Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ महोत्सवले आर्थिक तथा पर्यटन क्षेत्र दुवैलाई चलायमान गराएको ठहर
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

महोत्सवले आर्थिक तथा पर्यटन क्षेत्र दुवैलाई चलायमान गराएको ठहर

संसारपोस्ट संवाददाता · १० मंसिर २०७६ · 0
महोत्सवले आर्थिक तथा पर्यटन क्षेत्र दुवैलाई चलायमान गराएको ठहर
90
SHARES
ShareTweet


भैरहवा, १० मंसिर ।
नीजिस्तरबाट सञ्चालित मेला महोत्सवले आर्थिक तथा सामाजिक क्षेत्रमा सकारात्मक प्रभाव पार्ने एक कार्यक्रमका सहभागिहरुले जोड दिएका छन् । उनीहरुले सरकारले सञ्चालन गर्नुपर्ने महोत्सव नीजि क्षेत्रले सञ्चालन गरे पनि त्यसले सरकारको नीतिलाई सहयोग पु¥याइरहेको बताएका छन ।
भैरहवा बाट प्रकाशित गौतमबुद्ध सन्देश दैनिक तथा रेडियो रिपब्लिक ८८.२ मेगाहर्जको संचालन संस्था गौतमबुद्ध मिडिया प्रा.लि.ले आयोजना गरेको आर्थिक तथा पर्यटन क्षेत्रमा महोत्सवले पार्ने प्रभाव विषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने सहभागिहरुले मेलाले आर्थिक गतिविधिलाई चलायमान बनाउने बताएका छन । उद्योग व्यापार संगठन रुपन्देही तथा नेपाल चेम्बर अफ कमर्सको आयोजनामा भैरहवास्थित अञ्चलपुरमा मंसिर ३ गतेदेखि सञ्चालित पाँचौ लुम्बिनी पर्यटन प्रबद्र्धन औद्योगिक व्यापार तथा कृषि महोत्सव–२०७६ को सचिवालयमा मंगलबार आयोजित कार्यक्रममा बोल्ने सहभागिहरुले प्रदेश सरकारले मनाइरहेको लुम्बिनी भ्रमण वर्ष र संघीय सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्षलाई सफल बनाउन महोत्सवले सहयोग पु¥याइरहेको बताएका हुन ।
कार्यक्रममा उद्योग व्यापार संगठन रुपन्देहीका संयोजक तथा मेला मूल आयोजक समितिका संयोजक नारायण प्रसाद भण्डारीले भैरहवाको पहिचान र बजार प्रबद्र्धनमा महोत्सवको भुमिका महत्वपूर्ण रहने बताए । उनले ४ सय स्टलमा स्वयंसेवक, कर्मचारी गरी २ हजार बढीले महोत्सवमा रोजगारी पाएको बताउनु भयो ।
गौतमबुद्ध मिडिया प्रा.लि.का अध्यक्ष खिम बहादुर खत्रीले महोत्सवले आर्थिक तथा पर्यटन क्षेत्र दुवैलाई चलायमान बनाउने बताउनु भयो ।
मेला मूल आयोजक समितिका सह–संयोजक गिरिषचन्द्र त्रिपाठीले छरिएर रहेको पैसालाई महोत्सवले एकीकृत बनाएको बताए । सह–संयोजक रामचन्द्र रेग्मीले महोत्सवमा दैनिक करौडौं आर्थिक कारोबार हुँदा निश्चय नै यसले आर्थिक क्षेत्रमा राम्रो प्रभाव पारेको बताए । सह–संयोजक दर्पण श्रेष्ठले खेलकुद प्रतियोगितामा सहभागि हुन आउने खेलाडी र दर्शकले निश्चय नै आर्थिक क्षेत्रलाई छुने बताउनु भयो ।
सचिवालय व्यवस्थापन उपसमिति संयोजक अनिल कुमार ज्ञवालीले महोत्सवमा राखिएका विभिन्न स्टलहरुबाट हुने व्यापारले आर्थिक क्षेत्रलाई चलायमान बताउनु भयो ।
आर्थिक व्यवस्थापन परिचालन तथा स्पोन्सर व्यवस्थापन उपसमिति संयोजक सचिन रोक्काले स्थानीय उद्योगको प्रबद्र्धन गर्ने कुरामा खासै ध्यान नपुगेको अवस्थामा महोत्वसले स्थानीय उत्पादनमा जोड दिएको बताउनु भयो ।
प्रचारप्रसार उपसमिति संयोजक कृष्ण बहादुर गुरुङले पर्यटकीय स्थलको प्रचार हुन नसके त्यो क्षेत्र ओझेलमा पर्ने भएकोले महोत्सवले विभिन्न पर्यटकीय गन्तव्यहरुको प्रचारप्रसार गरेर पर्यटन प्रबद्र्धन गरेकोबताउनु भयो ।
खाना तथा आवास व्यवस्थापन उपसमिति संयोजक गणेश प्रसाद बेल्बासेले महोत्सव विभिन्न उत्पादनको प्रचारप्रसार स्थल समेत बनेको बताउनु भयो ।
अतिथि सत्कार व्यवस्थापन उपसमिति संयोजक विन्दु न्यौपानेले महोत्सवले स्थानीय उत्पादनको बजारीकरणमा टेवा पु¥याएको बताउनु भयो । स्थानीय कला संस्कृति तथा व्यवस्थापन उपसमिति संयोजक बाबुराम शर्मा खनालले मेलाले संस्कृतिको संरक्षणमा पनि महत्वपूर्ण भुमिका खेलेको बताए । विज्ञापन उपसमिति संयोजक केशवराज ज्ञवालीले महोत्सवले पर्यटन क्षेत्रको प्रबद्र्धन गरेकोबताउनु भयो ।
गौतमबुद्ध मिडिया प्रा.लि.का प्रबन्ध निर्देशक माधब न्यौपानेको सञ्चालनमा सम्पन्न कार्यक्रमको उद्देश्यमाथि गौतमबुद्ध सन्देश दैनिकका सम्पादक कुलमणि ज्ञवालीले प्रकाश पारेका थिए । मिडिया प्रा.लि.ले केही वर्ष देखि महोत्सवहरुमा अन्तरक्रिया कार्यक्रम गर्दै आएको पत्रिकाका सह–सम्पादक रबिन्द्र प्रताप गुप्ताले बताउनु भयो ।

≪ Previous Post

औद्योगिक व्यापार मेला बुटवल–मेला स्थलबाट बस सेवा

Next Post ≫

बांकेमा सामाजिक विकास डिभिजन कार्यालय स्थापना

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क