बुटवल ९ असोज
रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिकाले आयोजना गरेको तिलोत्तमा लगानी सम्मेलनमा नेपाली सेनाको सहयोग प्रसंशा योग्य रहेको छ ।
आयोजना स्थलमा निर्माण गरिएको संरचना मंगलवार रातिको हावा हुरीले पूर्ण रुपमा क्षति पुराउदा कार्यक्रमलाई नै प्रभाव पार्ने स्थिति सृजना भएको अवस्थामा रुपन्देही जिल्लामा तैनाथ श्री गरुडदल गणबाट अधिकृतको कमाण्डमा खट्टिएको ५० जनाको टोलीले बुधवार विहानै देखि रातको ११ बजेसम्म निरन्तर रुपमा कार्यक्रम स्थलमा खट्टिएर स्टेज बनाउने, सजावट लगायतका सम्पुर्ण काम गरेको थियो ।
सेनाले पुराएको सहयोगका कारण उक्त लगानी सम्मेलन सफल भएको छ । कार्यक्रम सञ्चालन गर्न नै कठिन परिस्थित सृजना भएको अवस्थामा नेपाली सेनाले पुराएकोे उक्त कार्यको नगरपालिकाले प्रसंसा गरेको नेपाली सेनाले जनाएको छ ।
