Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ सदुपयोग सहकारी संस्थाको आठौं बार्षिक साधारण सभा
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

सदुपयोग सहकारी संस्थाको आठौं बार्षिक साधारण सभा

संसारपोस्ट संवाददाता · ११ आश्विन २०७६ · 1
सदुपयोग सहकारी संस्थाको आठौं बार्षिक साधारण सभा
70
SHARES
ShareTweet


बुटवल, ११ असोज । रुपन्देहीको तिलोत्तमा नगरपालिका–२ जानकीनगर स्थित सदुपयोग बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आठौं बार्षिक साधारण सभा शनिवार सम्पन्न भएको छ ।
साधारण सभामा बार्षिक प्रतिबेदन प्रस्तुत गर्दै सहकारीका अध्यक्ष कर्णबहादुर टण्डनले सदस्यता बृद्धिलाई प्राथमिक्तामा राख्दै एक जना सदस्यले एक जना सदस्य थप गर्न ‘म संग मेरो साथी अभियान संचालन गरिने बताउनु भयो ।


अध्यक्ष टण्डनले एसईई परीक्षामा उत्कृष्ट अँक ल्याउने शेयर सदस्यका छोरा छारी, असल ऋणी र भूतपुर्व अध्यक्ष सम्मान कार्यक्रमलाई निरन्तरता दिईएको, बिना धितो ९० प्रतिसत र शेयर सदस्यको माग अनुरुप धितो मुल्यांकन गरी १० लाख सम्म कर्जा लगानी गरिएको जानकारी गराउनु भयो । ५१९ जना शेयर सदस्य रहेको सहकारीले २ करोड ३० लाख बराबरको कारोवार गर्दै आएको छ भने यस आर्थिक बर्षमा ६०० सदस्य पुर्याउने लक्ष राखेको छ ।


सहकारीका उपाध्यक्ष गोपाल कार्कीको स्वागत र सचिव कमल अर्यालको संचालनमा भएको कार्यक्रममा मणिमुकुन्द कलेज ब्यवस्थापन समितिका अध्यक्ष दयाराम बश्यालले सहकारीका सबै सदस्यहरुले सहकारीका अवधारणा र उद्देश्य अनुरुप सहकारीको मूल्य मान्यता, आदर्श र सिद्धान्तहरुलाई आत्मसाथ गर्नुपर्ने बताउनु भयो । सदस्यहरुलाई संस्था प्रति जागरुक र सचेत गराउन सहकारी शिक्षा तालिम संचालन गर्न सहकारी संस्थालाई सुझाव दिनुभयो ।
पत्रकार खिमानन्द भट्राईले मुलुकको आर्थिक संमृद्धि संगै शेयर सदस्यहरुमा बचत गर्ने बानीको विकास र उनीहरुको आवश्यक्ता परिपुर्तीमा सहकारी संस्थाहरुले महत्वपुर्ण भूमिका निर्वाह गरेको बताउनु भयो । उहांले सबै मिलेर केही पैसा जम्मा गर्ने, मिलिजुली आफ्नो आर्थिक, सामाजिक र सांस्कृतिक हैसियत माथि उठाउन काम गर्ने उदेश्यले सहकारी संस्थाहरु स्थापना भएका हुनाले यसको संथागत विकासमा पनि सामुहिक पहल प्रयास आवश्यक हुने बताउनु भयो ।
सहकारीका कोषाध्यक्ष प्रकाश चापागाईले आर्थिक प्रतिवेदन र लेखा समिति संयोजक मुकुन्दराज कँडेलले लेखा प्रतिवेदन प्रस्तुत गर्नुभएको कार्यक्रममा संस्थापक अध्यक्ष ईश्वर शर्मा, संचालक सदस्य रमाकान्त अर्याल, शिक्षा उप समिति सदस्य समिता आचार्य भट्टराईलगायतले मन्तब्य ब्यक्त गर्नुभएको थियो ।


कार्यक्रममा संस्थामा महत्वपुर्ण योगदान पुर्याउनु भएका ऋण उप समिति संयोजक ढकबहादुर टण्डन, असल ऋणी लक्ष्मी कुवंर र एस ई ई परीक्षामा उत्कृष्ट अंक ल्याउने दुई जना शेयर सदस्यका छोरीहरु कृपा पन्त र रन्जिता शाहीलाई सम्मान गरिएको थियो । संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान लगायतका कार्यक्रम समेत आयोजना गर्दै आएको सचिव कमल अर्यालले वताउनु भयो ।

≪ Previous Post

श्री बहुउद्देश्यीय सहकारीको ३१ औं साधारण सभा

Next Post ≫

पब्लिक स्पिकर २०१९ को उपाधी सुभासको पोल्टामा

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क