Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ तिलोत्तमा जेसीजद्वारा बृद्धबृद्धाको सम्मान
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

तिलोत्तमा जेसीजद्वारा बृद्धबृद्धाको सम्मान

संसारपोस्ट संवाददाता · १५ कार्तिक २०७६ · 0
तिलोत्तमा जेसीजद्वारा  बृद्धबृद्धाको सम्मान
50
SHARES
ShareTweet


बुटवल, १५ कात्तिक । युवाको नेतृत्व बिकास तथा समाजिक सेवामा सक्रिय तिलोत्तमा जेसीजले बृद्धबृद्धाको सम्मानकालागि बृद्धआश्रममा खाद्यान्न प्रदान गरेको छ । तिलोत्तमा जेसीजले बुटवल उपमहानगरपालिका वडा नं. २ मा रहेको दुर्गा भवानी शिवकुमारी सैंजु बृद्धाश्रममा रहेका बृद्धबृद्धालाई शुक्रबार एक कार्यक्रमका बिच खाद्यान्त प्रदान गरेको हो ।

तिलोत्तमा जेसीजका अध्यक्ष जयप्रकाश भट्टराईको जन्मदिनको अवसर पारेर बृद्धाश्रममा खाद्यान्न प्रदान गरिएको हो । त्यस अवसरमा जेसीजका अध्यक्ष भट्टराई, नेपाली काँग्रेस बुटवल नगर समितिका सभापति खेलराज पाण्डेले संयुक्त रुपमा आश्रमका अध्यक्ष महेश्वरप्रसाद श्रेष्ठलाई उक्त खाद्यान्न हस्तान्तरण गर्नुभएको थियो । जेसीजले दाल, चामल, नुन, मसला, चिउरा, दालमोट, भुजा लगायतका १० हजार रुपैंया बराबरको खाद्यान्न प्रदान गरेको तिलोत्तमा जेसीजका कार्यकारिणी उपाध्यक्ष तथा कार्यक्रम संयोजक महेश शर्माले जानकारी दिनुभयो ।

खाद्यान्न हस्तान्तरण गर्दै जेसीजका अध्यक्ष भट्टराईले सानो सहयोगले पनि आश्रम व्यबस्थापनमा सहयोग पुगोस भन्ने उद्देश्ले जन्मदिनको अवसर पारेर सहयोग प्रदान गर्ने कार्यक्रम राखिएको बताउनु भयो । खाद्यान्न ग्रहण गर्दै आश्रमका अध्यक्ष श्रेष्ठले एक्लैले भन्दापनि धेरैको सानो सानो सहयोग हुँदा धेरै हुने भएकाले सहयोग कहिल्यै पनि सानो नहुने बताउनु भयो ।

कार्यक्रममा काँग्रेस नेता खेलराज पाण्डेले आश्रम सञ्चालन गर्ने काम सामान्य नभएको बताउँदै धेरै मेहनत गरेर सञ्चालन गरिएको आश्रममा सानो भएपनि सहयोग हुनु राम्रो कुरा भएकाले सबैले सानो सानो सहयोग गरेमा आश्रम सञ्चालनमा पनि सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा बुटवल उद्योग बाणिज्य संघका कोषाध्यक्ष बिमलराज भट्टराई, बुटवल अटो इञ्जिनियरिङ् एशोसियसनका पूर्व अध्यक्ष ज्योती भण्डारी, तिलोत्तमा जेसीजका पूर्व अध्यक्ष यादव भट्टराई, समाजसेवी माधव पाण्डे लगायतले आश्रममा आश्रीत जेष्ठनागरिकको दीर्घ जिबनको कामना सहित जेसीजका अध्यक्ष भट्टराईलाई जन्मदिनको शुभकामना व्यक्त गर्नुभएको थियो ।

≪ Previous Post

जनताका आबस्यकता बुझने पार्टीको मात्र भविस्य उज्जवल हुन्छ डा. शेखर कोइराला

Next Post ≫

ढुवानीमा भ्याट प्रणाली कुनै हालतमा कार्यान्वयन हुन दिदैनौं ः अध्यक्ष श्रेष्ठ

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क