Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ रुपन्देहीमा हेल्मेट प्रहार गरी दिनदाहाडै ६ लाख लुटियो
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

रुपन्देहीमा हेल्मेट प्रहार गरी दिनदाहाडै ६ लाख लुटियो

संसारपोस्ट संवाददाता · ९ आश्विन २०७६ · 0
रुपन्देहीमा हेल्मेट प्रहार गरी दिनदाहाडै ६ लाख लुटियो
80
SHARES
ShareTweet


बुटवल ९ असोज । रुपन्देहीमा एक पछि अर्को लुटपाटका घटनामा वृद्धि हुन थालेको छ । ११ दिनको अन्तरालमा २ वटा घटना हुदाँ पनि प्रहरीले लुटेरा पक्राउ गर्न सकेको छैन ।
विहिवार रुपन्देहीको लुम्बिनी रोडस्थित रिलायन्स सिमेन्ट उद्योगमा कार्यरत अनिस त्रिपाठीको साथमा रहेको छ लाख रुपैयाँ दुई जनाको संख्यामा आएका लुटेराले लुटेर फरार भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
रिलायन्स सिमेन्ट उद्योगको भैरहवास्थित कार्यालयबाट लुम्बिनी रोडमा रहेको उद्योगमा मोटरसाईकलमा जांदै गर्नुभएका त्रिपाठीलाई हेलमेटले टाउकोमा हानी रकम लुटेर लगेको प्रमुख जिल्ला अधिकारी महादेव पन्थले जानकारी दिनुभयो । “रकम लुटिएको भन्ने जानकारी आउनासाथ प्रहरी टोली घटनास्थल पुगेको हो, तर अभियुक्त तत्कालै फरार भएकाले खोजी कार्य जारी छ”–उहाँले भन्नुभयो । यद्यपि प्रहरीले शंकास्पद दुईजना व्यक्तिलाई मोटरसाईकल सहित नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक हेम थापाले जानकारी दिनुभयो । यसअघि गत भदौ २९ गते अज्ञात समूहको गोली प्रहारबाट रुपन्देहीकै ओमसतिया ५ पट्खौलीका ४० वर्षिय महेन्द्र कुर्मीको गोली प्रहार गरी पाँच लाख रुपैया लुटिएको थियो ।
भैरहवास्थिती हिमालयन बैंकबाट रकम निकालेर श्रीमती र बच्चा सहित लु ९ प ८२३५ नम्बरको मोटरसाईकलमा जांदै गरेका कुर्मीलाई रोहिणी गाउँपालिका वडा नं. ३ स्थित रोहिणी खोला नजिकै गोली प्रहार गरिएको थियो । गोली प्रहारबाट उहाँको घटनास्थलमै ज्यान गएको थियो । उक्त घटनाका अभियुक्त पनि अझै पक्राउ पर्न सकेका छैनन् । दिउँसौ गोली हानी हत्या भएको १० दिन पुग्दासम्म पनि प्रहरीले देखिनेगरी कुनै काम गर्न नसकेको आफन्तको आरोप छ ।

≪ Previous Post

तिलोत्तमा लगानी सम्मेलनमा सेनाको सहयोग

Next Post ≫

लालटिन सहकारीद्वारा मृगौला पीडितलाई सहयोग

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क