Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ फिचर ≫ नवनियुक्त मन्त्रीहरुले लिए सपथ
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

नवनियुक्त मन्त्रीहरुले लिए सपथ

संसारपोस्ट संवाददाता · ५ मंसिर २०७६ · 0
नवनियुक्त मन्त्रीहरुले लिए सपथ
40
SHARES
ShareTweet

काठमाण्डौँ ५ मंसिर

नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् । नवनियुक्त मन्त्रीहरुले बिहीबार बिहान राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष कार्यक्रममा राष्ट्रपति भण्डारीबाट शपथ लिएका हुन् । शपथ ग्रहण समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली,उपराष्ट्रपति नन्दबहादुर पुन, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना लगायत विशिष्ट पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

हृदयेश त्रिपाठीलाई संघीय मामिला तथा सामान्य प्रशासन, घनश्याम भुसाललाई कृषि तथा पशुपन्छी विकास, लेखराज भट्टलाई उद्योग, वाणिज्य तथा आपूर्ति, रामेश्वरराय यादवलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा, वसन्तकुमार नेम्बाङलाई भौतिक पूर्वाधार तथा यातायात र पार्वत गुरुङलाई महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीमा नियुक्त भएका छन् ।

यस्तै, मोतिलाल दुगडलाई उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री, रामवीर मानन्धरलाई शहरी विकास र नवराज रावतलाई स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री जिम्मेवारी दिइएको छ । प्रधानमन्त्री ओलीले यसअघि कानून मन्त्री भानुभक्त ढकाललाई स्वास्थ्य र स्वास्थ्य मन्त्री उपेन्द्र यादवलाई कानून मन्त्रीका रुपमा जिम्मेवारी हेरफेरको जिम्मेवारी दिएका थिए ।

मन्त्रिपरिषद् पुनर्गठनमा गोकर्ण विष्ट, लालबाबु पण्डित, मातृका यादव, चक्रपाणी खनाल, रघुवीर महासेठ, थममाया थापा मन्त्रीबाट तथा रामकुमारी चौधरी, डाक्टर सुरेन्द्र यादव र धनबहादुर बुढा राज्यमन्त्रीबाट बाहिरिएका छन् ।

≪ Previous Post

जेहेन्दार विद्यार्थीको सहारा बन्दै भास्कारान्द मायाशर्मा स्मृति अक्षयकोष

Next Post ≫

सैंजु वृद्धाआश्रममा नेपाली सेनाको सेवा

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क