Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ धर्म/सस्कृति ≫ काशी नोबल एकेडेमीका विद्यार्थी प्रथम
करिव २५ लाख बराबरको अबैध सामान रुपन्देही प्रहरीद्वारा बरामद

करिव २५ लाख बराबरको अबैध...

अपराध अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
राप्रपाका बरिस्ठ उपाध्यक्ष रवीन्द्र मिश्र ३ लाख धरौटीमा रिहा

राप्रपाका बरिस्ठ उपाध्यक्ष रवीन्द्र मिश्र...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
सवारी ज्यान मुद्धाका फरार प्रतिवादी २७ बर्ष पछी पक्राउ

सवारी ज्यान मुद्धाका फरार प्रतिवादी...

अपराध प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

काशी नोबल एकेडेमीका विद्यार्थी प्रथम

संसारपोस्ट संवाददाता · १४ भाद्र २०७६ · 0
काशी नोबल एकेडेमीका विद्यार्थी प्रथम
50
SHARES
ShareTweet


भैरहवा, १४ भाद्र
सिद्धार्थनगर नगरपालिका र प्रसित प्रतिष्ठान नेपालको संयुक्त आयोजनामा शनिबार रुपन्देही क्याम्पसमा सम्पन्न मावि स्तरीय तीज गीत प्रतियोगितामा काशीका प्रतियोगीहरु प्रथम भएका हुन् । उनीहरुले नगद १० हजार र प्रमाणपत्र प्राप्त गरे । यस्तै, प्रतियोगितामा साई ग्लोबल माविका विद्यार्थी द्वितिय भए । उनीहरुले नगद ७ हजार र प्रमाणपत्र प्राप्त गरे । मुनलाइट आवसीय माविका विद्यार्थी तृतिय भए भने रुपन्देही लिलाराम न्यौपाने माविका विद्यार्थी सान्त्वना भए । उनीहरुले क्रमशः नगद ५ हजार र ३ हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गरेका छन ।
नगरभित्रका १३ विद्यालय सहभागी प्रतियोगितामा ‘स्वस्थ, सुखी र समृद्ध जीवन’ शीर्षकमा रहेर सहभागीले तीज गीत गाएका थिए । शिक्षाविद् बालकृष्ण भट्टराई, बुटवल बहुमुखी क्याम्पसका प्राध्यापक हिरणन्यलाल ज्ञवाली र डा.लक्ष्मी पोखरेलले निर्णायकको भूमिका खेलेका थिए । निर्णायकले दिएको नम्बरका आधार विजयी छनौट गरिएको हो । विजयी विद्यार्थीहरुलाई पुरस्कार प्रदान गर्दै संविधान सभा सदस्य एवं लोक गायिका सिन्धु जलेसाले तीजको संस्कृति जोगाउन नगरपालिकाले आयोजना गरेको प्रतियोगिताले सहयोग पुग्ने बताइन् । स्थानीयस्तरमा हुने यस्ता कार्यक्रमले नयाँ पुस्तामा संस्कृतिप्रतिको माया बढ्ने र कलाकारिता क्षेत्र पनि विस्तार हुँदै जाने बताइन् । उनले पछिल्लो समय तीजका गीतहरुले संस्कृतिको जगेर्ना गर्ने भन्दा बढी भड्कीला हुन थालेको भन्दै यसलाई राक्नु पर्ने धारणा राखिन् ।
कार्यक्रममा सिद्धार्थनगर नगरपालिका प्रमुख हरिप्रसाद अधिकारी, उपप्रमुख उमा काफ्ले, कार्यक्रम संयोजक एवं प्रसित प्रतिष्ठान नेपालका अध्यक्ष प्रा.डा. कपिलदेव लामिछाने, सिद्धार्थ साहित्य परिषद् अध्यक्ष डिल्लीराज भट्टराई, निर्णायक बालकृष्ण भट्टराई र ज्ञवाली लगायतले बोल्दै होटल तथा पार्टी प्यालेसमा गरिने भड्किला तीज गीतले संस्कृति जगेर्ना गर्नेभन्दा विकृति फैलाउने बताए । उनीहरुले अबको आउँदो पुस्तामा संस्कृतिसहितको तीजलाई हस्तान्तरण गर्न यस्ता किसिमका प्रतियोगिता सहयोगी हुने धारणा राखे । कार्यक्रममा नगरपालिकाका विभिन्न वडाका वडाअध्यक्षहरु, कर्मचारी, साहित्यकार विजयगोविन्द श्रेष्ठ, भैरहवा मर्निङवाक गु्रपका अध्यक्ष ओमकार गौचन लगायतको आतिथ्यता थियो । कार्यक्रम भैरहवा बहुमुखी क्याम्पसका प्राध्यापक कृष्णप्रसाद बश्यालको संचालनमा भएको थियो ।

≪ Previous Post

नेपाली युवतीलाई विवाहको प्रलोभन देखाई चीनमा तस्करी गर्ने १० जनाको गिरोह पक्राउ

Next Post ≫

बुटवल उद्योग बाणिज्य संघका हार्डवेयर व्यवसायी भ्रमणमा

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क