Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ लालटिन सहकारीद्वारा मृगौला पीडितलाई सहयोग
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

लालटिन सहकारीद्वारा मृगौला पीडितलाई सहयोग

संसारपोस्ट संवाददाता · ९ आश्विन २०७६ · 0
लालटिन सहकारीद्वारा मृगौला पीडितलाई सहयोग
50
SHARES
ShareTweet

श्यामलाल पोखरेल



बुटवल, ९ असोज । अर्थतन्त्रको तीन मध्ये एक खम्बा मानिएको सहकारीलाई बचत तथा ऋणमा मात्रै सिमित नराखी व्यवसाय र उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्ने सरोकारवालाले बताएका छन् ।
केहि बर्षयता गाउँदेखि सहरसम्म सहकारीहरु खुल्नेक्रम बढेको र यसले बचत गर्ने बानीको विकाससँगै केही आर्थिक क्षेत्रमा सुधारसमेत गरेकाले अब यसको टे«न उत्पादनमूलक क्षेत्रमा जोड्नुको विकल्प नभएको सहकारी अभियान्ताहरुले बताए ।
बिहीबार बुटवलमा भएको लालटिन कृषि सहकारी संस्था बुटवलको चौथौ साधरणसभामा बोल्ने वक्ताले सहकारी अभियानले गरिवी निवारणमा राज्यलाई सहयोग पुराउने विश्वास व्यक्त गरे ।
उनीहरुले लालटिन कृषि सहकारीले उपभोक्ता पसल सञ्चालन गरेर सहकारीहरु बचत र ऋणमा मात्रै सिमित नभएको उदाहरण बनेको बताए ।
कार्यक्रममा प्रदेश नम्बर ५ का प्रदेशसभा सदस्य तारा जिसीले बैंक पुग्न नसकेको अवस्थामा सहकारीहरु पुगेर नागरिकको जीवनस्तर सुधारमा महत्वपूर्ण निर्वाह गरेको बताउनुभयो । उहांले सहकारीमार्फत सामूहिक र उत्पादनमूलक क्षेत्रमा लगानी गरेर आर्थिक समृद्धिको यात्रामा अघि बढ्न सकिने बताउनुभयो ।
बुटवल उपमहानगरका सहकारी विभागका प्रमुख गुणाखर खनालले संघियतासँगै सहकारीका दायरा र क्षेत्रहरु पनि फेरिएकाले सोही अनुसार आफूलाई परिमार्जन गर्ने बेला आएको बताउनुभयो । उहांले सहकारीहरुले जे काम गर्ने हो, त्यो नगरेको पाइएकाले अब आफ्नो विशिष्टिकृत क्षेत्रमै लगानी र कारोबार गर्न समेत सुझाव दिनुभयो ।
साधरणसभामा सहकारीका अध्यक्ष गंगालाल सापकोटाले ठूलो चुनौतीका विचमा लाटिन उपभोक्ता पसल सञ्चालन गरेको उल्लेख गर्दै विस्तारै पसलबाट मुनाफा शुरु भएको बताउनुभयो । बार्षिक प्रतिवेदन पेश गर्दै अध्यक्ष सापकोटाले पसलको विक्रिबाट २ करोड ४१ लाख ५६ हजार ५ सय विक्रि गर्दा २३ लाख ८२ हजार ९ सय आम्दानी भएको र सम्पूर्ण खर्च कटाएर २९ लाख ८७ हजार रुपैयाँ मुनाफा भएको बताउनुभयो ।
कार्यक्रममा रुपन्देही व्यापार संघका सदस्य लक्ष्मण ज्ञवाली, धुव्रतारा सयपत्री बचत तथा ऋण सहकारीका लेखा समिति संयोजक भूपाल शर्मा, आरती वचत तथा ऋण सहकारी संस्थाका लेखा समिति सदस्य रामबहादुर केसी, लालटनि कृषि सहकारीका उपाध्यक्ष यज्ञ प्रसाद उपाध्याय, सचिव राजु पौडेलले बोल्नुभएको थियो ।
साधरणसभामा मृगौला पिडित शेयर सदस्य दानबहादुर थापालाई ३० हजार आर्थिक सहयोग हस्तान्तरण गरिएको थियो ।
यसैगरी उत्कृष्ट कृषि उद्यम व्यवसाय गरेका शेयर सदस्य श्रवण बरई, शेयर सदस्य बृद्धिमा योगदान गरेवापत टोपलाल भुुसाल, असल ऋणिका रुपमा दुर्गा श्रेष्ठ, उपभोक्ता पसलमा बढि सामान खरिद गर्ने डिल्लीप्रसाद अर्याल र उपभोक्ता अनिता पन्थीलाई सम्मान गरिएको थियो । १ हजार ४ सय ९४ जना शेयर सदस्य रहेको सहकारीमा १ करोड ९६ लाख १४ हजार रुपैयाँ शेयर पूँजी छ ।

≪ Previous Post

रुपन्देहीमा हेल्मेट प्रहार गरी दिनदाहाडै ६ लाख लुटियो

Next Post ≫

मोटरसाईकल चोरीमा संलग्न ३ जना पक्राउ

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क