Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ बांकेमा सामाजिक विकास डिभिजन कार्यालय स्थापना
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

बांकेमा सामाजिक विकास डिभिजन कार्यालय स्थापना

संसारपोस्ट संवाददाता · ११ मंसिर २०७६ · 0
बांकेमा सामाजिक विकास डिभिजन कार्यालय  स्थापना
70
SHARES
ShareTweet


बुटवल ११ मंसिर,
बाँकेको नेपालगञ्जमा सामाजिक विकास डिभिजन कार्यालय स्थापना भएको छ ।
प्रदेशको सामाजिक विकास मन्त्रालयले महिला, बालबालिका,ज्येष्ठ नागरिक, शिक्षा, युवा,खेलकुद, श्रम तथा रोजगारका क्रियाकलाप गर्नेगरी डिभिजन कार्यालय स्थापना गरेको हो ।
कार्यालयको एक कार्यक्रमबीच मन्त्रालयका सामाजिक विकास महाशाखा प्रमुख शारदा वश्यालले उद्घाटन गर्नुभयो । प्रदेशका कार्यक्रम र सेवा प्रवाह विकेन्द्रीत गरी जिल्ला तहमा पुर्याउन कार्यालय स्थापना गरिएको उहाँले बताउनुभयो । ‘अब सामाजिक विकासका सेवा र कार्यक्रम लिन बुटवल जानु पर्ने छैन,’ उहाँले भन्नुभयो, ‘यसले प्रदेश सरकारका कार्यक्रम लक्षीत वर्गसम्म पुर्याउन समेत सहयोग हुनेछ।’
यो डिभिजन सामाजिक विकास मन्त्रालयको स्वास्थ्य कार्यालय बाहेकको पहिलो जिल्ला तहको कार्यालय हो । जसले बाँके र बर्दिया जिल्ला हेर्नेछ । यसअघि व्यावसायिक तथा सीप विकास केन्द्र कार्यालय भएको स्थानमा डिभिजन कार्यालय स्थापना भएको छ । कार्यालय स्थापना भएसंगै व्यावसायिक सीप विकासका कार्यक्रम समेत यहीं डिभिजन कार्यालयबाट संचालन हुने भएको छ ।
सामाजिक विकासका काम गर्ने जिल्लातहमा छुट्टै इकाइ नभएपछि प्रदेश सरकारले अघिल्लो महिना सामाजिक विकास डिभिजन कार्यालयको अस्थायी संरचनाका रुपमा सामाजिक विकास डिभिजन कार्यालय खोल्ने निर्णय गरेको थियो । यससंगै सामाजिक विकास मन्त्रालयले १२ जिल्ला हेर्न ६ डिभिजन कार्यालय खोल्ने प्रक्रिया थालेको हो । जसमा रुकुम पूर्व र दाड. जिल्ला हेर्ने गरी दाड.मा , प्युठान र रोल्पा जिल्ला हेर्नेगरी प्युठानमा, गुल्मी र पाल्पा जिल्ला हेर्नेगरी पाल्पामा, रुपन्देही र नवलपरासी पश्चिम हेर्नेगरी रुपन्देहीमा तथा कपिलवस्तु र अर्घाखाची जिल्ला हेर्नेगरी कपिलवस्तुमा सामाजिक विकास डिभिजन कार्यालय खोल्दैछ ।

≪ Previous Post

महोत्सवले आर्थिक तथा पर्यटन क्षेत्र दुवैलाई चलायमान गराएको ठहर

Next Post ≫

सूचना आयोगका पहिलो प्रमुख आयुक्त कसजूको निधन

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क