Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ बुटवलमा हुने मानव अधिकार राष्ट्रिय सम्मेलन तथा कार्यकारिणी परिषद बैठकको तयारी पुरा
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

बुटवलमा हुने मानव अधिकार राष्ट्रिय सम्मेलन तथा कार्यकारिणी परिषद बैठकको तयारी पुरा

संसारपोस्ट संवाददाता · २२ मंसिर २०७६ · 0
बुटवलमा हुने मानव अधिकार राष्ट्रिय सम्मेलन तथा कार्यकारिणी परिषद बैठकको तयारी पुरा
120
SHARES
ShareTweet

बुटवल २२ मंसिर
नेपाल बार एशोसिएशनको आयोजना तथा उच्च अदालत बार एशोसिएशन बुटवलको आतिथ्यतामा हुन गइरहेको मानव अधिकार राष्ट्रिय सम्मेलन तथा ४६ औं केन्द्रीय कार्यकारिणी परिषदको बैठकको तयारी पुरा भएको छ ।
यही मंसिर २४ र २५गते बुटवलमा हुने नेपाल बार एशोसिएशनको ६३ वर्षको इतिहासमा मानव अधिकार राष्ट्रिय सम्मेलन तथा केन्द्रीय कार्यकारिणी परिषद् बैठक हुदैछ ।
सम्मेलनको सर्वोच्च अदालतका प्रधान न्यायधीश चोलेन्द्र शम्शेर ज.ब.रा. को प्रमुख आतिथ्यतामा सम्पन्न हुने भएकोे छ । कार्यक्रम वारे जानकारी गराउन आईतवार उच्च अदालत बार एशोसिएशन बुटवलमा पत्रकार सम्मेलन गरि तयारी पुरा भएको अध्यक्ष जोग बहादुर खत्रीले बताउनु भयो ।
यस कार्यक्रममा देश भरका करिब आठ सय जना कानून व्यावसायीको सहभागिता रहने भएका छन ।उद्घाटन समारोह स्थल व्यवस्थापन, सहभागीहरुको लागि बस्ने व्यवस्था, प्रभातफेरी लगायतका तयारी पूरा भएको आयोजकले जनाएका छन ।
बुटवलमा धेरै वर्षको अन्तरालमा केन्द्रीय स्तरको कार्यक्रम हुन लागेकाले उच्च अदालत बार एशोसिएशन बुटवल र अन्य छिमेकी बार एकाईमा आवद्ध कानून व्यवसायीहरु सक्रियतापूर्वक लागिपर्नु भएको छ ।
कार्यक्रम सफल बनाउन गठित मूल समिति र उपसमितिले आ–आफ्नो जिम्माको काम लगभग पूरा गरेको जनाएका छन् । सममेलनको पहिलो दिन मानव अधिकारका विषयमा छलफल हुने, द्धन्द कालिन मुूद्दा र वेपता नागरिकका वारेमा छलफल गरिने र दोस्रो दिन संम्बिधानमा, कानुनी जटिलता विषयमा छलफल गरि बुटवल घोषणापत्र जारी गरिेने अध्यक्ष खत्रीले पत्रकार सममेलनमा जानकारी गराउनु भयो । कार्यक्रमको लागि बार सचिव गोविन्द प्रसाद मरासिनीको संयोजकत्वमा सचिवालय समेत स्थापना भएको छ । यसैगरी कार्यक्रम सफल पार्न खाद्य व्यवस्थापन समितिमा संयोजक राजेन्द्र भट्टराई र सहसंयोजक युवराज पाण्डे, आवास व्यवस्थापनमा संयोजक घनश्याम पन्त र सहसंयोजक खडानन्द भण्डारी, मञ्च व्यवस्थापनमा संयोजक पशुपति भण्डारी र सहसंयोजक रामजी ज्ञवाली, प्रचार प्रसार समितिमा संयोजक गोविन्द प्रसाद मरासिनी र सहसंयोजक नागेन्द्रप्रसाद बस्याल रहनुभएको छ ।
त्यसैगरी अतिथि स्वागत–सत्कार उपसमितिमा मीना पाण्डे पन्थ संयोजक र ज्ञानु केसी सहसंयोजक, स्वागत द्वार निर्माण उपसमितिमा माधव घिमिरे संयोजक र सहसंयोजक राजन नेपाल, सहभागी रजिष्ट्रेशनमा नागेन्द्र प्रसाद यादव र सहसंयोजकमा बाबुराम भुसाल, ¥याली व्यवस्थापनमा संयोजक यमलाल खनाल सहसंयोजकमा भविश्वर भट्टराई, स्वास्थ्य सेवामा संयोजक कैलाशचन्द्र ज्ञवाली र सहसंयोजक मदन पुन, सांस्कृतिक उपसमितिमा संयोजक महेन्द्र पाण्डे र सहसंयोजकमा कृष्णबहादुर कुँवर रहनुभएको छ । त्यसैगरी अनुगमन उपसमितिमा वरिष्ठ अधिवक्ता नेत्र बहादुर नेपालको संयोजकत्वमा वरिष्ठ अधिवक्ता तेज प्रसाद कणेंल एवं बार एकाईमा आबद्ध सम्पूर्ण वरिष्ठ अधिवक्ताहरु, पूर्व अध्यक्षहरु समेत रहनुभएको छ ।
यस बार एकाईमा एक सय एकतीस जना सदस्य रहनुभएकोमा पेशामा क्रियाशील सबैजसो कानून व्यवसायीहरु कुनै न कुनै समिति वा उपसमितिमा रही क्रियाशील रहनुभएको छ । सम्मेलन तथा कार्यकारिणी बैठकमा वरिष्ठ अधिवक्ताहरु, नेपाल बारका पूर्व पदाधिकारी तथा सदस्यहरु, बार एकाईका केन्द्रीय पार्षदहरु, अध्यक्ष तथा सचिवहरु, नेपाल कानून व्यवसायी परिषदका पार्षदहरु एवं मानव अधिकार तथा जनसरोकार समितिका संयोजकलगायतको सहभागिता रहने छ ।
कार्यक्रम सम्पन्न गर्न करिब तीस लाख रुपैंयाभन्दा बढी खर्च लाग्ने अनुमान गरिएको छ । केन्द्रीय बारबाट केही बजेट मात्रै उपलब्ध हुने भएकाले अन्य रकमको लागि प्रदेश सरकार, स्थानीय सरकार, विभिन्न संघसंस्थाबाट केही सहयोग प्राप्त भएको र केही सहयोग रकम प्राप्त हुने अपेक्षा गरिएको छ ।

≪ Previous Post

जलवायु मैत्री कृषि पद्धतीमा जोड

Next Post ≫

बातावरण मैत्री बिद्युतिय स्कुटरको भैरहवामा बिक्रि सुरु

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क