बुटवल, ४ भदौ । एपि वान टिभिमा सञ्चालन भएको ‘आईएमई नेपाल लोक स्टार’ रियालिटी शोमा बुटवलका सुशिल आचार्यलाई जिताउनकालागि अभियान शुरु भएको छ । प्रत्येक बिहिबार र शुक्रबार सञ्चालन हुने उक्त प्रतियोगितामा सुशिल ११ औं स्थानका लागि प्रतिस्पर्धामा छन् । उक्त प्रतियोगितामा ३२० जनाले प्रतिस्पर्धा शुरु गरेका थिए ।
लुम्बिनी बाणिज्य क्याम्पस बुटवलमा बिबिएस तेस्रो वर्षमा अध्ययनरत सुशिल संगित विधामा बागेश्वरी संगितालय बुटवलमा डिप्लोमाको कोर्ष गरिरहेका छन् । यस अगाडी बुटवलमा भएको राईजिङ् स्टारमा सेकेन्ड रनरअफ र बुटवलमा सञ्चालित औद्योगिक प्रदर्शनी भित्र भएको प्रदर्शनी आईडल २०७४ मा विजेता भएका थिए ।
अर्घाखाँचीको सितगँगा नगरपालिका वडा नं. ६ जुकेना निवासी सुशिल हाल बुटवल कालिकानगरमा बस्दै आएका छन् । उनको जितकालागि उनले पढेको बिद्यालय कान्ति माध्यमिक बिद्यालय, लुम्बिनी बाणिज्य क्याम्पस र बागेश्वरी संगितालयले अभियान सञ्चालनको तयारी गरेको उनका बुवा विष्णु आचार्यले जानकारी गराउनु भयो ।
सानैदेखि गीतसंगीत प्रति रुचि राख्ने सुशिलको गायन कला पनि उत्कृष्ट रहेको र अहिले प्रतिस्पर्धामा पनि उत्कृष्ट प्रस्तुति गरेको आमा सीता आचार्यले बताउनु भयो । बुवा आमाले सुशिलको प्रतिभा हेरेर सकेसम्म धेरै भोटिङ् गर्न सबैलाई अनुरोध गर्नुभएको छ । सुशिललाई जिताउनकालागि मोवाईलको म्यासेज बक्समा गई एल स्पेश ०३ टाईप गरि ३७००० मा सेन्ट गर्नुपर्नेछ ।
उक्त प्रतियोगितामा प्रदेश पाँचबाट गुल्मीका भिम नेपाली र रोल्पाका सनी बिक पनि प्रतिस्पर्धामा छन् । प्रतियोगिताका विजेताले नगद ५० लाख रुपैंया सहित २५ लाखको जीवन बिमा तथा विश्व भ्रमणको प्याकेज प्राप्त गर्ने छ । त्यस्तै उपविजेताले नगद ३० लाख र तेस्रो हुनेले १० लाख रुपैंया प्राप्त गर्नेछन् ।