Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ तिलोत्तमा लगानी सम्मेलन: झण्झटिला ऐन कानुन सुधार गर्न सरकारलाई सुझाव
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

तिलोत्तमा लगानी सम्मेलन: झण्झटिला ऐन कानुन सुधार गर्न सरकारलाई सुझाव

संसारपोस्ट संवाददाता · ९ आश्विन २०७६ · 0
तिलोत्तमा लगानी सम्मेलन: झण्झटिला ऐन कानुन सुधार गर्न सरकारलाई सुझाव
100
SHARES
ShareTweet

नेतृत्व लिनेमा सोच, बिचार ,शैली र संस्कारमा परिवर्तन जरुरी: प्रचण्ड

बुटवल ९असोज
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुलुकमा राजनीतिक प्रणाली बदलिएपनि नेतृत्वमा शैली र संस्कार बदलिन नसकेको बताउनु भएको छ । उहाँले सोंच बिचार, शैली र संस्कारमा परिवर्तन नआउँदासम्म जति राजनीतिक परिवर्तन गरेपनि त्यसको कुनै औचित्य नहुने बताउनु भयो ।
रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आयोजना गरेको ‘तिलोत्तमा लगानी सम्मेलन’को बिहिबार उद्घाटन गर्दै पार्टी अध्यक्ष दाहालले ठूलो आन्दोलनका भरमा राजनीतिक परिवर्तन भएपनि परिवर्तन पछि उदाएका नेताहरुमा समेत पुरानै शैली र बडा हाकिम जस्तो चिन्तनको बिकास हुनुले परिवर्तनको औचित्य माथि नै प्रश्न चिन्न खडा हुने उल्लेख गर्नुभयो । ‘जनतालाई चाहिएको परिणाम हो ।’ उहाँले भन्नुभयो–‘अव नेतृत्वमा सोच बिचार शैली र संस्कारमा परिवर्तन आवश्यक छ ।’
उहाँले परिवर्तित राजनीतिक प्रणालीका बारेमा हुने नकारात्मक टिप्पणलीले आफूलाई बढी चिन्तित बनाउने उल्लेख गर्नुभयो । ‘हामी अहिले लोकतान्त्रिक गणतन्त्रमा छौं, यो सानो मेहनतले आएको होईन, तर यो सिस्टमका बारेमा सजिलै नकारात्मक टिप्पणी हुन थालेका छन् ।’ उहाँले भन्नुभयो–‘यसले शान्ति र स्थिरता दियो भने त सफलताको अनुभूति सबैलाई हुन्छ, तर त्यसो भएन भने त्यसको सबैभन्दा बढी आरोपित हुन्छुकी भन्ने चिन्ता मलाई छ ।’
लगानी सम्भावना भएको लगानीको वतावरण बनाउन आवश्यक रहेको बताउँदै उहाँले कानुनी जटिलताहरुलाई हटाएर लगानी कर्तालाई उतसाह थप्ने गरी कानुनी व्यबस्था मिलाउन सरकारलाई आग्रह गर्नुभयो । उहाँले दलाल पुँजीपतिहरुलाई निरुत्साहित गर्ने र पुँजीपतिहरुलाई लगानीकालागि प्रत्साहन गर्नेकुरामा जोड दिनुपर्ने भनाई राख्नुभयो ।
फरक प्रसंगमा उहाँले केही मानिसहरु डेढ दुई वर्षको अवधिमा अहिले नै सबै डुव्यो, सकियो भन्नेगरी प्रस्तुत भएको उल्लेख गर्दै उहाँले सरकारले राम्रो काम गर्न नसके अव तीन वर्षपछि अर्को पार्टीलाई जिताउने भएकाले चिन्ता नगर्न आग्रह गर्नुभयो ।


कार्यक्रममा बोल्दै सरकारका अर्थमन्त्री युवराज खतीवडाले सरकार बनेपछिको डेढ वर्षको अवधिमा सुधारका धेरै काम भएको बताउँदै लगानी योग्य अवसर आएको उल्लेख गर्नुभयो । उहाँले मुलुकमा लगानीको वातावरण बनेको बताउँदै अव लगानीकालागि पुँजी कसरी जुटाउने, जमिन कसरी उपलब्ध गराउने, कानुनी बाटाहरु कसरी छिटोछरितो बनाउने भन्ने कुराहरु मात्रै सुधार गर्न बाँकी रहेको उल्लेख गर्नुभयो । अर्थमन्त्री खतिवडाले नगरपालिकाहरुलाई भूउपयोग नीति बनाएर अंगाडी बढ्न पनि आग्रह गर्नुभयो ।

प्रदेश पाँचका मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश पाँचको त्यस क्षेत्रमा लगानीको सम्भावना प्रसस्त रहेको बताउँदै लगानीको वाताबरण बनाउने कोसिस गरिएको उल्लेख गर्नुभयो । उहाँले लगानीमा प्रतिफल पाउने वातावरण अनुकुल रहेकाले आन्तरिक तथा बाह्य लगानीकर्तालाई लगानी गर्न आग्रह गर्नुभयो ।
प्रदेश तीनका मुख्यमन्त्री डोरमणी पौडेलले लगानीमा कानुनी समस्या रहेको औंल्याउँदै कानुनी समस्यालाई सुधार गर्नेहो भने लगानीका प्रवल सम्भावना रहेको उल्लेख गर्नुभयो । उहाँले प्रदेश तथा स्थानीय तहलाई पूर्णरुपमा अधिकार सम्पन्न गराउने पर्नेमा पनि जोड दिनुभयो ।
प्रदेश दुईका मुख्यमन्त्री लालबाबु राउतले तिलोत्तमा नगरपालिका मात्रै नभएर सिंगो मुलुक नै लगानीको प्रवल सम्भावना भएको बताउँदै झण्झटीला ऐन कानुनका कारण लगानी भित्रिन नसकेको दावी गर्नुभयो । लगानी कर्ताले आफूले गरेको लगानीको सुरक्षा तथा लगानीबाट प्रतिफल खोज्ने बताउँदै उहाँले एने कानुनमा सुधार नगरिकन गरिने यस्ता कार्यक्रमले खासै फरक नपार्ने बताउनु भयो । उहाँले एकात्मक मानसिकता त्यागेर तीनै तहका सरकारबिच समन्वय र सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा नेपाली काँग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले लगानी भित्र्याउनकालागि लगानी सम्मेलन मात्रै भन्दा पनि लगानी आकर्षण गर्ने ऐन कानुन बनाउनु पर्नेमा जोड दिनुभयो । उहाँले लगानी कर्ताले प्रतिफल खोजेर लगानी गर्ने भएकाले लगानी कर्ताले प्रतिफल पाउने र उसले गरेको लगानीको सुरक्षा बिना लगानी नआउने बताउँदै यी कुरामा सरकारले प्रतिवद्धता व्यक्त गर्नुपर्ने भनाई राख्नुभयो । पूर्वमन्त्री समेत रहनुभएका प्रमुख सचेतक खाँणले बुटवल–पाल्पा सडक अन्तरगत सिद्धबाबाको सडक पहिरोलाई कसरी रोकथाम गर्ने हो सरकारलाई अग्रसरता लिन आग्रह गर्नुभयो । कालिगण्डकी–तिनाउ डाईभर्सनलाई महत्वका साथ अंगाडी बढाउन तथा तिलोत्तमा चक्रपथ सडक निर्माणमा संघले गर्ने की प्रदेशले भन्ने अन्योल आएकाले त्यसलाई अंगाडी बढाउन पनि आग्रह गर्नुभयो ।

त्यस्तै नेकपामा महासचिव तथा पूर्वमन्त्री बिष्णु पौडेलले रुपन्देही जिल्लामा पूर्वाधार बिकासका कामले उच्च गति लिएका कारण लगानीकालागि पनि उत्तिकै महत्वपूर्ण क्षेत्र भएको उल्लेख गर्नुभयो । उहाँले लुम्बिनी गुरुयोजना, भैरहवाको गौतमबुद्ध बिमानस्थलको निर्माणको काम पुरा हुँदै गरेको र भारत र चिनलाई जोड्नेगरी सुनौली–बुटवल –तानसेन– बेनी–जोमसोम सडक समेत अंगाडी बढाउन लागिएको बताउँदै लगानीका प्रसस्त सम्भावना र आधार भएकाले लगानी कर्तालाई ढुक्क भएर लगानी गर्न आग्रह गर्नुभयो ।
त्यस्तै सांसद घनश्याम भुसालले लगानी कर्तालाई लगानी आह्वान गर्दा कानुनी रुपमै सरकारले ग्यारेन्टी गर्नुपर्ने बताउँदै लगानीको सम्भावना प्रसस्त हुँदाहुँदैपनि राज्य सत्तामा बस्नेहरुले राजाकै शैली नछाडेका कारण लगानी आकर्षित हुन नसकेको बताउनु भयो । अर्का सांसद छविलाल विश्वकर्माले देशकै मध्येभागमा रहेको रुपन्देहीको पनि मध्येभागमा तिलोत्तमा नगरपालिका रहेको बताउँदै कृषि तथा पशुपालन र अन्य औद्योगिक व्यबसायका लागि लगानीको राम्रो सम्भावना रहेको बताउनु भयो ।
तिलोत्तमा नगरपालिकाका मेयर बासुदेव घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा उपमेयर जागेश्वरी चौधरीले नगरपालिकाले बस्तु तथा सेवाको उत्पादनमा नीजि क्षेत्रलाई प्रोत्साहन गर्ने नीति नगरपालिकाले लिएको बताउनु भयो ।

≪ Previous Post

२०७६ साल असोज ९ गते बिहिवारको राशिफल

Next Post ≫

तिलोत्तमा लगानी सम्मेलनमा सेनाको सहयोग

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क