बुटवल, ११ असोज । बुटवल जेसीजको ‘बुटवल एकेडेमी’ अन्तरगत सञ्चालित ‘पब्लिक स्पिकर बुटवल २०१९’को उपाधि सिद्धार्थ इन्टरनेशनल कलेका सुभास भट्टराईले प्राप्त गरेका छन् । ‘पब्लिक स्पिकर बुटवल २०१९’को फाइनल प्रतिस्पर्धामा ५ जनालाई पछाडी पार्दै उनले उपाधी हात पारेका हुन् ।
उपाधिसंगै उनले मेडल र ट्रफि प्राप्त गरेका छन् । उपाधि विजेता सुभासलाई नेपाल जेसीजको निवर्तमान राष्ट्रिय अध्यक्ष श्रीधर बस्यालले मेडल र ट्रफि प्रदान गर्नुभयो । त्यस्तै ‘पब्लिक स्पिकर बुटवल २०१९’को फस्ट रनर अप लुम्बिनी बाणिज्य क्याम्पसका महेश खनाल भएका छन् ।
प्रतियोगितामा बुटवल जेसीजका पूर्व अध्यक्ष बिमलराज भट्टराई, राजु पौडेल र अमर खत्रीले निर्णायकको भूमिका निर्वाह गर्नुभएको थियो । प्रतिस्पर्धामा बुटवल उपमहानगरपालिका भित्रका बिभिन्न कजेलबाट ४० जना सहभागि भएको र उनीहरुलाई ९ दिनसम्म जीवनोपयोगी सीप सिकाउनुको साथै नेतृत्व तथा व्यक्तित्व बिकास तालिम प्रदान गरिएको बुटवल जेसीजले जनाएको छ ।
अन्तर्राष्ट्रिय मापदण्ड अनुसार एकेडेमी सञ्चालन गरिएको र बन्द सत्र तथा खुल्ला सत्रमा तालिम प्रदान गरिएको एकेडेमीका निर्देशक अर्जुन खनालले जानकारी गराउनु भयो । एकेडेमीमा मुख्य प्रशिक्षक नेपाल जेसीजका प्रशिक्षक रमेर अर्याल र प्रशिक्षक दिनेश खड्काले प्रशिक्षण गर्नुभएको थियो । तालिममा सहभागिले ‘नेपाल भ्रमण वर्ष २०२०’ लाई लक्षित गरेर यस क्षेत्रका पर्यटकीय क्षेत्रहरुको भिडियो डकुमेन्ट्री तयारी गर्नुका साथै प्रस्तुत गरेका थिए ।
‘पब्लिक स्पिकर बुटवल २०१९’को समापन कार्यक्रममा बोल्दै नेपाल जेसीजका निवर्तमान राष्ट्रिय अध्यक्ष श्रीधर बस्यालले बुटवल जेसीजले महत्वपुर्ण तालिम आयोजना गरि सक्रिय नागरिक उत्पादनमा महत्वपुर्ण भूमिका खेलेको उललेख गर्नुभयो । त्यस्तै बुटवल जेसीजका अध्यक्ष नरदेव न्यौपानेले युवाको व्यक्तित्व र नेतृत्व बिकासमा केन्द्रित गरिएको तालिममा सैद्धान्तिक मात्रै नभएर व्यबहारिक ज्ञानमा समेत जोड दिईएको बताउनु भयो ।
तालिमका सहभागिहरु अनिल न्यौपाने र सम्झाना बस्यालले एकेडेमीबाट सैद्धान्तिक तथा व्यबहारिक ज्ञान प्राप्त भएको औंल्याउँदै कार्यक्रमलाई निरन्तरता दिन सुझाव दिएका थिए । कार्यक्रममा एम्स कलेजका प्रमुख दिपक ढकाल, बुटवल जेसीजका पूर्व अध्यक्ष तथा निर्णायक समितिका सदस्य बिमलराज भट्टराई, नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष कमल भण्डारी, बुटवल जेसीजका महासचिव राजिव गौतम लगायतले भनाई राख्नुभएको थियो ।
