Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ प्रदेश पाँचमा संविधान दिवस विशेष कार्यक्रम गरि मनाईने
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

प्रदेश पाँचमा संविधान दिवस विशेष कार्यक्रम गरि मनाईने

संसारपोस्ट संवाददाता · २९ भाद्र २०७६ · 0
प्रदेश पाँचमा संविधान दिवस विशेष कार्यक्रम गरि मनाईने
80
SHARES
ShareTweet

बुटवल, २९ भाद्र
प्रदेश पाँच सरकारले संविधान दिवस भव्यताका साथ मनाउने निर्णय गर्दै संविधान दिवस मनाउनकालागि मुख्यमन्त्री शंकर पोखरेलको अध्यक्षतामा ९७ सदस्यीय मुल समिति गठन गरेको छ ।
संविधान जारी भएको मिति असोज ३ गतेलाई लक्षित गरेर प्रदेश पाँच सरकारले तीन दिवसीय रुपमा संविधान दिवस मनाउने तयारी गरेको हो । दिवसका अवसरमा तीन दिन सम्म दीपावली गरिने छ ।
संविधान दिवसको पूर्व सन्ध्यामा असोज २ गते प्रदेश स्थित सबै सरकारी कार्यालयहरुको राष्ट्रिय झण्डा फर्ने, सामाजिक बिकास मन्त्रालयको संयोजनमा संविधान दिवससंग सम्बन्धित कबिता वा गजल बाचन प्रतियोगिता गर्ने, प्रदेश राजधानीका मुख्य चोकहरुमा तीन दिनसम्म राष्ट्रिय झण्डा फहराउने कार्यक्रम रहेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आईतबार पत्रकार सम्मेलन गरेर जानकारी गराएको हो ।
पत्रकार सम्मेलनमा मन्त्रालयका सचिव शंकरप्रसाद खरेलले तीन दिवसीय कार्यक्रमको पहिलो दिन प्रदेश राजधानीका मुख्यचोकहरुमा सरसफाई कार्यक्रम सञ्चालन गरिने जानकारी गराउनु भयो । त्यस्तै प्रदेशका स्थानीय तहहरुले मन्त्रालय तथा सुरक्षा निकायहरुको समन्वयमा आ–आफ्नो स्थानीय तहमा सरसफाई कार्यक्रम आयोजना गर्ने र सरसफाई कार्यक्रमलाई डेंगु रोग बिरुद्धको सचेतना अभियानको रुपमा लैजान सामाजिक बिकास मन्त्रालयले पहल गर्ने उहाँले जानकारी गराउनु भयो । साँझ प्रदेश स्थित सबै सरकारी कार्यालयहरुमा दीपावली गर्ने पनि उहाँले बताउनु भयो ।
संविधान जारी भएको दिन असोज ३ गते कला संस्कृति झल्किने भेषभुसा सहितको झाँकी प्रदर्शन तथा आम सभा गरिने छ । बुटवलको राजमार्गबाट झाँकी प्रदर्शन सहित प्रदर्शनी स्थलमा गएर आम सभा गर्ने बताईएको छ । त्यस्तै साँझ प्रदेशका सबै सरकारी कार्यालयमा दीपावली गरिने छ ।
तीन दिवसीय कार्यक्रमको अन्तिम दिन सामाजिक बिकास मन्त्रालयले बुटवल र भैरहवामा रक्तदान कार्यक्रम गर्ने र त्यसको प्राबिधिक व्यबस्थापनकालागि नेपाल रेडक्रस सोशाईटीलाई अनुरोध गरिने सचिव खरेलले बताउनु भयो । त्यस्तै भूमि व्यबस्था कृषि तथा सहकारी मन्त्रालय र उद्योग पर्यटन बन तथा वातावरण मन्त्रालयको व्यबस्थापनमा लुम्बिनीमा फलफूलका बिरुवा रोप्ने कार्यक्रम तय गरिएको छ । साँझ प्रदेशका सबै सरकारी कार्यालयहरुमा दीपावली गरि संविधान दिवसको बिशेष कार्यक्रम समापन गरिने सचिव खरेलले बताउनु भयो ।
प्रदेश सरकारले ४ वटा दिवश मनाउनका लागि २० लाख वजेट विनियोजन गरेको जनाएको छ । प्रदेश सरकारले संम्बिधान दिवश, गणतन्त्र दिवश,माघीपर्व र प्रदेश स्थापना दिवशलाई भन्यताका रुपमा मनाउने निर्णय गरेको छ ।बुटवल उपमहानगरपालिकाले सम्बिधान दिवश मनाउन सवालाख रुपैयाँ छुटृयाएको प्रमुख प्रशासकिय अधिकृत चत्रपाणी शर्माले बताउनु भयो ।

≪ Previous Post

भैरव नाच हेर्न बुटवलमा दर्शकको भिडभाड

Next Post ≫

पाँच लाखका लागि गोली प्रहार गरी कुर्मीको हत्या

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क