Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ लायन्स क्लव बुटवल युथमा ६ महिनाका कार्यक्रमको समिक्षा
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

लायन्स क्लव बुटवल युथमा ६ महिनाका कार्यक्रमको समिक्षा

संसारपोस्ट संवाददाता · १७ मंसिर २०७६ · 0
लायन्स क्लव बुटवल युथमा ६ महिनाका कार्यक्रमको समिक्षा
80
SHARES
ShareTweet


बुटवल, १७ मंसिर । लायन्स क्लव अफ बुटवल युथले विगत ६ महिनामा सामाजिक, मानविय र अन्य क्षेत्रमा गरेको कार्यक्रमको समिक्षा गरेको छ । क्लवको सोमबार बसेको छैठौं बैठक तथा साधारण सभामा क्लवले हालसम्म गरेका गतिबिधिका विषयमा समिक्षा गरिएको हो ।
क्लवका अध्यक्ष दिपक प्रसाद श्रेष्ठको अध्यक्षतामा भएको बैठक तथा साधारण सभामा विभिन्न कार्यक्रमका संयोजकहरुले कार्यक्रम सहितको प्रतिवेदन प्रस्तुत गरेका थिए । संयोजकहरुले प्रस्तुत गरेका प्रतिवेदन उपर क्लवलका सदस्यहरुले समिक्षा सहित सुझाव प्रस्तुत गरेका क्वलका सचिव बिष्णु काफ्लेले जानकारी गराउनु भयो ।
क्लवले ६ महिनाको अवधिमा असहाय तथा बालबालिकालाई राहत वितरण, विश्व मधुमेह दिवसको अवसरमा बुटवल ९ र ११ मा मधुमेह रोग सम्बन्धि निशुल्क स्वास्थ्य शिबिर, जनचेतामुलक ¥याली, बृक्षारोपण लगायतका कार्यक्रम गरिएको क्लवका अध्यक्ष दिपक प्रसाद श्रेष्ठले बताउनु भयो । सो अवसरमा क्लवका संस्थापक अध्यक्ष तथा रिजन चेयर पर्सन जाकिर हुसैनले लायन्स क्लव अफ बुटवल युथले सामाजिक क्षेत्रमा गरेको योगदानको प्रशंसा गर्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिन सुझाव दिनुभयो ।

क्लवले ५ महिनाको अवधिमा सरसफाई अभियान अन्तर्गत डेंगु रोग सम्वन्धि जनचेतना मुलक कार्यक्रम सहित कक्षा १ देखि ५ कक्षामा अध्ययनरत गरिव तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रबृत्ति समेत प्रदान गरिएको क्लवका अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।
क्लवको बार्षिक कार्यक्रम अनुसार अभिभावक सहयोग अन्तर्गत बुटवल स्थित सरस्वती आधारभूत विद्यालयक ५ जना छात्र छात्रालाई जनही नगद ३ हजार सहित स्कूल पोशाक, जुत्ता, झोला, १०० थान कपी र पेन्सिल प्रदान गरिएको थियो ।
यस्तै क्लवको नेतृत्व विकास कार्यक्रम अन्तर्गत लुम्विनी वाणिज्य क्याम्पसका करिव ४ सय विद्यार्थीहरुलाई मिस नेपाल प्रिया सिग्देल तथा युवा मोटिभेटर निगम हुमागाई र अब्दुस मियाको उपस्थितिमा नेतृत्व विकास तालिम संचालन गरिएको अध्यक्ष श्रेष्ठले बताउनु भयो ।
क्लवले आफ्नो बार्षिक मेगा कार्यक्रम अन्तर्गत यही मंसिर २३ गते बुटवल माविमा निशुल्क आँखा, मधुमेह र दन्त परिक्षण शिविरको समेत आयोजना गरेको र शिविरमा सम्वन्धित क्षेत्रका विज्ञ चिकित्सकहरुले स्वास्थ्य परिक्षण गर्ने कार्यक्रम रहेको हुंदा मौकाको फाईदा उठाउन क्लवले सवैमा आग्रह गरेको छ । शिविरमा विरामीहरुलाई निशुल्क औषधी सहित मोतिया विन्दुका विरामीलाई निशुल्क अपरेशनको ब्यवस्था समेत मिलाईएको क्लवका अध्यक्ष श्रेष्ठले जानकारी गराउनु भयो ।
क्लवले ३०० विद्यार्थी र ३०० अभिभावकहरुलाई लक्षित गरेर यो शिविरको आयोजना गर्न लागेको हो ।

≪ Previous Post

प्राबिधिक शिक्षामा जोड

Next Post ≫

सिजी धाम नजिकै आगलागी, ३० लाख बढीको क्षति

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क