बुटवल, १७ मंसिर । लायन्स क्लव अफ बुटवल युथले विगत ६ महिनामा सामाजिक, मानविय र अन्य क्षेत्रमा गरेको कार्यक्रमको समिक्षा गरेको छ । क्लवको सोमबार बसेको छैठौं बैठक तथा साधारण सभामा क्लवले हालसम्म गरेका गतिबिधिका विषयमा समिक्षा गरिएको हो ।
क्लवका अध्यक्ष दिपक प्रसाद श्रेष्ठको अध्यक्षतामा भएको बैठक तथा साधारण सभामा विभिन्न कार्यक्रमका संयोजकहरुले कार्यक्रम सहितको प्रतिवेदन प्रस्तुत गरेका थिए । संयोजकहरुले प्रस्तुत गरेका प्रतिवेदन उपर क्लवलका सदस्यहरुले समिक्षा सहित सुझाव प्रस्तुत गरेका क्वलका सचिव बिष्णु काफ्लेले जानकारी गराउनु भयो ।
क्लवले ६ महिनाको अवधिमा असहाय तथा बालबालिकालाई राहत वितरण, विश्व मधुमेह दिवसको अवसरमा बुटवल ९ र ११ मा मधुमेह रोग सम्बन्धि निशुल्क स्वास्थ्य शिबिर, जनचेतामुलक ¥याली, बृक्षारोपण लगायतका कार्यक्रम गरिएको क्लवका अध्यक्ष दिपक प्रसाद श्रेष्ठले बताउनु भयो । सो अवसरमा क्लवका संस्थापक अध्यक्ष तथा रिजन चेयर पर्सन जाकिर हुसैनले लायन्स क्लव अफ बुटवल युथले सामाजिक क्षेत्रमा गरेको योगदानको प्रशंसा गर्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिन सुझाव दिनुभयो ।
क्लवले ५ महिनाको अवधिमा सरसफाई अभियान अन्तर्गत डेंगु रोग सम्वन्धि जनचेतना मुलक कार्यक्रम सहित कक्षा १ देखि ५ कक्षामा अध्ययनरत गरिव तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रबृत्ति समेत प्रदान गरिएको क्लवका अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।
क्लवको बार्षिक कार्यक्रम अनुसार अभिभावक सहयोग अन्तर्गत बुटवल स्थित सरस्वती आधारभूत विद्यालयक ५ जना छात्र छात्रालाई जनही नगद ३ हजार सहित स्कूल पोशाक, जुत्ता, झोला, १०० थान कपी र पेन्सिल प्रदान गरिएको थियो ।
यस्तै क्लवको नेतृत्व विकास कार्यक्रम अन्तर्गत लुम्विनी वाणिज्य क्याम्पसका करिव ४ सय विद्यार्थीहरुलाई मिस नेपाल प्रिया सिग्देल तथा युवा मोटिभेटर निगम हुमागाई र अब्दुस मियाको उपस्थितिमा नेतृत्व विकास तालिम संचालन गरिएको अध्यक्ष श्रेष्ठले बताउनु भयो ।
क्लवले आफ्नो बार्षिक मेगा कार्यक्रम अन्तर्गत यही मंसिर २३ गते बुटवल माविमा निशुल्क आँखा, मधुमेह र दन्त परिक्षण शिविरको समेत आयोजना गरेको र शिविरमा सम्वन्धित क्षेत्रका विज्ञ चिकित्सकहरुले स्वास्थ्य परिक्षण गर्ने कार्यक्रम रहेको हुंदा मौकाको फाईदा उठाउन क्लवले सवैमा आग्रह गरेको छ । शिविरमा विरामीहरुलाई निशुल्क औषधी सहित मोतिया विन्दुका विरामीलाई निशुल्क अपरेशनको ब्यवस्था समेत मिलाईएको क्लवका अध्यक्ष श्रेष्ठले जानकारी गराउनु भयो ।
क्लवले ३०० विद्यार्थी र ३०० अभिभावकहरुलाई लक्षित गरेर यो शिविरको आयोजना गर्न लागेको हो ।