Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ एनआईसी एशियाको सुपर चमत्कारिक निक्षेपमा १ करोड साढे ३१ लाखको बिमा सुविधा
निवर्तमान प्रधानमन्त्री ओली र लेखकसहित ५ जनालाई बिदेश जान रोक,उपत्यका छाड्न आयोगको अनुमति लिनुपर्ने

निवर्तमान प्रधानमन्त्री ओली र लेखकसहित...

प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
पाल्पाको तानसेन–तम्घास सडक खण्डमा भ्यान दुर्घटना हुँदा १४ जना घाइते

पाल्पाको तानसेन–तम्घास सडक खण्डमा भ्यान...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
दशैं बिदामा पनि बुटवल हस्पिटल प्रा. लि. ले सेवा दिने

दशैं बिदामा पनि बुटवल हस्पिटल...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago

एनआईसी एशियाको सुपर चमत्कारिक निक्षेपमा १ करोड साढे ३१ लाखको बिमा सुविधा

संसारपोस्ट संवाददाता · १५ भाद्र २०७६ · 0
एनआईसी एशियाको सुपर चमत्कारिक निक्षेपमा १ करोड साढे ३१ लाखको बिमा सुविधा
120
SHARES
ShareTweet

बुटवल, १५ भाद्र
एनआईसी एशिया बैंकले ग्राहकलाई बिशेष सुविधा सहित नयाँ सुपर चमत्कारिक निक्षेप योजना ल्याएको छ ।
बैंक स्थापनाको २२ औं वार्षिकोत्सवको अवसरमा ३० वटा विशेषता सहित नयाँ सुपर चमत्कारिक बचत निक्षेप योजनाहरु ल्याएको एनआईसी एशिया बैंक प्रदेश पाँचले आईतबार रुपन्देहीको तिलोत्तमा नगरपालिका जानकीनगर स्थित प्रदेश कार्यालयमा पत्रकार सम्मेलन गरि जानकारी गराएको हो ।
अंघिल्लो वर्ष बैंकले चमत्कारिक निक्षेप योजना ल्याएको थियो । उक्त योजनाको सफलतापछि बैंकले सुपर चमत्कारिक बचत योजना ल्याएको बैंकको प्रदेश कार्यालयका प्रमुख तिलकसुन्दर कार्कीले बताउनु भयो ।
सबै तह र तप्काका ग्राहकलाई उपयुक्त हुनेगरी सुपर चमत्कारिक नाम दिईएको बचत खाता, नारी बचत खाता, जेष्ठ नागरिक बचत खाता, बाबु नानी बचत खाता, बिद्यार्थी बचत खाता, स्वरोजगार बचत खाता, वैदेशिक रोजगार बचत खाता, उद्यमशिल बचत खाता, तलव बचत खाताले जनताको बचत गर्ने बानीलाई थप प्रोत्साहन गर्ने बैंकले बिश्वास लिएको छ ।
उक्त निक्षप योजनामा खातावालाले आफू तथा आफ्नो परिवारको सुरक्षार्थ १ करोड ३१ लाख ५० हजारसम्मको बिमा सुविधा पाउने छन् । खातावालाको परिवारका सदस्यको दुर्घटनाबाट मृत्यु भएमा वा पूर्ण असक्त भएमा १ करोड सम्मको बिमा सुविधा, दम्पत्तीको लागि २५ घातक रोगको उपचारकालागि ३० लाख सम्मको बिमा सुविधा, परिवारको लागि १ लाख ५० हजार सम्मको औषधोपचार बिमास सुविधा पाउने प्रदेश कार्यालयका प्रमुख कार्कीले जानकारी गराउनु भयो ।
त्यस्तै सुपर चमत्कारिक बचत योजना अन्तरगत एनआईसी एशिया बैंकका ग्राहकले देशभरका जनसुकै बैंकको कुनैपनि एटिएमबाट निःशुल्क रकम निकाल्न सक्ने उहाँले बताउनु भयो । त्यस्तै कर्जामा समेत छुटमा घरमै बैंकिङ् प्रदान गरिनेछ भने निःशुल्क डिम्याट खाता, निःशुल्क ई–कमर्श एक्टिभेसन, निःशुल्क लकर सुविधा उपलब्ध गराईने पत्रकार सम्मेलनमा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।
बैंकले सार्वजनिक गरेको निक्षेप योजनामा उल्लेखित सुविधाहरुको अतिरिक्त बचत खातामा मुद्धती खाताकै सुविधा प्रदान गरिने छ । उक्त बैंकको हाल मुलुकभर २९७ शाखा कार्यालय, ३४६ एटिएम, ५८ वटा एक्स्टेन्सन काउन्टर र ४१ शाखा रहित बैंकिङ् मार्फत कारोवार भईरहेको जनाएको छ । करिव १८ लाख ग्राहक रहेको उक्त बैंकको प्रदेश पाँचका १२ जिल्लामा २ लाख २५ हजार ग्राहक रहेको पनि बैंकले जनाएको छ ।

≪ Previous Post

अभिनेता इरफान खानको निधन

Next Post ≫

दुर्गा मन्दिरमा पौडेल

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क