Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ खेलकुद ≫ रुपन्देही कार्की भारत्तोलनमा दोस्रो पटक विश्व च्याम्पियन
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

रुपन्देही कार्की भारत्तोलनमा दोस्रो पटक विश्व च्याम्पियन

संसारपोस्ट संवाददाता · २६ कार्तिक २०७६ · 0
रुपन्देही कार्की भारत्तोलनमा दोस्रो पटक विश्व च्याम्पियन
70
SHARES
ShareTweet


बुटवल, २६ कार्तिक
रुपन्देहीको तिलोत्तमा नगरपालिका ६ भलवारीका रुप कार्की अन्तर्राष्ट्रिय भारत्तोलन (पावर लिफ्टिङ) खेलमा दोस्रो पटक विश्व च्याम्पियन बन्न सफल हुनुभएको छ । आयरल्याण्डको लाइमेरिकमा चार दिनसम्म सञ्चालित माष्टर–२ प्रतियोगितामा कार्कीले विश्वभरका दुई सय बढी देशका करिब सात सय जना प्रतिस्पर्धीमध्ये २ सय २० पौण्ड तौल समूहबाट स्वर्ण पदक जित्न सफल हुनुभएको हो ।
अमेरिकामा प्रि क्वालिफाइड भएपछि माष्टर–२ का लागि आयरल्यान्ड जानुभएका कार्कीले अन्तर्राष्ट्रिय भारत्तोलन खेलमा अन्तर्राष्ट्रिय च्याम्पियन बन्दै स्वर्ण पदक हात पार्नुभएको हो । आयरल्याण्डमा उहांको जित माष्टर–२ आइपियलको अन्तर्राष्ट्रिय च्याम्पियनको रेकर्ड हो ।
अमेरिकाको भजिर्नियामा परिवारसहित बस्दै आउनुभएका कार्कीले आफ्नो तौल समुहमा विश्व च्याम्यिपयन बन्दै रेकर्ड कायम गर्नुभएको हो । कार्कीले यसअघि सन् २०१७ मा अमेरिकाको एट्लान्टामा भएको फस्र्ट मास्टर इन्टरनेसनल पावरलिफ्टिङ प्रतियोगितामा पनि विश्व च्याम्पियन बन्दै स्वर्ण पदक जित्नुभएको थियो ।
विश्व च्याम्पियन कार्कीका अनुसार नेपालको खेल इतिहासमा यो खेलमा स्वर्ण पदक जित्ने उहां पहिलो नेपाली खेलाडी हो । उहां अमेरिकास्तरीय प्रतियोगितामा झण्डै दर्जन खेलमा स्वर्ण पदक जित्दै च्याम्पियन बन्नुभएको छ ।
यस्तो खेलमा प्रतिष्प्रधा गर्ने प्राय सबै खेलाडीले शक्ति वद्र्धक औषधी प्रयोग गरेको पाईन्छ । तर कार्कीले औषधीको प्रयोग (ड्रग टेस्टेड) विना नै अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिएर विश्वच्याम्पियन बन्न सफल हुनुभएको हो । कृत्रिम रुपमा शारीरिक बल अभिवृद्धि गर्नका लागि प्राय खेलाडीहरुले यस्तो औषधी सेवन गर्ने गरेको पाइन्छ ।
सन् २००९ देखि भारत्तोलनको अभ्यास शुरु गर्नुभएका कार्की सन् २०१२ देखि पुर्णरुपमा भारत्तोलन खेलमा सक्रिय हुनुहुन्छ । कार्कीले अमेरिकाबाट नेपाल फर्के पछि बांकी जीवन भारत्तोलन खेलमा बिताउने बताउनुभयो । बागलुङ जिल्लाको गल्कोटमा जन्मिनुभएका कार्कीको परिवार रुपन्देहीको तिलोत्तमा –६ भलवारीमा बसाई सरेर आएको हो ।
भारत्तोलन खेलकै लागि दैनिक ३ देखि ५ घण्टा सम्म नियमित ब्यायाम गर्ने कार्कीले भन्नुभयो–“म मेरो लागि नभएर नेपाल र नेपालीको पहिचानका लागि खेलिरहेको छु । खेलको माध्यमबाट नेपाललाई चिनाउन पाएकोमा निकै गर्व लागेको छ ।”
कार्कीको यो अभियानमा कार्कीकी जीवन संगिनी शोभा सुबेदी र छोरा रुपेशले साथ र हौसला दिदै आएका छन् ।

≪ Previous Post

गीत संगितको रोयल्टी कलाकारको पेन्सन सरह हुने हुँदाथप व्यवस्थित गर्न माग

Next Post ≫

दीपका विद्यार्थीहरुलाई किनमेल

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क