Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ धर्म/सस्कृति ≫ पब्लिक स्पिकर २०१९ को उपाधी सुभासको पोल्टामा
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

पब्लिक स्पिकर २०१९ को उपाधी सुभासको पोल्टामा

संसारपोस्ट संवाददाता · ११ आश्विन २०७६ · 0
पब्लिक स्पिकर २०१९ को उपाधी सुभासको पोल्टामा
70
SHARES
ShareTweet

बुटवल, ११ असोज । बुटवल जेसीजको ‘बुटवल एकेडेमी’ अन्तरगत सञ्चालित ‘पब्लिक स्पिकर बुटवल २०१९’को उपाधि सिद्धार्थ इन्टरनेशनल कलेका सुभास भट्टराईले प्राप्त गरेका छन् । ‘पब्लिक स्पिकर बुटवल २०१९’को फाइनल प्रतिस्पर्धामा ५ जनालाई पछाडी पार्दै उनले उपाधी हात पारेका हुन् ।
उपाधिसंगै उनले मेडल र ट्रफि प्राप्त गरेका छन् । उपाधि विजेता सुभासलाई नेपाल जेसीजको निवर्तमान राष्ट्रिय अध्यक्ष श्रीधर बस्यालले मेडल र ट्रफि प्रदान गर्नुभयो । त्यस्तै ‘पब्लिक स्पिकर बुटवल २०१९’को फस्ट रनर अप लुम्बिनी बाणिज्य क्याम्पसका महेश खनाल भएका छन् ।
प्रतियोगितामा बुटवल जेसीजका पूर्व अध्यक्ष बिमलराज भट्टराई, राजु पौडेल र अमर खत्रीले निर्णायकको भूमिका निर्वाह गर्नुभएको थियो । प्रतिस्पर्धामा बुटवल उपमहानगरपालिका भित्रका बिभिन्न कजेलबाट ४० जना सहभागि भएको र उनीहरुलाई ९ दिनसम्म जीवनोपयोगी सीप सिकाउनुको साथै नेतृत्व तथा व्यक्तित्व बिकास तालिम प्रदान गरिएको बुटवल जेसीजले जनाएको छ ।
अन्तर्राष्ट्रिय मापदण्ड अनुसार एकेडेमी सञ्चालन गरिएको र बन्द सत्र तथा खुल्ला सत्रमा तालिम प्रदान गरिएको एकेडेमीका निर्देशक अर्जुन खनालले जानकारी गराउनु भयो । एकेडेमीमा मुख्य प्रशिक्षक नेपाल जेसीजका प्रशिक्षक रमेर अर्याल र प्रशिक्षक दिनेश खड्काले प्रशिक्षण गर्नुभएको थियो । तालिममा सहभागिले ‘नेपाल भ्रमण वर्ष २०२०’ लाई लक्षित गरेर यस क्षेत्रका पर्यटकीय क्षेत्रहरुको भिडियो डकुमेन्ट्री तयारी गर्नुका साथै प्रस्तुत गरेका थिए ।
‘पब्लिक स्पिकर बुटवल २०१९’को समापन कार्यक्रममा बोल्दै नेपाल जेसीजका निवर्तमान राष्ट्रिय अध्यक्ष श्रीधर बस्यालले बुटवल जेसीजले महत्वपुर्ण तालिम आयोजना गरि सक्रिय नागरिक उत्पादनमा महत्वपुर्ण भूमिका खेलेको उललेख गर्नुभयो । त्यस्तै बुटवल जेसीजका अध्यक्ष नरदेव न्यौपानेले युवाको व्यक्तित्व र नेतृत्व बिकासमा केन्द्रित गरिएको तालिममा सैद्धान्तिक मात्रै नभएर व्यबहारिक ज्ञानमा समेत जोड दिईएको बताउनु भयो ।
तालिमका सहभागिहरु अनिल न्यौपाने र सम्झाना बस्यालले एकेडेमीबाट सैद्धान्तिक तथा व्यबहारिक ज्ञान प्राप्त भएको औंल्याउँदै कार्यक्रमलाई निरन्तरता दिन सुझाव दिएका थिए । कार्यक्रममा एम्स कलेजका प्रमुख दिपक ढकाल, बुटवल जेसीजका पूर्व अध्यक्ष तथा निर्णायक समितिका सदस्य बिमलराज भट्टराई, नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष कमल भण्डारी, बुटवल जेसीजका महासचिव राजिव गौतम लगायतले भनाई राख्नुभएको थियो ।

≪ Previous Post

सदुपयोग सहकारी संस्थाको आठौं बार्षिक साधारण सभा

Next Post ≫

कौटिल्य सहकारीद्धारा अर्गानिक कृषि पसल शुरु

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क