Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रवास ≫ अभिनेता इरफान खानको निधन
जनमत पार्टीकी लुम्बिनी प्रदेश सांसद गीता गुरुङद्वारा सांसद पदबाट राजीनामा

जनमत पार्टीकी लुम्बिनी प्रदेश सांसद...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
अबैध माटो उत्खनन् तथा ओसारप्रसा कार्यमा संलग्न जेसिवी र टिप्पर नियन्त्रणमा

अबैध माटो उत्खनन् तथा ओसारप्रसा...

अपराध अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएशनद्वारा हिमाली जिल्लाका धार्मिक तथा पर्यटकीय क्षेत्रको अध्ययन अवलोकन

पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएशनद्वारा हिमाली...

अर्थ धर्म/सस्कृति पर्यटन प्रदेश प्रदेश ४ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

अभिनेता इरफान खानको निधन

संसारपोस्ट संवाददाता · १५ भाद्र २०७६ · 0
अभिनेता इरफान खानको निधन
40
SHARES
ShareTweet


बुटवल, १७ वैशाख । भारतीय अभिनेता इरफान खानको निधन भएको छ । भारतीय पत्रिका हिन्दूस्तान टाईम्सका अनुसार बलिउड अभिनेता खानको ५४ वर्षको उमेरमा मुम्बईको कोकिलाबेन धिरुभाई अम्बानी अस्पतालमा बुधवार विहान निधन भएको हो ।
स्वास्थ्यमा समस्या देखिएपछि खानलाई मंगलवार अस्पतालको आईसीयूमा भर्ना गरिएको थियो । अभिनेता खानलाई ‘कोलन इन्फेक्सन’ भएको खानका प्रवक्ताले बताएका थिए ।
गत वर्ष स्वास्थ्यमा समस्या देखिएपछि लन्डनमा उपचार गराएर खान भारत फर्केका थिए । भारत फर्केपछि इरफान मुम्बईको कोकिलाबेन अस्पतालकै डाक्टरको निगरानीमा नियमित रुपमा स्वास्थ्य जाँच गराइरहेका थिए । गत वर्ष खानले एउटै मात्र फिल्म ‘अंग्रेजी मिडियम’ मा काम गरेका थिए । सो फिल्मको छायांकनका बेला पनि उनको स्वास्थ्यमा समस्या आएको बताइएको थियो ।
गत शनिबार बिहान मात्र उनकी आमा सइदा बेगमको ९५ वर्षको उमेरमा निधन भएको थियो । कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि लगाइएको लकडाउनका कारण खान आमाको अन्तिम संस्कारमा समेत जान पाएका थिएनन् । भिडियो कलमार्फत खानले आमाप्रति श्रद्धान्जली प्रकट गरेका थिए ।
वलिउड अभिनेता खान न्यूरोएन्डोक्राइन ट्युमरबाट ग्रसित थिए । सन् २०१८ को मार्चमा उनमा यो रोग देखिएको आफैले ट्वीटमार्फत बताएका थिए । कुशल अभिनयका लागि चिनिएका इरफानले सलाम बम्बे, मकबुल, पान सिंह तोमर, द लन्चबक्स, हैदर, गुन्डे, पिकु, तलभार लगायत फिल्ममा अभिनय गरेका छन् ।

≪ Previous Post

प्राकृतिक प्रकोप रोक्न बुटवलमा भैरव नाच

Next Post ≫

एनआईसी एशियाको सुपर चमत्कारिक निक्षेपमा १ करोड साढे ३१ लाखको बिमा सुविधा

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क