Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ धर्म/सस्कृति ≫ गीत संगितको रोयल्टी कलाकारको पेन्सन सरह हुने हुँदाथप व्यवस्थित गर्न माग
शँकरनगर सामुदायिक वनमा कृषि वन नर्संरी तथा जलवायु परिवर्तन सम्वन्धि कार्यशाला

शँकरनगर सामुदायिक वनमा कृषि वन...

अर्थ पर्यटन प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
बुटवलका संस्थागत विद्यालयमा अध्ययनरत ३४४ जना विद्यार्थीले पाउने भए निःशुल्क छात्रवृत्ति

बुटवलका संस्थागत विद्यालयमा अध्ययनरत ३४४...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
धनुषामा वडा अध्यक्ष यादवको गोली हानी हत्या

धनुषामा वडा अध्यक्ष यादवको गोली...

अपराध प्रदेश प्रदेश २ प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

गीत संगितको रोयल्टी कलाकारको पेन्सन सरह हुने हुँदाथप व्यवस्थित गर्न माग

संसारपोस्ट संवाददाता · २६ कार्तिक २०७६ · 0
गीत संगितको रोयल्टी कलाकारको पेन्सन सरह हुने हुँदाथप व्यवस्थित गर्न माग
110
SHARES
ShareTweet


बुटवल, २६ कार्तिक
गीत संगित बजाए बापत प्राप्त हुने रोयल्टी कलाकारको पेन्सन सरह हुने हुँदा त्यसलाई थप व्यवस्थित बनाउनु पर्नेमा सरोकारवालाले जोड दिएका छन ।
सोमवार बुटवलमा आयोजित प्रतिलिपी अधिकार एंव संगित रोयल्टी व्यवस्थापन विषयक अन्तरक्रियामा बोल्ने विभिन्न क्षेत्रका व्यक्तिहरुले रोयल्टी कलाकारहरुको भविष्यसँग जोडिएको विषय भएकाले त्यसलाई थप प्रभावकारी बनाउनु पर्ने धारणा राखेका थिए ।
अन्तरक्रियामा बोल्दे प्रदेश ५ सरकारका भौतिक पर्वाधार तथा विकास मन्त्री बैजनाथ चौधरीले गित संगितबाट प्राप्त हुने रोयल्टीले कलाकारहरु संमानित ढंगले बाच्नका लागि सघाउ पुर्याउने बताउनु भयो । उहाँले कार्यविधि बनाएर रोय्ल्टी दिने बानीको विकास गर्नुपर्नेमा जोड दिनु भयो । मन्त्री चौधरीले संगीत रोयल्टी संकलनमा प्रदेश ५ उदाहरण बन्ने.ृ प्रतिवद्धता पनि जनाउनु भयो ।
त्यस्तै अन्तरक्रियामा बोल्दै प्रदेश सभा सदस्य गीता थापाले कलाकारको सम्मानका लागि आवश्यक कानुन वनाउन प्रदेश सरकार जिम्मेवारी पुर्वक लाग्ने धारणा राख्नु भयो ।
नेपाल प्रतिलिपी अधिकार रजिष्टारको कार्यालयका शाखा अधिकृत शुष्मा पोखरेलले बौद्धिक सम्पतिका रुपमा रहेको सिर्जनालाई कसैले पनि अवमुल्यन गर्न नहुने बताउनु भयो ।
नेपाल लोक तथा दोहोरी गित प्रतिष्ठान नेपालका निर्वतमान अध्यक्ष चन्द्र शर्माले ३९ क्षेत्रबाट संगित रोयल्टी पाउनुपर्नेमा मु्स्कीलले आधा दर्जन क्षेत्रबाट मात्रै रोयल्टी संकलन हुने गरेको बताउनु भयो । उहाँले पाउनु पर्ने क्षेत्रबाट रोयल्टी नआउँदा कलाकारको सृजनाको सम्मान हुन नसकेको र कलाकार मारमा परेको बताउनु भयो । उहाँले संगित सम्वन्धि स्पष्ट कानुन बनाउन माग पनि गर्नु भयो ।
संगित तथा चलचित्र उत्पादक समाज नेपालका महासचिव हुम गैरेले रेडियो तथा टेलिभिजनका संस्थाले गर्ने आम्दानीको एक प्रतिशतलेरोयल्टी दिनु पर्ने व्यवस्थालाई कडाईका साथ कार्यान्वय गर्नुपर्ने बताउनु भयो ।
पश्चिम नेपाल बस व्यवसायी प्रालिका बरिष्ठ उपाध्यक्ष नारायण प्रसाद घिमिरे, रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी भरत कुमार शर्मा, यातयात व्यवस्था कार्यालय बुटवलका प्रमुख मुक्ति पान्डे लगाएतले बोल्दै संगित स्रष्टाको सम्पत्ति भएकोले त्यसको संरक्षण सवैको दायित्व भएको धारणा राख्नु भएको थियो ।
सोही समारोहमा यातयात क्षेत्रबाट सवैभन्दा बढी रोयल्टी संकलन गरेको भन्दै यातायात व्यवस्था कार्यालय बुटवलका प्रमुख मुक्ति पान्डे र भैरहवाका प्रमुख बोमलाल भन्डारीलाई सम्मान समेत गरिएको थियो । कार्यक्रम समाजका अध्यक्ष शिव हमालको अध्यक्षतामा भएको थियो ।

≪ Previous Post

ढुवानीमा भ्याट प्रणाली कुनै हालतमा कार्यान्वयन हुन दिदैनौं ः अध्यक्ष श्रेष्ठ

Next Post ≫

रुपन्देही कार्की भारत्तोलनमा दोस्रो पटक विश्व च्याम्पियन

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क