बुटवल, १४ भाद्र
नेवा समाज अर्घाखाँची रुपन्देहीले बुटवलमा ऐतिहासिक मौलिक भैरव नाच देखाउने भएको छ । आईतबार देविनगरस्थित लुम्बिनी वाणिज्य क्याम्पस परिसरमा नाच हुने अध्यक्ष बाबुराम श्रेष्ठले बताउनु भयो ।
भैरव नाच अन्तरगत कालो, सेतो, रातो भैरव र डंकनीको भेषमा यसैगरि टाकुनडोली, भुच्चा, लाहुरेलाहुरेनी, घोडानाच, चरानाच लगायतका नाच हुने उहाँले बताउनु भयो । नेपालको कला, संस्कृति र मुर्तिको विकासमा नेवार समुदायको योगदान रहेको उहाँले बताउनु भयो ।
प्रत्येक एक वर्षको अन्तरालमा जन्माष्टमीदेखि तिहारको औसीसम्म यो नृत्य हुने गरेको छ ।
स्थानिय नेवार युवाहरुलाई समेटेर नाचको कलाकारहरु समेत उत्पादनमा आफुहरु लागेको सल्लाहकार देवि श्रेष्ठले बताउनु भयो । भैरव नाचको कारण प्राकृतिक प्रकोप नहुने, अनिष्ट नहुने विश्वास गरिन्छ । नेवार समुदायहरुले घण्टाकर्ण देखि चाड शुरु भएको मान्दछन । काठमाडौं, गुल्मी, अर्घाखाँची, पाल्पामा यो नृत्य देखाउने गरिएको सचिव दुर्गा श्रेष्ठले बताउनु भयो । बिस २०७५ भदौमा स्थापना भएको संस्थामा २ सय घरधुरिहरुबाट सहयोग हुँदै आएको उहाँका कथन छ ।
