Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ धर्म/सस्कृति ≫ पाल्पा रिब्दिकोट ख्याहा रुपन्देही सम्पर्क समाजमा तीज मिलन
३५ औं झरना कप फुटबल : लिस्नुलाई पराजित गरी भूपू सैनिक क्लव सालघारी अघिल्लो चरणमा

३५ औं झरना कप फुटबल...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
विद्युत प्राधिकरणको ट्रंकलाइन विलिङ : उद्योगी ब्यवसायीले भने ट्रंकलाइनको बक्यौता तिर्दैनौ

विद्युत प्राधिकरणको ट्रंकलाइन विलिङ :...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
बुटवलमा बजार अनुगमन : ७१२ रुपैयां प्रतिकिलोको जिरा मसला १३ सयमा विक्री

बुटवलमा बजार अनुगमन : ७१२...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago

पाल्पा रिब्दिकोट ख्याहा रुपन्देही सम्पर्क समाजमा तीज मिलन

संसारपोस्ट संवाददाता · ३१ श्रावण २०७६ · 0
पाल्पा रिब्दिकोट ख्याहा रुपन्देही सम्पर्क समाजमा तीज मिलन
80
SHARES
ShareTweet

तीजलाई सांस्कृतिक र मौलिक पर्वका रुपमा मनाउन आग्रह



बुटवल, ३१ साउन । महिलाहरुको महान चाड हरितालिका तीज पर्वले संस्कृतिको सम्वद्र्धन, प्रवर्धन र संरक्षणमा महत्वपुर्ण योगदान पुर्याएको एक कार्यक्रमका वक्ताहरुले बताएका छन् ।
पाल्पा जिल्ला रिब्दिकोट १ ख्याहा रुपन्देही सम्पर्क समाजद्वारा शुक्रवार रुपन्देहीको तिलोत्तमा नगरपालिका वनवाटिकामा आयोजित तीज मिलन कार्यक्रममा वोल्ने वक्ताहरुले पछिल्लो समय भड्किलो बन्दै गएको तीज पर्वलाई मौलिक र परमपरागत परिपाटीलाई अंगाल्दै यसको सांस्कृतिक र ऐतिहासिक पक्षलाई जोगाउनु आजको आवश्यक्ता भएको उनीहरुले बताए ।
तीज मिलन कार्यक्रममा बोल्दै पाल्पा रिब्दिकोट १ ख्याहाका वडा अध्यक्ष विष्णु गैरेले ख्याहा रुपन्देही सम्पर्क समाजले संस्कृतिको संरक्षणका लागि तीज मिलन कार्यक्रम आयोजना गरेकोमा प्रशंसा गर्नुभयो । वडा अध्यक्ष गैरेले पछिल्लो समयमा तीजका नाममा विकृती मौलाएको र यसले हाम्रो मौलिक संस्कृति नै हराउने हो कि भन्ने संकेत देखा परेकाले तीजको मौलिक संस्कृतिलाई जोगाई राख्न मर्यादित रुपमा यस्ता पर्व मनाउन आग्रह गर्नुभयो ।
समाजका वरिष्ठ सल्लाहकार तथा समाजसेवी गिरिराज गैरे (राजु)ले पाल्पा ख्याहाबाट रुपन्देहीमा आई बसोबास गरेका महिला दिदिबहिनीहरुलाई एकै ठाउंमा भेला गराई एकापसमा दुखसुख साट्न र शुभकामना आदानप्रदान गर्ने उद्देश्यले समाजले तील मिलन कार्यक्रम गरेर उदाहरणिय काम गरेको बताउनु भयो ।
पाल्पा रिब्दिकोट ख्याहा रुपन्देही सम्र्पक समाजका अध्यक्ष तुल्सी प्रसाद पराजुलीले रुपन्देहीमा बसोबास गरेर बसेपनि ख्याहा संगको सम्वन्ध जीवन्त राख्न र त्यहांको मौलिक तथा धार्मिक संस्कृतिको जगेर्नाका लागि समाजको स्थापना गरेको बताउनु भयो ।
तीज मिलन कार्यक्रममा समाजका महासचिव बसन्त पराजुली, सचिव युवराज पराजुली, सदस्य विनिता न्यौपानेलगायतले बोल्दै तीज मिलन कार्यक्रमले समाजमा एकताको सन्देश फैलाउन महत्वपुर्ण योगदान पुर्याउने भएकाले कार्यक्रमको आयोजना गरिएको बताउनु भयो । करिव एक बर्ष अघि स्थापना भएको समाजले सांस्कृतिक पर्वको संरक्षण संगै सामाजिक कार्यक्रम अन्तर्गत आगामी भदौ ३ गते रक्तदान कार्यक्रमको समेत आयोजना गरेको छ ।
समाजले आयोजना गरेको तीज मिलन कार्यक्रममा सपना गाहा, बिधान कार्की, दिवाकर पराजुली, सुमी घर्ती लगायतका कलाकारहरुले दर्शकहरुलाई छमछमी नचाउनुका साथै भरपुर मनोरन्जन दिलाएका थिए ।

≪ Previous Post

नवलपरासीको अरुणखोलामा बिहानै देखि सवारी साधन अवरुद्ध

Next Post ≫

सचेतक ढकालको घरमा बम विष्फोट प्रकरण : छानबिनमा कुनै कसर बाँकी नराख्न मुख्य मन्त्रीको निर्देशन

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क