बुटवल, १४ भाद््र
बुटवल उद्योग बाणिज्य संघ अन्तरगतको हार्डवेयर बस्तुगत समितिका पदाधिकारी तथा व्यबसायीहरु पूर्वाञ्चल भ्रमणमा निस्केको छ । व्यबसायिक प्रवद्र्धन गर्ने उद्देश्यले हार्डवेयर बस्तुगत समितिका सभापति दिनेश अधिकारीको नेतृत्वमा बस्तुगत समितिका पदाधिकारी सदस्य तथा व्यबसायीहरु शनिबार पूर्वको भ्रमणमा निस्केको हो ।
भ्रमण टोलीलाई बिदाई गर्दै बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष खिमबहादुर हमालले भ्रमणका क्रममा हासिल गरेका ज्ञान सीप आफ्नो व्यबसायिक जीवनमा उतार्नेगरी अधिकतम उपलब्धि हासिल गर्न आग्रह गर्नुभयो ।
भ्रमण टोलीले यहि भदौको १८ गतेसम्म पुर्वका बिरगञ्ज, बिराटनगर, जनकपुर, धरान, धनकुट्टा, हिले लगायतका जिल्लामा रहेका हार्डवेयरसंग सम्बन्धित उद्योग तथा व्यबसायिक प्रतिष्ठानहरुको अवलोकन गरिने टोली संयोजक हार्डवेयर बस्तुगत समितिका सभापति दिनेश अधिकारीले जानकारी गराउनु भयो ।