Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ श्री बहुउद्देश्यीय सहकारीको ३१ औं साधारण सभा
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

श्री बहुउद्देश्यीय सहकारीको ३१ औं साधारण सभा

संसारपोस्ट संवाददाता · ११ आश्विन २०७६ · 0
श्री बहुउद्देश्यीय सहकारीको ३१ औं साधारण सभा
70
SHARES
ShareTweet

सहकारीका सदस्यहरुलाई सहकारीको भावना र मर्म बुझाउन आवश्यक



बुटवल, ११ असोज । श्री बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड तिलोत्तमा– ५ मणिग्राम, रुपन्देहीको ३१ औं साधारण सभामा बोल्ने वक्ताहरुले सहकारीका सदस्यहरुमा सहकारी मेरो भरोसाको केन्द्र हो भन्ने भावनाको विकास गराउन सकेमा मात्र सहकारी संस्थाहरुले आफ्नो लक्ष र उद्देश्य पुरागर्न सक्ने वताएका छन् ।
धेरै जसो सहकारीका सदस्यहरुमा म सहकारीको सदस्य र बचत कर्ता हुं भन्ने भावनाको विकास हुन नसकेको भन्दै उनीहरुले यसका लागि सहकारी संस्थाहरुले सहकारीको भावना र मर्म बुझाउन सदस्य लक्षित तालिम गोष्ठि लगायतका कार्यक्रम संचालन गर्नुपर्नेमा जोड दिएका छन् ।


साधारण सभामा बोल्दै सहकारीका सल्लाहकार तथा जेष्ठ सदस्य प्रेम बहादुर भण्डारीले सहकारी संस्था पारदर्शी र मितब्ययी ढंगले चलेको र शेयर सदस्यहरुलाई उच्चतम ब्याज र उचित मुनाफा दिन सफल भएको भन्दै संस्थाका पदाधिकारी तथा सदस्यहरुलाई धन्यवाद ज्ञापन गर्नुभयो ।
उहांले संस्थाको उन्नती र प्रगतिका लागि संस्थाका पदाधिकारी, संचालक सदस्य संगै सम्पुर्ण शेयर सदस्यहरुको पनि महत्वपुर्ण भूमिका हुनेभएकाले एकजुट भएर सहकारीको विकासमा लाग्न आग्रह गर्नुभयो ।
कार्यक्रममा सहकारीका सल्लाहकार रोमणि प्रसाद पाठकले सहकारीका सदस्यहरुमा सहकारी प्रति चिन्तन मनन गर्ने भावनाको विकास हुन जरुरी रहेको बताउनु भयो ।
उहांले सहजरुपमा वचत तथा निक्षेप कर्ताको आवश्यक्ता परिपुर्ती गर्दै आएका सहकारी संस्थाहरुले आफ्ना सदस्यहरुमा सहकारी मेरो सहारा र भरोसाको केन्द्र हो भन्ने कुराको आत्मसात गराउनुपर्नेमा जोड दिनुभयो ।


कार्यक्रममा सहकारी संस्थाका अध्यक्ष किशोर सुवेदीले बार्षिक प्रतिबेदन प्रस्तुत गर्दै सबै शेयर सदस्यहरुको ऐच्छिक वचत खाता खोल्ने, शेयर लाभाँस रकम सोही खातामा जम्मा गर्ने, महिला शेयर सदस्य पहिलो पटक सुत्केरी हुंदा रु दुई हजार प्रदान गर्ने, नवजात शिसुको अनिवार्य बचत खाता खोल्ने, शेयर सदस्यको मृत्यु भएमा परिवारलाई रु १५ हजार राहत उपलब्ध गराउने, शेयर सदस्यहरुको २ लाख बराबरको दुर्घटना विमाको साटो संस्थाले दुर्घटना मृत्यु राहत कोष खडा गर्ने तथा कक्षा १२ मा उत्कृष्ट अँक ल्याउने शेयर सदस्यका छोरा छोरीलाई सम्मान गरिने लगायतका प्रस्ताव प्रस्तुत गर्नुभयो ।


अध्यक्ष सुवेदीले संस्थामा ५१८ जना शेयर सदस्य रहेका, संस्थाको कुल बचत १० करोड ९३ लाख ६ हजार ९२३ तथा कूल शेयर रकम १ करोड ४९ लाख ८ हजार ५०० रहेको जानकारी गराउदै बचतको ब्याज दर अन्तर्गत अनिवार्य बचतमा १२, खुल्ला बचतमा ९ रुपैयाँ ५० पैसा, मुद्दती बचतमा ११ तथा बचत प्रतिफल योजनामा बार्षिक १३ प्रतिशत ब्याज प्रदान गरिएको बताउनु भयो ।
सहकारी संस्थाका उपाध्यक्ष गणेश पाठकको स्वागत र शिक्षा उप समिति संयोजक विजेश न्यौपानेको संचालनमा भएको कार्यक्रममा सल्लाहकार चेतनारायण भट्टराई, शेयर सदस्यहरु खिमानन्द भट्टराई, हरि प्रसाद तिवारी, रामबहादुर खड्का, ज्ञानु पाण्डे, राजकुमार वाग्ले, लेखा समिति संयोजक चिररन्जीवी बश्याललगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो ।
सो अवसरमा संस्थाको नियमित कार्यक्रम जेष्ठ सदस्य सम्मान कार्यक्रम अनुसार ७० बर्ष उमेर पुरा गरेका जेष्ठ शेयर सदस्य तथा संस्थाका सल्लाहकार प्रेम बहादुर भण्डारी, शेयर सदस्य तील बहादुर राना र निलकण्ठ पाण्डेलाई दोसल्ला अ‍ेढाएर सम्मान गरिएको थियो ।

≪ Previous Post

सात हजार घुससहित सशस्त्र प्रहरीका घुमुवा पक्राउ

Next Post ≫

सदुपयोग सहकारी संस्थाको आठौं बार्षिक साधारण सभा

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क