भैरहवा १५ भाद्र

युवा संजाल नेपाल रुपन्देहीले बृहत तीज महोत्सव तथा अनाथ आश्रमलाई सहयोग हस्तान्त्रण कार्यक्रम गरेको छ ।
रुपन्देहीको तिलोत्तमा नगरपालिका १५ कोटिहवामा रहेको उक्त सस्थाले राष्ट्रिय स्तरका कलाकारका साथमा बृहत तीज महोत्वस गर्नुका साथै सामाजिक उत्तरदाहित्व अन्तरगत अविनाश अनाथ आश्रमलाई १० वटा कुर्ची सहयोग गरेको हो ।
आश्रमलाई सस्थाका अध्यक्ष अर्जुन बस्याल तथा समाजसेवि तीलप्रसाद भट्टराई, तिलोत्तमा नगरपालिका बडा नम्बर १६ का वडा अध्यक्ष झविलाल भुसालले कुर्ची हस्तान्त्रण गरेका हुन् ।
२०७० सालमा स्थापित युवा सञ्जाल नेपालले नेपाली हिन्दु नारीहरुको महान पर्व हरितालिका तीजको अबसर पारेर प्रत्यक बर्ष जसो तीज महोत्सव गर्ने गर्दछ । तीज महोत्सवमा राष्ट्रिय स्तरका कलाकारहरु प्रचण्ड जीसि, प्रीया भण्डारी, बालचन्द्र बराल, रितु थापा मगर, बिधान कार्की, बिष्णु ठटराई, आरती खड्का, अजय भुसाल लगाएतका कलाकारहरुले बिभिन्न तीज गीत प्रस्तुत गरेका थिए । उनीहरुले आफ्ना गीत मार्फत आम दर्शकलाई छमछमी नचाएको कार्यक्रम संयोजक पुरुषोत्तम सुवेदीले जानकारी दिनु भयो ।
सामाजिक सेवामा क्रियाशिल उक्त सस्थाले एम्बुलेन्स सेवा समेत प्रदान गरेको र आगामि दिनमा थप नयाँ कार्यक्रमहरु ल्याउने महासचिव शिव प्रसाद गैरेले जानकारी दिए । कार्यक्रम सस्थाका उपाध्यक्ष मानबहादुर खातीको स्वागतमा सम्पन्न भएको थियो ।