Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ धर्म/सस्कृति ≫ जेहेन्दार विद्यार्थीको सहारा बन्दै भास्कारान्द मायाशर्मा स्मृति अक्षयकोष
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

जेहेन्दार विद्यार्थीको सहारा बन्दै भास्कारान्द मायाशर्मा स्मृति अक्षयकोष

संसारपोस्ट संवाददाता · ५ मंसिर २०७६ · 0
जेहेन्दार विद्यार्थीको सहारा बन्दै भास्कारान्द मायाशर्मा स्मृति अक्षयकोष
80
SHARES
ShareTweet

बुटवल ५ मंसिर
भास्कारान्द मायाशर्मा स्मृति अक्षयकोष सिद्धार्थनगर नगरपालिका क्षेत्रभित्र रहेका विद्यालयमा अध्ययनरत विपन्न तथा जेहेन्दार विद्यार्थीहरुको सहारा बन्दै गएको छ । वि.सं. २०७२ सालमा स्थापित संस्थाले २०७३ सालदेखि हालसम्म ७६ जना विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरिसकेको छ । अक्षयकोषले माविमा अध्ययनरत विद्यार्थीहरुलाई १० हजार र आधारभुत तहमा अध्ययनरत विद्यार्थीहरुलाई ६ हजार रुपैंया छात्रवृत्ति उपलब्ध गराउँदै आएको छ ।
“अक्षयकोषमा रहेको २५ लाखबाट प्राप्त ब्याजबाट प्रत्येक वर्ष विद्यार्थीहरुलाई छात्रवृत्ति उपलब्ध गराउँदै आएका छौं, जेठ १५ गतेदेखि असार १५ सम्म छात्रवृत्ति वितरणका लागि आवेदन फाराम भर्ने म्याद तोकेको छौं, विभिन्न मापदण्डका आधारमा विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्दै आएका छौं, अक्षयकोषका संस्थापक अध्यक्ष भाष्करानन्द शर्मा (बीएन शर्मा)ले भन्नु भयो । अक्षयकोषको रकम १ करोड सम्म पु¥याउने लक्ष्य रहेको शर्माले जानकारी दिनु भयो । त्यस्तै अक्षयकोषले लुम्बिनी प्रेस क्लब सिद्धार्थनगर, रुपन्देहीको सहकार्यमा प्रत्येक वर्ष शिक्षा क्षेत्रमा कलम चलाउने एक जना पत्रकारलाई नगद १० हजार र कदरपत्रसहित सम्मान गर्दै आएको छ ।
आर्थिक अभावका कारण आफ्नो पढाइलाई निरन्तरता दिन असमर्थ, विपन्न तथा जेहेन्दार विद्यार्थीहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले स्थापित अक्षयकोषले सिद्धार्थनगर नगरपालिका–९ स्थित श्री भानु माध्यमिक विद्यालयका ४ छात्रा र १ छात्र गरी ५ जना विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरेको छ । छात्रवृत्ति पाउनेहरुमा कक्षा ६ मा अध्ययनरत अर्जुन दुवे, कक्षा ९ की श्रृति कुर्मी, ८ की हसिना खातुन, कक्षा ८ कै सकिना खातुन र र कक्षा ४ की अञ्जली पाण्डे रहेका छन् । उनीहरुलाई अक्षयकोषका संस्थापक अध्यक्ष शर्मा र मानार्थ सदस्य राजु ढकालले छात्रवृत्ति रकम प्रदान गर्नु भएको हो । गत वर्ष भानु मा.वि.मा ३ जना विद्यार्थीहरुले छात्रवृत्ति प्राप्त गरेका थिए भने यो वर्ष गरी हाल सम्म सोही विद्यालयमा १२ जना विद्यार्थीहरुले छात्रवृत्ति पाइसकेका छन् ।
कार्यक्रममा बोल्दै संस्थाका मानार्थ सदस्य राजु ढकालले छात्रवृत्ति पाएका विद्यार्थीहरुलाई अझ मिहिनेत गरी अध्ययनमा लाग्न आग्रह गर्नु भयो । भानु मा.वि.का सहायक प्रधानाध्यापक पवित्रा कोइरालाले आर्थिक अभावका कारण पढाइलाई निरन्तरता दिन नसक्ने विद्यार्थीहरुलाई अक्षयकोषले सहयोग पु¥याएको बताउनु भयो ।
वि.सं. २०३३ मा स्थापना भएको विद्यालयमा हाल ५ सय ६३ विद्यार्थी अध्ययनरत छन् ।

≪ Previous Post

प्रधानमन्त्री ओलीद्वारा मन्त्रिपरिषद पुनर्गठन

Next Post ≫

नवनियुक्त मन्त्रीहरुले लिए सपथ

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क