Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ धर्म/सस्कृति ≫ भैरव नाच हेर्न बुटवलमा दर्शकको भिडभाड
यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा श्रेष्ठ निर्वाचित

यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी र चालकलाई सम्मान

आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा सम्पन्न

श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा...

धर्म/सस्कृति प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

भैरव नाच हेर्न बुटवलमा दर्शकको भिडभाड

संसारपोस्ट संवाददाता · २९ भाद्र २०७६ · 0
भैरव नाच हेर्न बुटवलमा दर्शकको भिडभाड
60
SHARES
ShareTweet


बुटवल २९ भाद्र
अर्घाखाँची जिल्लाको नेवार समुदायमा प्रचलित ऐतिहासिक एवं मौलिक ‘भैरव नाच’ अवलोकन गर्न बुटवलमा भिडभाड हुने गरेको छ ।
लोप हुने स्थितिमा रहेको सो नाचको संरक्षण र प्रवद्र्धनका निम्ति नेवार सम्पर्क समाज अर्घाखाँची–रुपन्देहीले गत वर्ष देखि बुटवलमा प्रदर्शन गदै आएकोे हो ।
विशेषगरि तान्त्रिक विधिसहित नाचिने यस नाच नेवार बाहुल्य समाजमा प्रचलित रहँदै आएको छ । नेवार समुदायको मौलिक नाचका रूपमा रहेको यो नाच अर्घाखाँचीमा कहिलेदेखि शुरू भयो त्यसको यकिन तथ्य नभए पनि पुस्तौंदेखि यो नाच नाच्ने क्रम रहेको समाजका अध्यक्ष वाबुराम श्रेष्ठले बताउनु भयो ।
शनिवार बुटवल उपमहानगरपालिका वडा नम्बर १३ नयाँ गाउमा प्रर्दशन गरिएको ‘भैरव नाच’ हेर्न हजारौ दर्शकहरुको खचाखच उपस्थिती रहेको प्रचारप्रसार समितिका संयोजक देवि कुमार श्रेष्ठले बताउनु भयो ।
एक समारोहका बीच वडा नम्बर १३का वडा अध्यक्ष नारायण पुनले ‘भैरव नाच’ को शुभारम्भ गराउनु भएको हो । सोअवसरमा अध्यक्ष पुनले पृथक शैलीको यस नाचको प्रवद्र्धन गर्न सकिएको खण्डमा आन्तरिक पर्यटनको प्रवद्र्धन हुनुका साथै नेवार समुदायको सांस्कृतिक सम्पदाको संरक्षण हुने बताउनु भयो ।
धार्मिक आस्था एवं रोचक भए पनि नयाँ पुस्ताको चासो घट्दै जाँदा यो नाच लोप हुने स्थितिमा रहेकोले यसको जर्गेना गर्न जरुरी रहेको उहाँले बताउनु भयो ।
भैरव नाच श्रीकृष्ण जन्माष्टमीको दिन शुरू गरी कात्तिक औंशीसम्म नाचिने समाजका सचिव दुर्गा प्रसाद श्रेष्ठले बताउनु भयो ।
भैरवलाई नेवार समुदायले आफ्नो इष्ट देवताका रूपमा पनि पूजा गर्ने भएको र यो तान्त्रिक विधिबाट नाच शुरू गरिने भएकाले नेवार समुदायमा भैरवको भाकल गर्ने चलन पनि छ ।
जस्तै कसैको सन्तान प्राप्ति, कुनै ‘फल’ प्राप्ति वा लक्ष्य पूरा गर्न भैरवलाई बलीसहितको पूजा वा भेटी चढाउने परम्परा रहेको छ । कार्यक्रममा विशेष अतिथीका रुपमा समाजसेवी विशाल गैरे, लक्ष्मण वेल्वासे ,क्याप्टेन हेम बहादुर राना लगाएतको सहभागिता रहेको भैरव नाच’ हेर्नका लागि नयागाउ चोकमा दर्शकहरुको उपस्थिती उत्हाजनक रुपमा रहेको थियो । भैरव नाच’ आउदो असौज ३ गते काठमाण्डौमा पनि प्रदर्शनी गराउने कार्यक्रम रहेको समाजका वाबुराम श्रेष्ठले बताउनु भयो ।

≪ Previous Post

औषधि व्यवासायी संघ रुपन्देहीमा सूरज भट्टराई

Next Post ≫

प्रदेश पाँचमा संविधान दिवस विशेष कार्यक्रम गरि मनाईने

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क