Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ कौटिल्य सहकारीद्धारा अर्गानिक कृषि पसल शुरु
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

कौटिल्य सहकारीद्धारा अर्गानिक कृषि पसल शुरु

संसारपोस्ट संवाददाता · ११ आश्विन २०७६ · 0
कौटिल्य  सहकारीद्धारा अर्गानिक कृषि पसल शुरु
70
SHARES
ShareTweet


बुटवल, ११ असोज
कौटिल्य कृषि सहकारी संस्था बुटवलले ‘कौटिल्य अर्गानिक कृषि पसल’ शुरु गरेको छ । सहकारीको शनिबार सम्पन्न चौथो वार्षिक साधारण सभाको अवसरमा उक्त पसल शुभारम्भ गरिएको हो । तराईदेखि जुम्लासम्मका अर्गानिक तथा शुद्ध कृषिजन्य उत्पादनहरु सुलभ मुल्यमा बिक्रि वितरण गर्नेगरी पसल उद्घाटन गरिएको सहकारीका अध्यक्ष सुरेन्द्रराज ज्ञवालीले जानकारी गराउनु भयो । उक्त पसलको बुटवल उपमहानगरपालिका सहकारी विभागका प्रमुख गुणाखर खनालले उद्घाटन गर्नुभएको हो ।
कृषि सहकारीले कृषिमा केही नयाँ काम गर्न र नेपाली कृषि उत्पादनलाई प्रवद्र्धन पनि गर्ने र सुलभ मुल्यमा कृषि उत्पादन उपलब्ध गराउने उद्देश्यले पसल सञ्चालन गर्ने निर्णय गरिएको बताउँदै सञ्चालक समितिका सदस्य तथा कृषि पसलका संयोजक सुमेघ घिमिरेले तत्काललाई जुम्लाको सिंजा लगायतका स्थानबाट स्याउ, सिमिको दाल लगायत ल्याईएको र आगामी दिनमा किसानले उत्पादन गरेका खाद्यान्न तथा बिषयगत सहकारीसंग समन्वयन गरेर थप कार्यक्रमहरु अंगाडी बढाउने बताउनु भयो ।
त्यस्तै साधारण सभाले संस्थाको उद्देश्य, भावना र कार्यगत प्रकृया तथा क्षेत्र मिल्ने सहकारीसंग एकिकरण प्रकृया अंगाडी बढाउनकालागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गरेको छ । त्यस्तै शेयर सदस्य अभिबृद्धि गर्ने, विगतका कार्यक्रमलाई निरन्तरता दिने पनि निर्णय भएको छ ।
साधारण सभामा बुटवल उपमहानगरपालिका सहकारी विभागका प्रमुख खनालले मुलुक संघीयतामा गएपछि सहकारीमा धेरै परिवर्तन भएको बताउँदै सहकारी ऐनले निर्दिष्ट गरे अनुसार बिषयगत सहकारीले सम्बन्धित बिषयमा ३० प्रतिशत काम गर्न आग्रह गर्नुभयो । उहाँले कृषि सहकारीलाई कसरी कृषि काममा जोड्न सकिन्छ र उत्पादनमुलक क्षेत्रमा लगानी गर्न सकिन्छ त्यसतर्फ सोँच्न पनि आग्रह गर्नुभयो ।
सहकारीका अध्यक्ष सुरेन्द्रराज ज्ञवालीले विषयगत क्षेत्रमै काम गर्ने उद्देश्यले कृषि सहकारी स्थापना गरिएको र यसलाई अंगाडी बढाउने जिम्मेवारी सहकारी सदस्यहरुको रहेकाले सोही अनुसारको दिशानिर्देश गर्न आग्रह गर्नुभयो ।
त्यस्तै शेयर सदस्य मिरा घिमिरेले मुलुक कृषि प्रधान देश भएपनि कृषिबाट लाभ लिन नसकिएको अवस्थामा सहकारीका माध्यमबाट एउटा ईटा मात्रै भएपनि थप्न सकियोस भन्ने उद्देश्यले सहकारीको स्थापना भएको र सञ्चालक समितिले उद्देश्य अनुरुप कार्यक्रम अंगाडी बढाएको भन्दै आभार व्यक्त गर्नुभयो ।
त्यस अवसरमा असल कारोवार गर्ने शेयर सदस्य लक्ष्मण आचार्य, असल ऋणी वेगप्रसाद पाण्डे, सुनौलो वाल बचत कर्ता प्राञ्जल पौडेल, एसईईमा उत्कृष्ट हुने शेयर सदस्यका सन्ततीबाट रविलाल गौतमकी छोरी रिया गौतमलाई सम्मान गरिएको थियो । उक्त सहकारीले विगत दुई वर्षदेखि सुनौलो वाल बचत कार्यक्रम सञ्चालन गरेको र उक्त कार्यक्रममा १९ जना बालबालिकाले बचत गरेको उपाध्यक्ष अर्जुनप्रसाद भट्टराईले जानकारी गराउनु भयो ।
साधारण सभामा अध्यक्ष ज्ञवालीले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन, कोषाध्यक्ष चेतनारायण गौतमले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन र आन्तरिक लेखा सुपरिवेक्षण समितिका संयोजक भीष्म ज्ञवालीले प्रस्तुत गरेको लेखा प्रतिवेदन पारित भएको सचिव वेगप्रसाद पाण्डेले जानकारी गराउनु भयो ।

≪ Previous Post

पब्लिक स्पिकर २०१९ को उपाधी सुभासको पोल्टामा

Next Post ≫

सहकारीले रोजगारी श्रृजना गर्नुपर्छ: रायमाझी

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क