Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ धर्म/सस्कृति ≫ लोक स्टार रियालिटी शोमा बुटवलका सुशिललाई जिताउने अभियान
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

लोक स्टार रियालिटी शोमा बुटवलका सुशिललाई जिताउने अभियान

संसारपोस्ट संवाददाता · ४ भाद्र २०७६ · 0
लोक स्टार रियालिटी शोमा बुटवलका सुशिललाई जिताउने अभियान
80
SHARES
ShareTweet


बुटवल, ४ भदौ । एपि वान टिभिमा सञ्चालन भएको ‘आईएमई नेपाल लोक स्टार’ रियालिटी शोमा बुटवलका सुशिल आचार्यलाई जिताउनकालागि अभियान शुरु भएको छ । प्रत्येक बिहिबार र शुक्रबार सञ्चालन हुने उक्त प्रतियोगितामा सुशिल ११ औं स्थानका लागि प्रतिस्पर्धामा छन् । उक्त प्रतियोगितामा ३२० जनाले प्रतिस्पर्धा शुरु गरेका थिए ।
लुम्बिनी बाणिज्य क्याम्पस बुटवलमा बिबिएस तेस्रो वर्षमा अध्ययनरत सुशिल संगित विधामा बागेश्वरी संगितालय बुटवलमा डिप्लोमाको कोर्ष गरिरहेका छन् । यस अगाडी बुटवलमा भएको राईजिङ् स्टारमा सेकेन्ड रनरअफ र बुटवलमा सञ्चालित औद्योगिक प्रदर्शनी भित्र भएको प्रदर्शनी आईडल २०७४ मा विजेता भएका थिए ।
अर्घाखाँचीको सितगँगा नगरपालिका वडा नं. ६ जुकेना निवासी सुशिल हाल बुटवल कालिकानगरमा बस्दै आएका छन् । उनको जितकालागि उनले पढेको बिद्यालय कान्ति माध्यमिक बिद्यालय, लुम्बिनी बाणिज्य क्याम्पस र बागेश्वरी संगितालयले अभियान सञ्चालनको तयारी गरेको उनका बुवा विष्णु आचार्यले जानकारी गराउनु भयो ।
सानैदेखि गीतसंगीत प्रति रुचि राख्ने सुशिलको गायन कला पनि उत्कृष्ट रहेको र अहिले प्रतिस्पर्धामा पनि उत्कृष्ट प्रस्तुति गरेको आमा सीता आचार्यले बताउनु भयो । बुवा आमाले सुशिलको प्रतिभा हेरेर सकेसम्म धेरै भोटिङ् गर्न सबैलाई अनुरोध गर्नुभएको छ । सुशिललाई जिताउनकालागि मोवाईलको म्यासेज बक्समा गई एल स्पेश ०३ टाईप गरि ३७००० मा सेन्ट गर्नुपर्नेछ ।
उक्त प्रतियोगितामा प्रदेश पाँचबाट गुल्मीका भिम नेपाली र रोल्पाका सनी बिक पनि प्रतिस्पर्धामा छन् । प्रतियोगिताका विजेताले नगद ५० लाख रुपैंया सहित २५ लाखको जीवन बिमा तथा विश्व भ्रमणको प्याकेज प्राप्त गर्ने छ । त्यस्तै उपविजेताले नगद ३० लाख र तेस्रो हुनेले १० लाख रुपैंया प्राप्त गर्नेछन् ।

≪ Previous Post

लियोको युवा उद्यमी उत्प्रेरण कार्यक्रम ७ गते हुने

Next Post ≫

सवारी दुर्घटना न्यूनीकरणका लागि सबैको सहकार्य आवश्यक

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क