Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ ढुवानीमा भ्याट प्रणाली कुनै हालतमा कार्यान्वयन हुन दिदैनौं ः अध्यक्ष श्रेष्ठ
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

ढुवानीमा भ्याट प्रणाली कुनै हालतमा कार्यान्वयन हुन दिदैनौं ः अध्यक्ष श्रेष्ठ

संसारपोस्ट संवाददाता · १६ कार्तिक २०७६ · 0
ढुवानीमा भ्याट प्रणाली कुनै हालतमा कार्यान्वयन हुन दिदैनौं ः अध्यक्ष श्रेष्ठ
110
SHARES
ShareTweet

बुटवल १६ कात्तिक
सरकारले लागु गर्न खोजेको ढुवानीमा भ्याट प्रणाली कुनै पनि हालतमा कार्यान्वयन हुन नदिने नेपाल टक यातायात व्यवसायी महासंघका केन्द्रिय अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठले बताउनु भयो ।
ढुवानी व्यवसायीको पेशा नै संकटमा पार्ने गरि सरकारले लागु गर्न खोजेको ढुवानीमा भ्याट प्रणालीका विरुद्ध जस्तो सुकै आन्दोलन गर्न परेपनि महासंघ पछि नहटने अध्यक्ष श्रेष्ठले चेतावनी दिनु भयो ।
नेपाल टक यातायात व्यवसायी महासंघ प्रदेश ५ले शनिवार रुपन्देहीको नयाँमिलमा आयोजना गरेको प्रदेश भेलामा वोल्दै अध्यक्ष श्रेष्ठले २०७१ साल पछि ढुवानीमा भाडा समायोजन नभएकाले समय सापेक्ष्य भाडा समायोजन गर्न सरकारसंग माग गर्नु भयो ।
उहाँले सरकार र यातायात व्यवसायी बीच भएको तौलपुल कार्यविधी कार्यान्वयन नहुदाँ व्यवसायी संस्थाले गरेको लगानीको प्रतिफल प्राप्त हुन नसकेको र ओभरलोड नियन्त्रण हुन नसक्दा सडकको अवस्था जिर्ण बन्दै गएको धारणा राख्नु भयो ।

उहाँले संघ संस्था नविकरण र उनिहरुका बैक खाता कुनै पनि हालतमा नरोकिने बताउदै यातयात व्यवसायी बीच एकता जरुरी रहेको पनि बताउनु भयो ।
नेपाल टक यातायात व्यवसायी महासंघका निर्वमान अध्यक्ष अर्जुन रानाभाटले व्यवसायीलाई प्रोत्साहन हुने गरि सरकारले नीति बनाउन जरुरी रहेको उल्लेख गर्नु भयो ।
नेपाल टक यातायात व्यवसायी महासंघका संस्थापक अध्यक्ष माधव अधिकारीले भारतीय गाडीको ओभर लोड नियन्त्रण गरि नेपाली यातयात व्यवसायीको व्यवसाय बचाउन महासंघ गम्भिर हुनु पर्नेमा जोड दिनु भयो ।
नेपाल टक यातायात व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष लोकराज पोखरेलले भारती गाडीको ओभर लोड नियन्त्रणका लागि सडकमा सुत्न परेपनि व्यवसायी तयार रहनु पर्ने बताउदै ओभर लोड नियन्त्रण बिना नेपाली व्यवसायीको पेशा सुरक्षित नहुने जिकिर गर्नु भयो ।
नेपाल टक यातायात व्यवसायी महासंघ प्रदेश ५ का संयोजक यम प्रसाद पाण्डे,महासंघका संस्थापक महासचिव महेन्द्र हमाल,महासंघका महासचिव राजेन्द्र विक्रम वानिया निर्वमान वरिष्ठ उपाध्यक्ष हिरालाल श्रेष्ठ, सल्लाहकार विष्णु प्रसाद न्यौपाने पुर्व वरिष्ठ उपाध्यक्ष गोकर्ण पराजुली केन्द्रिय सदस्य विष्णु खरेल, प्रताव बहादुर कार्की प्रदेश पाँचका सल्लाहकार जित बहादुर भाट लगायतले सरकारले यातयात व्यवसायीका समस्या बुझेर कानुन बनाउन माग गर्नु भयो । सोही समारोहमा प्रदेशमा नियुक्त हुनु भएकालाई प्रमाणपत्र प्रदान गरिएको थियो ।

≪ Previous Post

तिलोत्तमा जेसीजद्वारा बृद्धबृद्धाको सम्मान

Next Post ≫

गीत संगितको रोयल्टी कलाकारको पेन्सन सरह हुने हुँदाथप व्यवस्थित गर्न माग

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क