Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ औद्योगिक व्यापार मेला बुटवल–मेला स्थलबाट बस सेवा
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

औद्योगिक व्यापार मेला बुटवल–मेला स्थलबाट बस सेवा

संसारपोस्ट संवाददाता · १० मंसिर २०७६ · 0
औद्योगिक व्यापार मेला बुटवल–मेला स्थलबाट  बस सेवा
80
SHARES
ShareTweet

बुटवल, १० मंसिर । पश्चिम नेपाल बस व्यबसायी प्रालिले सञ्चालन गर्ने बिभिन्न रुटका गाडीहरु मेला स्थल (बुटवल देवीनगर) प्रवेश गराएर सञ्चालन गर्ने सहमति भएको छ ।

बुटवल उद्योग बाणिज्य संघले सञ्चालन गर्ने २० औं संस्करणको ‘औद्योगिक व्यापार मेला बुटवल–२०७६’ लाई सफल बनाउनकालागि आयोजक बुटवल उद्योग बाणिज्य संघ र पश्चिम नेपाल बस व्यबसायी प्रालिका प्रतिनीधि बिचमा सहमति भएको हो ।

दुई पक्षबिचको सहमति अनुसार रुपन्देहीको ग्रामिण क्षेत्र फर्साटिकर, सेमलार, मोतिपुर हुँदै मेला स्थलमा बस सञ्चालन हुने छ । त्यस्तै रुपन्देहीकै ग्रामिण क्षेत्र कान्छिबजार, शिवपुर, मणिग्राम चार नम्बर, भवानीपुर, गोरकट्टा पहुनी, भलवारी त्यस्तै नवलपरासीको ग्रामिण क्षेत्र त्रिवेणी, सिसौघारी, वर्दघाट, खैरेनी ढेकावार, चरंगे, टटेरा, गणेशनगर, भूपू सैनिक लगायतका स्थानबाट छुट्ने गाडी सिधै मेला स्थलमा प्रवेश गर्ने छन् । मेलामा जाने यात्रुहरुको सुविधालाई मध्येनजर गरेर बुटवलको गोलपार्कदेखि मेला स्थल र योगिकुटीदेखि मेला स्थलसम्म बस सेवा सञ्चालन गर्ने दुई संस्था बिचमा सहमति भएको छ ।

सहमति पत्रमा बुटवल उद्योग बाणिज्य संघको तर्फबाट संघका कार्यसमिति सदस्य तथा मेला प्रचारप्रसार उपसमितिका संयोजक मुक्ति अधिकारी र पश्चिम नेपाल बस व्यबसायी प्रालिको तर्फबाट बुटवल–भैरहवा रुट संयोजक रमेशप्रसाद अधिकारी, बुटवल–वर्दघाट रुट संयोजक टेकराज भट्टरार्ई (रामु) र बुटवल सालझण्डी रुट संयोजक दिपक पछाईले हस्ताक्षर गर्नुभएको छ ।

मेला सञ्चालन गर्दै आएको साविकको स्थान बुटवल मण्डपमा स्थायी प्रदर्शनी केन्द्र निर्माणको काम सुरु भएकाले बुटवल उद्योग बाणिज्य संघले अहिले नयाँ स्थान बुटवल उपमहानगरपालिका वडा नं. ११ देवीनगरमा मेला सञ्चालन गर्न लागेको हो । मेला सञ्चालनकालागि धेरै ठाउँ अवलोकन गरेपनि बुटवलको सबैभन्दा बढी जनसंख्या भएको वडा र पिछडीएको क्षेत्र पनि भएकाले त्यस क्षेत्रको बिकासलाई मध्येनजर गरेर देवीनगरमा मेला सञ्चालन गर्ने निर्णय लिईएको बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष खिमबहादुर हमालले बताउनु भयो ।

मेलालाई व्यबस्थित गर्नकालागि ट्राफिक व्यबस्थापनको पक्ष महत्वपूर्ण भएकाले बस सञ्चालन हुने र ईरिक्सा सञ्चालन गर्ने रुट छुट्याएर यात्रु ओसार पसारको व्यबस्था मिलाईने प्रचारप्रसार उपसमितिका संयोजक मुक्ति अधिकारीले बताउनु भयो । त्यसकालागि ट्राफिक प्रहरी तथा सुरक्षा व्यबस्थालाई चुस्त बनाउनकालागि प्रहरी प्रशासन, नगरपालिका, वडासंग समन्वय गरिने उहाँले जानकारी गराउनु भयो ।

≪ Previous Post

होटल व्यवसायीद्वारा भ्रमण वर्ष र सडक खाना महोत्सवको प्रचार

Next Post ≫

महोत्सवले आर्थिक तथा पर्यटन क्षेत्र दुवैलाई चलायमान गराएको ठहर

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क