ।