Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ पर्यटन ≫ अन्तराष्ट्रिय विमानस्थल र मोनोरेल सञ्चालन संगै लुम्बिनीमा पर्यटक आवागमनमा बृद्धि ः मन्त्री गिरी
रुपन्देहीको कञ्चनका भूमिहीनलाई लालपूर्जा वितरण, देशभरका भूमिहीनलाई सम्पत्तिको मालिक बनाउंछौं :अर्थमन्त्री पौडेल

रुपन्देहीको कञ्चनका भूमिहीनलाई लालपूर्जा वितरण,...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
कान्ति मावि ब्यवस्थापन समिति निर्वाचन : विपक्षी गठबन्धन बिजयी, एमाले उम्मेदवार पराजित

कान्ति मावि ब्यवस्थापन समिति निर्वाचन...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति स्वास्थ्य/शिक्षा · 1 hour ago
१३ लाख बढिको अबैध सामान रुपन्देही प्रहरीको नियन्त्रणमा

१३ लाख बढिको अबैध सामान...

अपराध अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

अन्तराष्ट्रिय विमानस्थल र मोनोरेल सञ्चालन संगै लुम्बिनीमा पर्यटक आवागमनमा बृद्धि ः मन्त्री गिरी

संसारपोस्ट संवाददाता · ७ भाद्र २०७६ · 0
अन्तराष्ट्रिय विमानस्थल र मोनोरेल सञ्चालन संगै लुम्बिनीमा पर्यटक आवागमनमा बृद्धि ः मन्त्री गिरी
130
SHARES
ShareTweet

बुटवल ७ भाद्र
प्रदेश ५ का उद्योग पर्यटन बन तथा बातावरण मन्त्री लिला गिरीले भैरहवामा अन्तराष्ट्रिय विमानस्थल सञ्चालन र मोनोरेल सञ्चालनपछि लुम्बिनीमा पर्यटकको ओईरो लाग्ने दाबि गर्नु भएको छ ।
उहाँले अन्तराष्ट्रिय विमानस्थल सञ्चालन र लुम्बिनीसंगै जोडिएका बुद्धस्थलहरुमा मानोरेल सञ्चालन पछि पर्यटक ओईरिने भन्दै त्यसका लागि आवश्यक पुर्वधार निर्माण गर्न सरकार लागि परेको बताउनु भयो ।
रिपोर्टर्स क्लव प्रदेश ५ शनिवार बोल्दै मन्त्री गिरीले बाहिरी देशका सिधा सिधा उडान भैरहवामा आउने भए पछि पर्यटक आवागमनमा बद्धि हुने बताउनु भयो ।
मन्त्री गिरीले पर्यटकको बसाई लम्बाउने खालका योजना र उनीहरुलाई राख्न स्तरिय होटल अझै आवश्यक रहेको समेत प्रष्ट पार्नु भयो ।
प्रदेश सरकारले सुरु गरेको लुम्बिनी भ्रमण बर्ष २०७६ सफल भइरहेको दाबि गदैं ४ महिनाको अवधिमा प्रदेश सरकारले गरेका कामको मुल्याङकनका आधारमा भ्रमण बर्षका बारेमा टिकाटिप्पणी नगर्न मन्त्री गिरीले आग्रह गर्नु भयो ।
उहाँले चिनका बिभिन्न प्रान्तसंग सरकारले भगिनी सम्बन्ध स्थापना गरेको भन्दै प्रदेशलाइ समृद्ध बनाउन चीनसंग सहकार्य गरिने बताउनु भयो ।
चीन पुगेर सांस्कृतिक ,कृृषि ,प्रविधिको आदान प्रदान र सम्झौंता हुने मन्त्री गिरिले बताउनु भयो ।
मन्त्रालयले अहिले पर्यटन विकास कार्यालय सञ्चालनको लागि कानुन बनाउँदै गरेको मन्त्री गिरीले जानकारी दिनु भयो । पर्यटन मन्त्री गिरीको नेतृत्वमा भदौ १२ चिनको गान्छु प्रान्तमा प्रदेश ५ को टोली प्रस्थान गर्दै छ ।
कार्यक्रमा नेपाली कांग्रेसका प्रदेश सभा सदस्य फकरुद्दिन खाँनले लुम्बिनी बाहिर पनि सरकारले जग्गा अधिग्रहण गर्न लागेको हल्ला फैलिएको भन्दै अब लुम्बिनीका जनताले जग्गा नदिने बताउनु भयो । लुम्बिनीको विकासले त्यहाँका नागरिकलाई समेटन नसकेको भन्दै उहाँले अब जग्गा अधिग्रहण गर्न जनताले नदिने उहाँको कथन थियो ।
बुटवल उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष नवराज श्रेष्ठले पर्यटन क्षेत्रको विकासका लागि प्रदेश सरकारले पुर्वधारमा लगानी गर्न आग्रह गर्नु भयो ।
चिनिया पर्यटक भित्राउँनको लागि चिनिया भाषामा ज्ञानको आवश्यकता रहेको हुँदा चिनिया भाषाको प्रशिक्षणको आवश्यकता रहेको श्रेष्ठको भनाइ छ ।
क्लवका रामकुमार क्षेत्रीको अध्यक्षता तथा कपिल ज्ञवालीको संचालनमा कार्यक्रम भएको थियो ।
ट्रकले किच्दा बुटवलमो मिस्त्रीको मृत्यु
यमलाल भुसाल
बुटवल, ७ भाद्र
बुटवलको ट्राफिक चोकमा ट्रकले साइकल यात्रीलाई किच्दा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
लु २ ख ६८४ नम्बरको ट्रकले शनिवार दिउसो करिब सवा १ वजेको समयमा साइकललाई ठक्कर दिँदा साइकलमा सवार पाल्पाको रैनादेबी छहरा गाउँपालिका ६ घर भएका अन्दाजी वर्ष २५ का पुरन बहादुर रासकोटीको मृत्यु भएको छ । सोहि स्थानका वर्ष ३६ का थम्मन बहादुर रासकोटी घाइते भएका छन् ।
घाईतेको बुटवल स्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ । ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरुले बुटवलमा बसेर घर बनाउने काम गर्दै आएका थिए ।

।

≪ Previous Post

अध्यक्ष पाण्डेलाई मातृशोक

Next Post ≫

भुसाल सम्र्पक समाज रुपन्देहीमा रामचन्द

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क