बुटवल १७ मंसिर
तिलात्तमाको कोटिहवामा आयोजित एक कार्यक्रममा वोल्ने बक्ताहरुले प्राबिधिक शिक्षामा जोड दिदै प्राविधिक शिक्षामा कोटा बढाउन माग गरेका छन् ।
रुपन्देहीको तिलोत्तमा कोटिहवामा रहेको पशुपति कलेजको १४ औ साधारण सभा तथा अभिभावक दिवसमा बोल्ने बत्ताहरुले प्राबिधिक शिक्षामा जोड दिएकाहुन् ।
प्राबिधिक शिक्षाले मात्र मुलुकको बिकास र समृद्धि सम्भव भएको उल्लेख गर्दै बक्ताहरुले सरकारले प्राबिधिक शिक्षाको कोटा बढाउनु पर्नेमा जोड दिएका हुन ।
कार्यक्रममा बोल्दै प्रतिनिधि सभा सदस्य छविलाल बिश्वकर्माले कजेलको बिकासका लागि आबश्यक सहयोग गर्ने बताउनु भयो । उहाँले कलेजको बिकासका लागि गुरुयोजना बनाउन आग्रह गर्दै प्राबिधिक शिक्षाका लागि सरकारसंग आफुले पहल गर्ने बताउनु भयो ।
सो अबसरमा बोल्दै प्रदेश सभा सदस्य दधिराम न्यौपानेले प्रदेश सरकारले पनि आबश्यक सहयोग गर्ने बताउनु भयो । उहाँले गुरुयोजना निर्माण गरेर आउनुस, सरकारले आबश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।
कार्यक्रममा जिल्ला समन्वय समिति रुपन्देहीका सभापति एकराज बिश्वकर्मा, तिलोत्तमा वडा नम्बर १६ का वडा अध्यक्ष झविलाल भुसाल, कलेजका प्रार्चाय जयलाल शर्मा बस्याल, पशुपति माविका प्रार्चाय बेदनारायण भट्टराई, राममणि बहुमुखि क्याम्पसका प्रार्चाय मोहनराज शर्मा, कलेज सभा सदस्य लेखनाथ पाण्डे, कृष्ण घिमिरे, सल्लाहकार कृष्ण प्रसाद शर्मा लगाएतले बोल्दै पशुपति कलेजलाई यस क्षेत्रको उत्कृष्ट कलेजको रुपमा बिकास गर्नु पर्नेमा जोड दिनु भयो ।
कजेज व्यवस्थापन समितिका कार्यबहाक अध्यक्ष कृष्ण प्रसाद ज्ञवालीको अध्यक्षता, नारायण प्रसाद ज्ञवालीको सञ्चालन तथा लेखनाथ पाण्डेको स्वागतमा सम्पन्न भएको थियो ।