Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ धर्म/सस्कृति ≫ सूचना आयोगका पहिलो प्रमुख आयुक्त कसजूको निधन
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

सूचना आयोगका पहिलो प्रमुख आयुक्त कसजूको निधन

संसारपोस्ट संवाददाता · ११ मंसिर २०७६ · 0
सूचना आयोगका पहिलो प्रमुख आयुक्त कसजूको निधन
70
SHARES
ShareTweet

काठमाडौं, ११ मंसिर

अग्रज बाल साहित्य सर्जक एवं सूचना विज्ञ विनय कसजूको मेडिसिटी अस्पतालमा निधन भएको छ। निमोनियाका कारण गम्भीर बिरामी परेका कसजूलाई राजधानीको मेडिसिटी अस्पतालमा गत कात्तिक १९ गते भर्ना गरिएको थियो।

उपचारकै क्रममा मंगलबार दिउँसो २ बजे कसजूको निधन भएको अस्पतालले जनाएको छ।स्वास्थ्य अवस्था नाजुक भएपछि उहाँलाई अस्पताल भर्ना गरिएको थियो। क्रिटिकल देखिएपछि आइसियूमा भेन्टिलेटरसहित उपचार गरिएकोमा ९ दिनपछि केही सुधार देखिएको थियो।

स्वास्थ्यमा सुधार आएपछि भेन्टिलेटर हटाइएको थियो। उहाँको स्वास्थ्यमा सुधार आएपछि उनका छोराहरू अमेरिका फर्केका थिए।को हुन् कसजू सामाजिक रेडियोका अभियन्ता कसजू सूचना आयोगका पहिलो प्रमुख आयुक्तसमेत हुनुहुन्थ्यो।

नेपाली भाषा, साहित्य, बालसाहित्य, पत्रकारिता र मानवअधिकार क्षेत्रमा लामो समय सक्रिय रहेका उहाँ पछिल्लो समय बाल साहित्यमा लेखन तथा सम्पादनमा सक्रिय रहनुभएको थियो।

बाल साहित्यतर्फ कसजूका ५० भन्दा बढी कृति प्रकाशित छन् भने सयौं बाल कृतिहरू सम्पादन गरिसक्नु भएको छ। प्रेस काउन्सिलका आमन्त्रित सदस्य र राष्ट्रिय समाचार समितिमा सञ्चालक समिति सदस्यसमेत रहेका कसजु ७२ वर्षको हुनुहुन्थ्यो।

पाल्पाको तानसेनमा जन्मिनुभएका उहाँको बाल्यकाल रिडीमा बितेको थियो। रिडीमा रहँनुहुँदा उहाँले २५ वर्षको उमेरमा प्रधानपञ्चको जिम्मेवारी सम्हाल्नुभएको थियो। उहाँले रिडीमै देउराली गाउँले भित्ते पत्रिकाको सुरुवात गर्नुभएको थियो। पछि यसैलाई उहाँले सामुदायिक पत्रिकाका रूपमा रूपान्तरण गर्नुभएको थियो।

≪ Previous Post

बांकेमा सामाजिक विकास डिभिजन कार्यालय स्थापना

Next Post ≫

अर्घाखाँचीमा बस दुर्घटना ७ महिला सहित १८ जनाको मृत्यु,

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क