बुटवल, १५ भाद्र
तिलोतमा २ जानकीनगरमा रहेको दुर्गा मन्दिर व्यवस्थापन समितिको चौंथो साधारण सभा तथा दोश्रो अधिवेशन सम्पन्न भएको छ ।
मन्दिर व्यवस्थापन समितिका अध्यक्ष ढालबहादुर कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि दुर्गा बैदिक प्रमानन्द सन्यास आश्रम नयाँमिलका १००८ स्वमी विवेकानन्द सरस्वती महाराज विशिष्ट अतिथि वडा नम्बर २ का वडाध्यक्ष ददिराम गौतम,कुलमणी ज्ञवाली,गोमा पाण्डे,मुक्तिराम चाँपागाइ,सुरेन्द्र बन्जाडे,श्यामलाल खत्री, नेत्रप्रसाद ज्ञवाली,तिर्थराज पौडेल लगायतले बोल्दै समाजलाइ एकताबद्ध बनाएर विकासको बाटोमा डोरयाउन धर्म संस्कृतिको माध्यमबाट पनि महत्वपुर्ण भुमीका खेल्नुपर्नेमा जोड दिए ।
मन्दिर व्यवस्थापन समितिको दोश्रो अधिवेशनले राममाया पौडेलको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति सर्बसम्मत रुपमा चयन गरेको छ । समितिको उपाध्यक्षमा यादा क्षेत्री, सचिवमा रुपा खत्री, कोषाध्यक्षमा पर्शुराम ज्ञवाली र सहसचिवमा शंकर लम्साल चयन हुनु भएको छ । सदस्यहरुमा गोमा पाण्डे,बिष्णु कुमारी कार्की,सिता क्षत्री,गिता पाण्डे,देवि पाठक,गोपाल कार्की,सिता देवि न्यौपाने,दुर्गा खाँण,निरज भण्डारी,कमला क्षेत्री, सुनिता भट्टराइ र असिम थापा चयन भएका छन । सो अवसरमा दिपक पाण्डे संयोजक,पिताम्बर नेपाल र जयलक्ष्मी श्रेष्ठ सदस्य रहेको तीन सदस्यीय लेखा समितिपनि चयन गरीएको छ ।
