बुटवल, ७ भाद्र
गुल्मी जिल्लाको बाझकटेरी (मदाने) भुसाल सम्र्पक समाज रुपन्देहीको ७ औ वार्षिक साधारण सभा तथा चौथो अधिवेशनले पुनः रामचन्द्र भुसालको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ ।
समाजको शनिवार रुपन्देहीको सालझण्डीमा भएको अधिवेशनवाट उपाध्यक्षमा चुरामणी भुसाल सचिवमा कमल प्रकाश भुसाल कोषाधयक्षमा वाबुराम भुसालर सह सचिवमा राम बहादुर भुसाल केसी चयन हुनु भएको प्रमुख निर्वाचन अधिकृत नेत्र प्रसाद भुसालले बताउनु भयो ।
त्यसै गरि समाजको सदस्यमा केशव प्रसाद भुसाल, सुभाषचन्द्र भुसाल, हरि प्रसाद भुसाल र जिवलाल भुसाल चयन हुनु भएको निर्वाचन अधिकृत यमलाल भुसालले बताउनु भयो । त्यसै गरि समाजको लेखा समितिको संयोजकमा केदार चन्द्र भुसाल र सदस्यमा तुल्सी प्रसाद भुसाल र विवेक भुसाल चयन हुनु भएको अर्का निर्वाचन अधिकृत हिमालय भुसालले बताउनु भयो । त्यस अधि समाजको साधारण सभामा वोल्दै नेपाल सरकारका पूर्व सचिव युवराज भुसालले जन्म थलो छाडी कर्म थलोमा संगठित भएर समाज र जन्म स्थानका लागि सामाजिक काम गर्नु नै समाज खोलेको औचित्य हुने धारणा राख्नु भयो ।
उहाँले भुसालहरुको वंशावली तयारीका लागि तिव्र रुपमा काम भैरहेको पनि बताउदै मुलुकका २८ जिल्लामा भुसालहरुको वसोवास रहेको बताउनु भयो । समाजलाई सामाजिक उत्तरदाईत्वका काममा लगाउन र समास्यामा परेका हरुको पक्षमा काम गर्न पनि उहाँले आग्रह गर्नु भयो । कार्यक्रममा समाजका संस्थापक तथा प्रमुख संरक्षक हिमालय भुसालले जुन उद्देश्यले समाजको स्थापना गरिएको हो सोही अनुरुप अगाडी बढाउन सवैलाई आह्वान गर्नु भयो । समाजका सल्लाहकार मित्रलाल भुसालले सामाजिक काममा समाजलाई अगाडी बढाउन माग गर्नु भयो । साधारण सभाले अध्यक्षको वार्षिक प्रतिवेदन कोषाध्यक्षको आर्थिक प्रतिवेदन र लेखा समितिको प्रतिवेदन पारित गरेको हो ।