बुटवल, ७ भाद्र
पश्चिमाञ्चल यातायात व्यबसायी समिति बुटवलका अध्यक्ष यमप्रसाद पाण्डेलाई मातृशोक परेको छ । उहाँकी आमा अम्बिकादेवी पाण्डेको ८८ वर्षको उमेरमा शुक्रबार राती निधन भएको हो । पश्चिमाञ्चल यातायात व्यबसायी समिति बुटवलका अध्यक्ष पाण्डे नेपाल ट्रक यातायात व्यबसायी समिति प्रदेश पाँचका संयोजक समेत हुनुहुन्छ । बुटवलमा रहेर समाजसेवाका क्षेत्रमा समेत रहनुभएका पाण्डे लोक तथा दोहोरी गीत प्रतिष्ठान लुम्बिनीका निवर्तमान अध्यक्ष, प्रतिष्ठानका आजिवन सदस्य समेत हुनुहुन्छ । स्याङ्जाको कालिगण्डकी गाउँपालिका बिर्घा निवासी पाण्डेको शनिबार बिर्घाको तटीय क्षेत्र कालीगण्डकीमा अन्तिम दाह संस्कार गरिएको थियो । स्र्गीय पाण्डेका तीन छोरा र तीन छोरी हुनु हुन्छ ।
